Day: २९ भाद्र २०७७, सोमबार ०२:१२

दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्ड संग अस्ट्रेलिया २४ रनले पराजित

काठमाण्डाै – दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डले अस्ट्रेलियालाई २४ रनले हराएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनाएको थियो । इङ्ल्याण्डका लागि जोए रुटले ३९, टम कुरानले ३७, आदील राशिदले ३५, कप्तान इयोन मोर्गनले ४२, क्रिस वोक्सले २६, जासन रोयले २१ रन बनाएका थिए । अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ विकेट लिएका थिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए । इङ्ल्याण्ड दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४८ दशमलव ४ ओभरमा अल आउट हुँदै २ सय ७ रन मात्र बनायो । अस्ट्रेलियाका लागि कप्तान एरोन...

Read More

सिन्धुपाल्चोक : पहिरोमा बेपत्ता भएकाहरुको बिहानैदेखि खोजी सुरु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पहिरोमा बेपत्ताहरुको आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् । सुरक्षाकर्मी र स्थानीय बासिन्दाले बेपत्ताहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ३५ जनाको टोली खटाएको छ । शनिबार राति गरेको पहिरोमा २० जना बेपत्ता छन् । पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घाइते तीन जनाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । सिन्धुपाल्चोकमा गएको जेठ अन्त्यदेखि सुरु भएको मनसुनपछि लगातार बाढी पहिरो गइरहेको छ । भूकम्पले जमिनमा...

Read More

राष्ट्रिय बाल दिवस : विद्यालयमा टिकाउने चुनौती कायमै

२९ भदौ, काठमाडौं । ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस सोमबार भर्चुअलरुपमा मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो । उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउदर बढाउने चुनौती कायमै छ । राष्ट्रिय बालअधिकार परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति...

Read More

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी घाइते

कञ्चनपुर : राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा आइतबार साँझ मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय भण्डारी गम्भीर घाइते भएका हुन्। भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइललाई  से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताए। भण्डारीको घाँटी, पाखुरा र छातीमा चोट लागेको छ।  भण्डारीसँगै मोटरसाइकलमा रहेका २४ वर्षीय करन ठगुन्ना समेत घाइते भएका छन्।  ट्रकका चालक फरार रहेका छन्। ठक्कर दिने ट्रक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको...

Read More

बञ्चरो प्रहार गरी हत्या

भद्रपुर (झापा)  कमल गाउँपालिकामा बञ्चरोले हानेर एक छोरोले आमाको हत्या गरेका छन्। वडा नम्बर ७ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी आफ्नी आमा ५० वषीया मीरा ऋषिदेवको हत्या गरेका हुन्। प्रहरीका अनुसार आइतबार राति ८ बजे मादक पदार्थ सेवन गरी घर पुगेका दिनेशले घरायसी वादविवादको क्रममा आमालाई बञ्चरो र ढुंगाले टाउको र खुट्टामा प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो। घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दमकको टोलीले छोरा दिनेशलाई पक्राउ गरी अनुसन्धानका लागि दमक लगिएको छ। यता मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले जनाएको...

Read More