Category: मनोरञ्जन खबर

अष्ट्रेलियावासी कपिल र सागरको लकडाउन कथा

मेलबर्न। अष्ट्रेलियावासी नेपाली युवा कपिल सापकोटा र सागर कुँवरको लकडाउनको कथा सार्वजनिक भएको छ। युट्युब मार्फत उनीहरुको र्याप गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। कोरोना महामारीका कारण अहिले अष्ट्रेलियाका विभिन्न राज्यमा लकडाउन चलिरहेको छ। लकडाउनका कारण व्यापार व्यवसाय, कलेज ठप्प छन्। जसले गर्दा विद्यार्थीहरु न त कलेज जान पाएका छन्, न त काममा नै। काममा जान नपाएका कारण उनीहरुको आम्दानी पनि हराएको छ। कोरोना महामारी र लकडाउनका यिनै कुरालाई समेट्दै कपिल र र सागरले लकडाउन गीत गाएका छन्। मिस्टा चाम्लिङ्गको निर्देशन रहेको म्युजिक भिडियोलाई अनिश गौतमले छायांकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले बजारमा ल्याएको...

Read More

बलिउड निर्देशक तथा अजय देवगनका भाइ अनिल देवगनको निधन

बलिउड निर्देशक अनिल देवगनको निधन भएको छ। अनिलको हृदयघातका कारण सोमबार राति मृत्यु भएको हो । अनिलले ‘राजु चाचा’, ‘ब्ल्याकमेल’ र ‘हाल-ए-दिल’को निर्देशन गरेका थिए । अजय देवगनको पहिलो फिल्म ‘फूल और काँटें’बाट सहायक निर्देशकका रुपमा काम गर्न थालेका अनिल ‘सन अफ सरदार’का क्रियटिव निर्देशक थिए । अजय अभिनित ‘जान’, ‘इतिहास’ र ‘प्यार तो होना हि था’ मा पनि सहायक निर्देशका रुपमा काम गरेका थिए । उनी बलिवुडका चर्चित अभिनेता अजय देवगनका भाइ हुन्। अभिनेता अजयले एक ट्विट गर्दै आफ्ना भाइ अनिलको गत राति निधन भएको बताएका छन् । उनले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हिजो राती मैले...

Read More

अष्ट्रेलियाबाट अभिनयको सांगीतिक कोसेली ‘अन्तै मबाट’

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आएका नेपाली युवा अभिनय निरौलाले नेपाली संगीतका दर्शक श्रोतामाझ नयाँ सांगीतिक कोसेली लिएर आएका छन्। निरौलाले आफ्नै शब्द रहेको नयाँ म्युजिक भिडियो ‘अन्तै मबाट’ सार्वजनिक गरेका हुन्। गीतमा निरौला संगै लोकप्रिय गायिका प्राशना शाक्यको स्वर रहेको छ। त्यस्तै, गीतमा संगीत संयोजन प्रमोद निर्वाणले गरेका छन्। कागजी विवाह, विदेश यात्रा, प्रेम सम्बन्ध, अविश्वास, धोका लगायत जीवनका मोडहरुलाई सुन्दर ढंगले कथानक रुपमा प्रस्तुत गरिएको म्युजिक भिडियोलाई रोबिन भण्डारीले छायांकन गरेका हुन्। म्युजिक भिडियोमा हसिना महर्जन, जितेन महर्जन सन्तोष पन्त, वल्पसको अभिनय देख्न सकिन्छ। त्यस्तै, म्युजिक भिडियोको सम्पादन महेश भट्टाराईले गरेका...

Read More

चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

भरतपुर, २१ भदौ  थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ । जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ । यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेको छ । समुदायले चाडपर्व मनाउन कार्यविधिसमेत जारी गरेको छ । शनिवार थारु समुदायका विज्ञ र अगुवाहरुलाई राखेर ९भर्चुअल बैठक० छलफलमार्फत कार्यविधि तयार गरिएको थारु कल्याणकारिणी सभा ९थाकस० चितवनका...

Read More

सज्जा चौलागाईंले जितीन् नेपाल आइडल-३ को उपाधि

काठमाडौं। नेपाली गायन रियालिटी शो नेपाल आइडल सिजन ३ को उपाधी सज्जा चौलागाईंले जितेकी छिन्। शुक्रबार भएको नेपाल आइडल फिनालेमा विजेता घोषणा गरिएको हो। नेपाली आइडल सिजन ३ को उत्कृष्ट तीनमा सज्जा चौलागाईं , प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए। दर्शकले गरेको भोटको आधारमा प्रवीण फर्स्ट रनर-अप र किरणकुमार भुजेल सेकेन्ड रनर अप भएका छन्। मोरङ पथरीकी सज्जा नेपाल आइडलमा आउनु अघि कलेज पढ्दै,ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा लाइभ गीत गाउने गर्थिन्। आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।  यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्...

Read More