काठमाडौँ । आज दशैको मूख्य दिन विजयादशमी । आजको दिन मान्यजनबाट टीका र जमारा लगाउने परम्परा छ । आज देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  ।

आज बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादशैं समापन हुनेछ ।

अष्ट्रेलियामा दशैंको टिकाको उत्तम साईत,कुन शहरमा कहिले ?

हिन्दू समाज अष्ट्रेलियाका अनुसार अनुसार विजया दशमीको टीकाको साईत सिड्नीमा १९ अक्टोबरका दिन दिउँसो २ बजेर ४९ मिनेटदेखि तीन बजेर ४० मिनेटसम्मको रहेको जनाइएको छ । यस्तै मेलबर्नमा दिउँसो सवा तीन बजेदेखि ४ बजेर ७ मिनेटसम्म, ब्रिसबेनमा एक बजेर ३९ मिनेटदेखि २ बजेर ३० मिनेटसम्म, एडिलेडमा ५ बजेर १० मिनेटदेखि ४ बजेर एक मिनेटसम्म, क्यानबेरामा २ बजेर ५८ मिनेटदेखि तीन बजेर ४९ मिनेटसम्म, तास्मानियामा तीन बजेर ८ मिनेटदेखि ४ बजेर एक मिनेटसम्म, पर्थमा २ बजेर १० मिनेटदेखि तीन बजेर एक मिनेटसम्म, डार्विनमा २ बजेर ३४ मिनेटदेखि तीन बजेर २३ मिनेटसम्म उत्तम साईत मानिएको छ ।

यो समयमा टिका लगाउँदा ईच्छाएको पूरा हुने, धार्मिक संकल्पअनुसारको शुभ साईतमा टिका लगाउँदा र आफूभन्दा ठूला मानिसहरुबाट आशिर्वाद लिँदा वर्षाभरि नै शुभ फल मिल्ने बताइएको छ । यद्यपि, यो शुभ साईतभन्दा अन्य समयमा पनि विजया दशमीको दिन टिका लगाउन सकिने बताइएको छ ।

Comments