Day: २६ भाद्र २०७७, शुक्रबार १३:००

अष्ट्रेलियाको कमनवेल्थ बैंकले ० % व्याजको क्रेडिट कार्ड सुरु गर्ने

मेलबर्न। अष्ट्रेलियाको कमनवेल्थ बैंकले व्याज तिर्नु नपर्ने अर्थात शुन्य प्रतिशत व्याजको क्रेडिट कार्ड सुरु गर्ने भएको छ। कमनवेल्थ बैंकका अनुसार, उक्त क्रेडिट कार्डको लिमिट १ हजार डलर, २ हजार डलर र ३ हजार डलर रहनेछ। यो CommBank Neo card होल्डरले व्याज तिर्नु पर्नेछैन। तर महिनावारी शुल्क तिर्नुपर्नेछ। महिनावारी शुल्क १ हजार डलर लिमिटका लागि १२ डलर, २ हजार डलर लिमिटका लागि १८ डलर र ३ हजार डलर लिमिटका लागि २२ डलर रहनेछ। यो महिनावारी शुल्क कार्ड प्रयोग नगरेमा या कार्डमा जिरो ब्यालेन्स भएमा तिर्नुपर्नेछैन। त्यस्तै, यस क्रेडिट कार्डमा ‘लेट फी’ , विदेशी मुद्रा शुल्क, अतिरिक्त शुल्क लाग्नेछैन। कार्ड ग्याम्ब्लिंगमा...

Read More

जनसम्पर्क समिति क्विन्सल्याण्डको अधिवेशन सम्पन्न, अध्यक्षमा विनोदभक्त आचार्य सर्वसम्मत चयन

ब्रिसबेन। जनसम्पर्क समिति क्विन्सल्याण्डको अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बुधबार ब्रिसबेनमा नयाँ नेतृत्व चयन संगै सम्पन्न भएको हो। संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ। जसअनुसार, यसअघि अभिमन्यु केसीको नेतृत्व रहेको संस्थाको अबको नयाँ नेतृत्व विनोदभक्त आचार्यले सम्हाल्ने छन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि डिसी, सचिवमा सुमन खड्का, सहसचिवमा श्याम बस्नेत चुनिएका छन् । त्यस्तै, सदस्यहरुमा सुनील बस्नेत, सन्तोष पौडेल, अर्नेष खड्का चुनिएका छन् । कोषाध्यक्ष र बाँकी तीन सदस्य भने कार्यसमितिको बैठकले चयन गर्ने बताइएको छ। नेपालका पूर्वराज्यमन्त्री रेवति भुसालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा महाधिवेशन प्रतिनिधि ईश्वरीप्रसाद पोडेलले अतिथिको आशन ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका...

Read More

नेपालमा शुक्रबार १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दश हजार सात सय एक जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार चार सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ५१ हजार ९१९  पुगेको गौतमले जानकारी दिए। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९ सय ७२ जना घर फर्किएका छन् ।  योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।...

Read More

अष्ट्रेलियाको स्किल्ड भिसा नोमिनेसन कोटा कुन राज्यमा कति ?

मेलबर्न। कोरोना भाइरस महामारीका कारण यस वर्ष अष्ट्रेलियाको बजेट घोषणा ढिलो भएको छ। जसले गर्दा बजेट घोषणा अगावै अष्ट्रेलिया सरकारले सबै राज्य र टेरिटोरिका लागि जुलाई १ देखि लागु हुने गरि पहिलो चार महिनाको लागि स्किल्ड भिसा नोमिनेसन कोटा प्रदान गरेको छ। सरकारले कुल ५ हजार १ सय ६९ कोटा प्रदान गरेको छ। जसमध्ये स्किल्ड नोमिनेसन भिसा ( सब क्लास १९० ) का लागि २ हजार ४ सय ३०, स्किल्ड वर्क रिजनल ( सबक्लास ४९१ ) भिसाका लागि १ हजार ७ सय १५ र बिजनेस एण्ड इन्भेस्टरको लागि १ हजार २४ कोटा रहेको छ। एसबिएस न्युजले  उल्लेख गरे अनुसार, स्किल्ड...

Read More

अष्ट्रेलियाको क्विन्सल्याण्डमा एकै परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्डमा एकै परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्विन्सल्याण्डमा शुक्रबार बिहानसम्ममा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई जना नै क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्। ती दुई मध्ये एक जना आफ्नो परिवारका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा रहेका व्यक्ति हुन् । त्यस्तै, अर्का व्यक्तिमा पनि संक्रमितको नजिकको सम्पर्कबाट संक्रमण सरेको बताइएको छ। यो संगै क्विन्सल्याण्डमा निको नभएका कोरोना संक्रमितको संख्या २८ पुगेको...

Read More