Day: २१ असार २०७७, आईतवार ०८:४४

अष्ट्रेलियाको जेनरल स्किल्ड माइग्रेसन प्रोग्राम बारेमा अन्योलता

मेलबर्न। कोरोना भाइरस महामारीको प्रभाव अष्ट्रेलियाको माइग्रेसन प्रोग्राममा समेत देखिएको छ। आर्थिक वर्षको सुरुवाती अर्थात जुलाई महिनाको पहिलो हप्तामा अष्ट्रेलियाका राज्यहरुले माइग्रेसन प्रोग्राम खुल्ला गर्ने तथा नयाँ जानकारीहरु र योजनाहरु अपडेट गर्ने गर्छन्। यो वर्ष भने कोरोना भाइरस महामारीको प्रभावका कारण माइग्रेसन प्रोग्राम अपडेट आएको छैन। जसले गर्दा जेनरल स्किल्ड माइग्रेसन प्रोग्राम खुल्ने या नखुल्ने बारेमा अन्योलता छाएको छ। धेरैजसो राज्यले ४९१ / १९० भिसा सबक्लासको लागि एप्लिकेसन बन्द गरिसकेका छन्। २०२०/२१ को लागि जेनरल स्किल्ड माइग्रेसन प्रोग्राम खुल्ला नहुने हल्ला समेत फैलिरहेको छ। यसैबीच माइग्रेसन क्षेत्रका विज्ञले अक्टोबरसम्ममा माइग्रेसन प्रोग्राम खुल्न सक्ने सम्भावना रहेको बताएका छन्। विज्ञका अनुसार,...

Read More

कक्षा ११ को परीक्षा तथा विद्यार्थीको मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई नै जिम्मा दिने निर्णय

काठमाडौं – सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिने निर्णय सरकारले गरेको जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै लामो समयदेखि केन्द्रीय तहबाट सञ्चालन गरिँदै आएको कक्षा ११ को परीक्षा सञ्चालन र विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालय तहमा पुगेको छ । नेपालमा २०४९ सालदेखि कक्षा ११ को...

Read More

प्रधामन्त्री ओली र देउवाबीच गोप्य भेटवार्ता

नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटारमा भेटवार्ता गरेको र सो भेटवार्ताबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको खबर कान्तिपुर दैनिकमा छ । देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो । काँग्रेस उपसभापति बिमलेन्द्र निधिको दावी अनुसार त्यसदिनको भेटघाट संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्रै भएको थियो । यसबारे पार्टीभित्र पनि आशंका बढेर सोधखोज गर्दा यो विषयमा मात्र कुरा भएको...

Read More

सोमालियामा श्रृखलावद्ध बम विष्फोट, ६ जनाको मृत्यु, ७ घाइते

२१ असार काठमाडौं सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । मारिनेमा दुई जना प्रहरी अधिकृत पनि रहेका छन् ।सोमालियाको बैदवा र मोगादिशुमा छुट्टाछुट्टै भएको बिस्फोटमा ७ जना घाइते भएका छन् । बैदवामा टेक्स संकलन गरिरहेकाहरुमाथि लक्षित गरी बिस्फोट गराईएको हो भने मोगादिशुमा बिस्फोटक पदार्थ सहित प्रवेश गरेको कारमा आत्मघाती बिस्फोट भएको हो । कार चालकले मोगादिशुमा रहेको प्रहरी चौकीमा प्रवेश गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा बिस्फोट गराएको थियो । बिस्फोट कारण कयौं घरहरुमा क्षति पुगेको छ भने थुप्रै सवारीसाधन ध्वस्त भएका छन् ।...

Read More