मेलबर्न। अष्ट्रेलियावासी कपिल सापकोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

अष्ट्रेलियामा रहेर नेपाली हिपहप संगीत यात्रामा लागिरहेका सापकोटाको माया प्रेम संग सम्बन्धित ‘होल्ड मी’ म्युजिक भिडियो सार्वजनिक भएको हो। म्युजिक भिडियोमा आफूले माया गर्ने व्यक्ति टाढा हुँदाखेरीका भावना समेटिएको छ।

कपिल सापकोटाकै शब्द र स्वर रहेको म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो।

Comments