क्यानबेरा । अष्ट्रेलियाको अन्य राज्य तथा सहरमा बस्ने विदेशी विद्यार्थी तथा अन्य व्यक्तिहरु पीआरको आशामा क्यानबेरा बसाई सर्ने गर्थे । तर, पूर्व सुचना बिना अष्ट्रेलियाको राजधानी क्षेत्रमा पीआर सम्बन्धि नियममा केही परिवर्तन गरेपछि बसाई सरि आएकाहरु निराश बनेका छन् ।

अष्ट्रेलियाका अन्य राज्यमा पीआरको लागि निवेदन दिंदा, त्यो समयमा गरिरहेको काम राज्यले निकालेको पेशाको सूचीमा ‘खुल्ला’ हुनुपर्छ ।

अष्ट्रेलियाको राजधानी क्षेत्रमा भने राज्यले निकालेको पेशाको सूचीमा आफूले गरिरहेको पेशा ‘ बन्द’ भनेर जनाइएको भए पनि ACT 190 nomination अन्तर्गत पीआरको लागि निवेदन दिन सकिन्थ्यो । तर, एक सुचना जारी गर्दै जुन २९ देखि त्यो नियममा परिवर्तन गरिएको छ । अब अरु राज्यमा जस्तै राजधानी क्षेत्रमा पनि ACT 190 nomination अन्तर्गत पीआरको लागि, आफूले गरिरहेको पेशा, राज्यले निकालेको पेशाको सूचीमा ‘खुल्ला’ हुनुपर्छ ।

थप जानकारीको लागि >>> www.canberrayourfuture.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments