Day: ३१ भाद्र २०७७, बुधबार ०६:१८

एमाले–माओवादी गुट द्वन्द्वमा पिल्सिए कुलमान

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नियुक्ति गर्ने विषय बिहानैदेखि चर्चामा थियो । तर उक्त बैठकमा त्यो अजेन्डाले प्रवेशै पाएन । मन्त्रालय स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिको अजेन्डा आइतरबार नै तयार पारेर पठाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई बैठकमा प्रवेशै गराएनन् । एक मन्त्रीका अनुसार पुनले बैठकमा ‘प्रधानमन्त्रीज्यू, मेरो अजेन्डा’ भन्नासाथ ओलीले ‘पछि’ भनेर जवाफ दिएका थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सोहीअनुसार विभिन्न गुट छन् । त्यस्ता गुटको अन्तरद्वन्द्वको भुंग्रोमा घिसिङ...

Read More

भोलिदेखि हवाई सेवा र सार्वजनिक यातायात सञ्चालन

काठमाडौँ – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताएका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन्  । परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गरे । उनले कोभिड–१९ सङ्क्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती...

Read More

नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत पुग्ने प्रक्षेपण

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो। पछिल्ला दुई वर्ष २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो। एडीबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार यस वर्ष दक्षिण एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहनेछ। ‘कोरोना भाइरस संक्रमणको प्रभावस्वरूप निर्यात, रेमिट्यान्स तथा पर्यटन क्षेत्र प्रभावित भएकाले नेपालको आर्थिक वृद्धिदर घट्ने देखिन्छ। नेपालको...

Read More