सिड्नी। अष्ट्रेलियाको सिड्नीमा फेरी अर्को रेष्टुरेन्टमा पनि कोरोना भाइरस संक्रमणको केस फेला परेको छ। संक्रमण देखिएपछि अहिले रेष्टुरेन्ट बन्द गरिएको छ।

Potts Point मा रहेको The Apollo रेष्टुरेन्ट अहिले बन्द भएको हो।

यसअघि Potts Point कै Thai Rock रेष्टुरेन्टमा पनि कोरोना भाइरस संक्रमणको २ वटा केस भेटिएको थियो। Thai Rock रेष्टुरेन्ट Wetherill Park मा रहेको Thai Rock रेष्टुरेन्टको शाखा हो, जहाँ कोरोना भाइरस संक्रमणको ७० वटा केस फेला परेको थियो।

Comments