Tag: News

अष्ट्रेलियामा एमविविएस डाक्टरलाई अवसर

मेलबर्न । तुलनात्मक रुपमा महँगो भएपनि अष्ट्रेलियाको पढाइमा विभिन्न देशका विद्यार्थीहरुको आकर्षण बढ्दो छ । पढाइ सकिएपछिको राम्रो करियर र भविष्यको सुनिश्चितताले गर्दा पनि आकर्षण बढेको हो । अष्ट्रेलियामा पढाइ हुने विषय मध्ये एमबिबिएसमा पनि विद्यार्थीहरु बढिरहेका छन् । एमबिबिएस भर्नाको लागि चाहिने योग्यता ग्राजुएटको लागि –विज्ञान विषयमा स्नातक गरेको हुनुपर्छ –जीएमएसएटि अथवा एमसीएटिमा सामेल भएको हुनुपर्छ । यो कोर्स ४ वर्षको हुन्छ । अन्डरग्राजुएटको लागि –१२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ –युएमएटि अथवा आइएसएटिमा सामेल भएको हुनुपर्छ –पीक्युए जांच दिनुपर्छ । यो कोर्स ५ देखि ६ वर्षको हुन्छ । एमबिबिएस पढाइमा लाग्ने खर्च डिग्री हासिल गर्दासम्म पढाइ खर्च औसत...

Read More

नारी कमजोर होइनन्,सोंच कमजोर हुन्

-प्रतिमा भट्ट को छ न्यायको ढोका खोल्ने ? को छ त्यहाँ अन्याय अनि अत्याचारको बिरुद्ध आवाज उठाउने ? महिला पुरुषबाट मात्र नभइ,महिला महिलाबाट पनि पीडित भएका छन् । आखिर किन अनि कहिले सम्म ? नारी सुरक्षाको जिम्मा कस्को ? हिजो आज यस्ता धेरै प्रश्नहरु खेलिरहन्छन् मनभित्र । कहिलेकाहि त लाग्छ, मनभित्रको सब भडास बाहिर निकालेर हलुको बनूँ । म नारी । घरबाट बाहिरिदा होस्, बाटोमा हिड्दा, अनि फेरि घर फर्कदा, मलाई आफ्नो अनुहार शीशामा हेर्न अत्यन्तै मन पर्छ । संसारमा आफू मात्र छ्ु जस्तो महसुस हुन्छ जब ती शीशाहरुमा आफूलाई देख्छु । छिनमै खुशीका पालुवाहरु पलाउँछन् अनि फक्रन्छन् ।...

Read More

अष्ट्रेलियाका विभिन्न शहरमा गायक सविन राईको कन्सर्ट हुँदै, फेब्रुअरी १३ मा मेलबर्नमा हुने

मेलबर्न । नेपाली युवा पुस्ता माझ निकै पपुलर गायक सविन राई यतिखेर अष्ट्रेलियामा रहेका छन् । अष्ट्रेलियाका विभिन्न शहरमा हुन लागेको सांगीतिक प्रस्तुतिका लागि उनी अष्ट्रेलिया आएका हुन् । उनको पहिलो कार्यक्रम गत शनिवार पर्थमा सम्पन्न भैसकेको छ । अब उनले आगामी फेब्रुअरी ३ मा सिड्नी,फेब्रुअरी ६ मा एडिलेड, फेब्रुअरी ९ मा गोल्ड कोष्ट र फेब्रुअरी ११ मा ब्रिसबेनमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । यस्तै अन्तिम कार्यक्रम भने फेब्रुअरी १३ मा मेलबर्नमा हुनेछ । मेलबर्नमा हुने कार्यक्रमलाई  “ह्यासट्याग हैट कृएसन एण्ड इन्टरटेनमेन्ट”ले आयोजना गर्न लागेको हो । लेभल ३ क्राउन,इन्टरटेनमेन्ट कम्प्लेक्समा अवस्थित द थेरापी नाइट क्लबमा हुने कार्यक्रममा सविन...

Read More

अष्ट्रेलियाको उत्तरी मेलबर्नमा एक नेपाली महिला तीन वर्षीया छोरीसहित मृत फेला

मेलबर्न । अष्ट्रेलियाको उत्तरी मेलबर्न शहरमा एक नेपाली महिला र उनको तीन वर्षीया छोरीलाई आफ्नै घरभित्र मृत अवस्थामा फेला पारिएको छ । पासको भेलको एस्कानेसी एभिन्यूमा अवस्थित आफ्नै घरमा उनीहरुलाई जनवरी २८ मा मृत अवस्थामा फेला पारिएको थियो । ती महिलाको पतिले उनीहरुलाई मृत अवस्थामा भेटिएपछि छिमेकीलाई गुहारेका थिए । मृतक महिला ३९ वर्षीया नेपाली मूलको रहेको प्रहरीलाई उध्रित गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले मोहम्मद असद नामक मुसलमानसँग विवाह गरेका थिए । उनीहरुका तीन वर्षीया छोरी पनि आमासँगै मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ । घट्नाको कारण अझै खुल्न सकेको छैन । यसबारेमा प्रहरीले थप अनुसन्धान जारी...

Read More

एक्सपर्ट न्याभ कप क्रिकेट टुर्नामेन्टमा हिमालयन हुरिकेन्सको अग्रता

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा जारी एक्सपर्ट न्याभ कप क्रिकेट टुर्नामेन्ट अन्तर्गत आइतवार सम्पन्न दोस्रो हप्ताका खेलहरुमा हिमालयन हुरिकेन्स,नर्रे किङ्स र सगरमाथा रेनेगेड्स क्लब विजयी भएका छन् । स्थानीय टीडब्लु ब्लेक पार्कमा जारी प्रतियोगिताको दोस्रो हप्ताका खेलहरुमा हिमालयन हुरिकेन्सले गोर्खाली लयन्सलाई पराजित गर्यो । यस्तै दोस्रो खेलमा इष्टर्न ब्लुजलाई पराजित गर्दै नर्रे किङ्स विजयी बन्यो भने सगरमाथा स्टार्सलाई हराउदै सगरमाथा रेनेगेड्सले पनि जित दर्ता गरेको छ । प्रतियोगितामा हिमालयन हुरिकेन्सका आशिष दाहाल,नर्रे किङ्सका किशोर कँडेल र सगरमाथा रेनेगेड्सका विकेश श्रेष्ठ एक्सपर्ट एजुकेशन म्यान अफ द म्याच घोषित भए । दोस्रो साताको खेलको समाप्तिसम्ममा सबै खेलहरुमा विजयी बन्दै हिमालयन हुरिकेन्सले कुल...

Read More