Day: १२ श्रावण २०७७, सोमबार ०७:४९

अष्ट्रेलियन सरकारलाई सिटिजनसिप टेस्ट सुचारु गर्न दबाब दिनको लागि हस्ताक्षर अभियान

मेलबर्न। कोरोना भाइरसका कारण अष्ट्रेलियन सरकारले अहिले सिटिजन सिप टेस्ट तथा इन्टरभ्यु स्थगित गरेको छ। यसै सम्बन्धमा सिटिजनसिपको लागि योग्य भैसकेका पीआर होल्डरहरुले सरकारलाई सिटिजनसिप टेस्ट सुचारु गर्न दबाब दिने उद्देश्यका साथ दबाबमूलक अभियान चलाएका छन्। उनीहरुले change.org मार्फत हस्ताक्षर अभियान चलाएका हुन्। कोरोना भाइरस संक्रमण तथा लकडाउनका कारण आफूहरुले जागिर गुमाइरहेको, सरकारले सिटिजनसिप होल्डरहरुलाई पर्याप्त राहत उपलब्ध गराएको तर आफूहरु भने सिटिजनसिप टेस्टको लागि योग्य हुँदाहुँदै पनि टेस्ट दिन नपाई सम्भावित राहतबाट बन्चित हुनु परेको उल्लेख गर्दै उनीहरुले सम्पूर्ण पीआर होल्डरहरुलाई हस्ताक्षर अभियानमा सहभागी हुन आग्रह गरेका छन्। उनीहरुले अहिले टेस्ट सुचारु गर्ने अवस्था नरहेको भए डकुमेन्टको आधारमा...

Read More

अनेसास पर्थ च्याप्टरको नयाँ कमिटी गठन

साउन १२, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरको तेश्रो अधिवेशनले हरि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै अस्ट्रेलियाको पर्थमा गत जुलाई २४ तारिखमा सम्पन्न भएको छ। सन् २०२०–२२ का लागि सर्वसम्मतबाट चयन भएको कार्यसमितिको उपाध्यक्षमा रिजा प्रधान, महासचिवमा शेखर घिमिरे, सचिवमा दिपक सुवेदी, कोषाध्यक्षमा दिनेश बस्नेत तथा सदस्यहरूमा मञ्जु कोइराला, सुदीप सापकोटा, अशेष भट्टराई, अर्जुन अधिकारी, सन्तोष लम्साल, देवकी थानी, सपना पाण्डे अर्याल, डिल्लीराम पराजुली र भुवन खड्का रहेका छन्। अधिवेशनमा निवर्तमान अध्यक्ष निरज क्षत्रीले गत कार्यकालको आर्थिक विवरण प्रस्तुत गरेका गर्दै आफ्नो कार्यकाल सफल रहेको बताएका थिए। उनले अनेसास पर्थ च्याप्टरलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिनुका साथै...

Read More