मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आएका नेपाली युवा अभिनय निरौलाले नेपाली संगीतका दर्शक श्रोतामाझ नयाँ सांगीतिक कोसेली लिएर आएका छन्।

निरौलाले आफ्नै शब्द रहेको नयाँ म्युजिक भिडियो ‘अन्तै मबाट’ सार्वजनिक गरेका हुन्। गीतमा निरौला संगै लोकप्रिय गायिका प्राशना शाक्यको स्वर रहेको छ। त्यस्तै, गीतमा संगीत संयोजन प्रमोद निर्वाणले गरेका छन्।

कागजी विवाह, विदेश यात्रा, प्रेम सम्बन्ध, अविश्वास, धोका लगायत जीवनका मोडहरुलाई सुन्दर ढंगले कथानक रुपमा प्रस्तुत गरिएको म्युजिक भिडियोलाई रोबिन भण्डारीले छायांकन गरेका हुन्। म्युजिक भिडियोमा हसिना महर्जन, जितेन महर्जन सन्तोष पन्त, वल्पसको अभिनय देख्न सकिन्छ। त्यस्तै, म्युजिक भिडियोको सम्पादन महेश भट्टाराईले गरेका हुन्।

Comments