Day: २५ असार २०७७, बिहीबार १२:२६

अष्ट्रेलियाका शिक्षा मन्त्री भन्छन् ,”अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया फर्कने समय अहिले अनिश्चित”

मेलबर्न। कोरोना महामारीका कारण विश्वभर चलिरहेको लकडाउनका कारण विदेश अध्ययन गरिरहेका विद्यार्थीहरु मारमा परेका छन्। अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरु पनि यसबाट अछुतो रहन सकेका छैनन्। लकडाउन अगाडी छुट्टीको समयमा आफ्नो देश गएका अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया फर्कन सकिरहेका छैनन्। अष्ट्रेलियाका शिक्षा मन्त्रीले अहिलेको लागि विद्यार्थीहरु अष्ट्रेलिया फिर्ता ल्याउने समय अनिश्चित रहेको बताएका छन्। यसअघि जुलाई महिनामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अष्ट्रेलिया फिर्ता ल्याउने योजना रहेको बताइएको थियो। तर अहिले अष्ट्रेलियामा फेरी कोरोना संक्रमित बढ्न थालेपछि आन्तरिक बोर्डर नै बन्द रहेका छन्। शिक्षा मन्त्रीले यस्तो अवस्थामा विद्यार्थीहरु फिर्ता ल्याउने सम्भावना नरहेको बताएका हुन्। उनले विद्यार्थीहरु सरकारको प्राथमिकतामा रहेको र स्थिति अनुकुल हुनासाथ...

Read More

सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय

सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यात्रु बसको सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर गाडी खुलाउने निर्णय भएको बताए। अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान...

Read More

विदेशको भुत : सिड्नीको सिटिमा सेल्फी खिचौंला, मेलबर्नको सहरमा टिकटक बनाउँला

मेलबर्न। नेपाली समाजमा अहिले युवावर्ग विदेशको सपना देखिरहेको छ। विदेशमा हरियो डलर कमाउने भुतले गर्दा कतिले कैयौं हण्डर समेत खाएका छन्। नेपाली युवायुवतीको विदेश मोह, माया प्रेम, विदेश पुगिसकेपछि फेरिने जीवनशैली, आउने संघर्ष आदि कुराहरुलाई समेटेर अष्ट्रेलियावासी नेपाली युवा माधव न्यौपानेले तयार पारेको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अष्ट्रेलियामा रहेर पनि नेपाली गीतसंगीतमा अनवरत रुपमा लागिरहेका न्यौपानेको उक्त म्युजिक भिडियोलाई एमएम इन्टरटेनमेन्टले युट्युब मार्फत सार्वजनिक गरेको हो। विदेशको भुत हरियो डलर गीतमा लोकप्रिय कलाकारहरु खुमन अधिकारि र प्रिती आलेको स्वर रहेको छ। गीतमा शब्द माधव न्यौपानेको रहेको छ भने संगीत गायक खुमन अधिकारीले दिएका छन्। गीतको म्युजिक...

Read More

उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी

काठमाडौं – कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउन लागिएको जानकारी दिए । परीक्षणको नयाँ मापदण्ड अहिलेसम्म क्वारेन्टाइनमा रहने व्यक्तिहरूको मात्र परीक्षण हुँदै आएको थियो अब भने क्वारेन्टाइन बाहिरका व्यक्तिको पनि परीक्षण गरिने छ । रोग नियन्त्रण महाशाखा प्रमुख डा. पाण्डेले स्पष्ट पारे, “अब क्वारेन्टाइन बाहेकका व्यक्तिको कोरोना...

Read More

महानगरले अतिक्रमित सार्वजनिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने

काठमाडौं – काठमाडौँ महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने भएपछि साँझबिहान हरियाली तथा खुला ठाउँमा बसेर मनोरञ्जन लिने स्थानीयवासीको रहर पूरा हुने भएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमा पार्क निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । महानगरले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरेका योजनामा महानगर ज्येष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, शहीद पार्क, चेस पार्क, महानगर बाजेबज्यै पार्क,...

Read More