Tag: Sports

जिका भाइरसको महामारीले रियो ओलम्पिक प्रभावित हुने

एजेन्सी । जिका भाइरसको महामारीले रियो ओलम्पिक प्रभावित हुने भएको छ । तर जिका भाइरसको महामारी फैलिएपनि रियो ओलम्पिक नरोकिने ब्राजिलका अधिकारीले बताएका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको जिका भाइरसको संक्रमणका कारण ब्राजिल सबै भन्दा बढी प्रभावित छ । आउँदो अगस्ट ५ देखि २१ सम्म ब्राजिलमा ओलम्पिक प्रतियोगिता हुँदैछ । जिका भाइरसका कारण गर्भवती महिला मात्रै जोखिममा रहने र यसबाट खेलाडी तथा अरु खेल पदाधिकारीलाई असर नपर्ने भएकाले ओलम्पिक नरोकिने सरकारी अधिकारीले बताएका छन् । गर्भवती बाहेक अरु कसैमा जिकाको खतरा नरहेने भएकाले ढुक्क भएर ओलम्पिकमा सहभागी हुन सबै खेलाडी तथा खेल पदाधिकारीमा...

Read More

विश्वकप क्रिकेटमा सोमबार नेपाल र भारत भिड्दै

काठमाडौं । बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको विश्वकप क्रिकेटमा सोमबार नेपाल र भारत खेल्दैछन् । सन् १९८८ देखि हुँदै आएको १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा भारत तीन पटक च्याम्पियन बनिसकेको छ । सन् २००२ देखि २००८ सम्मका प्रतियोगितमा छनौट भएको नेपाल त्यसपछिको सन् २०१० मा छनौट हुन सकेन भने सन् २०१२ मा खेलेको नेपाल फेरि २०१४ मा छनौटमा पर्न सकेन । यो पटक भने छनौटमा परेर अहिलेसम्म राम्रो प्रदर्शन गरेको नेपालले क्वाटरफाइलनमा स्थान बनाएको छ । बंगलादेशमा चलिरहेको १९ वर्षमुनिको विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर नेपाली युवा टोलीले क्रिकेट समर्थकलाई खुशीसँगै आशा पनि जगाइदिएको छ ।...

Read More

Cake To Nepal

फेसबुक