Day: २८ भाद्र २०७७, आईतवार ०६:०३

अष्ट्रेलियाको भिक्टोरियामा ४१ जना नयाँ संक्रमित फेला, थप ७ को मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका ४१ जना नयाँ संक्रमित फेला परेका छन्। केही दिन यता भिक्टोरियामा कोरोना भाइरस संक्रमण दर ५० भन्दा कम रहेको छ। त्यस्तै, आइतबार बिहानसम्म कोरोना भाइरस संक्रमणका कारण भिक्टोरियामा थप ७ जनाको मृत्यु भएको...

Read More

स्थानीय र प्रदेश सरकारको प्राथमिकतामा लिम्पियाधुरा

काठमाडौं – नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्। भारतले नछाडे पनि स्थानीय र प्रदेश सरकारले यी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न थालेका छन्। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमसहित बजेटमा प्राथमिकताका साथ समेटेको छ। विशेष क्षेत्र घोषणाको माग गर्दै वडाध्यक्ष मंगलसिंह धामीको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको छ। अतिक्रमित क्षेत्र नाभी, कुटी, गुन्जीका बासिन्दालाई भारतले विशेष सुविधा दिएर प्रलोभनमा पार्दै आएको थियो। यी ठाउँमा भारतीय सुरक्षा फौजका साथै स्थानीय सौका समुदायको बसोबास छ। व्यास क्षेत्रका लागि मात्रै चालू...

Read More

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने

काठमाडौँ – कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिए ।...

Read More

कोरोनाभन्दा समाज जित्न गाह्रो

उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ । विगतमा जस्तै अहिले पनि उनी आफ्नो खेतबारीको काममा नियमित रुपमै सक्रिय छन् । इमरानसँगै सङ्क्रमित भएका उनकै छिमेकी २१ वर्षीय वर्पेस आलमको मनबाट पनि विस्तारै पुरानो डर त्रास हराउँदै गएको छ । गाउँको जनजीवन सामान्य हुँदै गएसँगै विगतका डर त्रास पनि हराउँदै गएका हुन् । ‘सुरुमा कोरोना भाइरस लाग्यो भनेर थाहा पाउँदा त अहिले यस्तो अवस्थामा फर्किन पाइन्छ जस्तो लागेको थिएन’– सङ्क्रमण पछिको आफ्नो अनुभव सुनाउँदै आलमले भने । कारोना भाइरसका पूर्व सङ्क्रमित इमरान र वर्पेसको मात्र होइन, नेपालमै...

Read More