मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा अस्पतालको एनआइसियुमै कोरोना संक्रमण फैलिएको भेटिएको छ। रोयल चिल्ड्रेन हस्पिटलको एनआईसीयुमा कोरोना भाइरस संक्रमणका चार नयाँ केस भेटिएका हुन्।

संक्रमित मध्ये दुई जना अभिभावक, एउटा शिशु र एकजना त्यहाँ काम गर्ने स्वास्थ्यकर्मी रहेको स्वास्थ्य अधिकारिहरुले जनाएका छन्। संक्रमित शिशु ३ हप्ता पनि नपुगेको र उनलाई आइसीयुमा राखेर उपचार भइरहेको बताइएको छ।

१२ जुलाई देखि यता उक्त हस्पिटलको बटरफ्लाई वार्डमा दुई घण्टा भन्दा बढी बिताएका सम्पूर्णको कोरोना परिक्षण गरिने स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन्।

Comments