Tag: News

स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको लागि तयारी गर्न निर्वाचन आयोगलाई औपचारिक आग्रह गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारीका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो । २०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिनुभयो । यसैगरी सरकारले दुई नम्बर प्रदेशको सीमांकनको विषयमा विवाद भइरहेकाले त्यसको अध्ययन गरी सुझाव दिन समिति गठन गरेको छ । स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित समितिमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य रहनुभएको छ । समितिको सदस्य...

Read More

अष्ट्रेलियासँग डोनाल्ड ट्रम्पको सम्बन्ध चिसियो,प्रधानमन्त्री टर्नबुलको आग्रह ट्रम्पद्धारा अस्वीकार

एजेन्सी । विभिन्न विवादास्पद अभिव्यक्ति र कार्यशैलीका कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चौतर्फी विरोध बढ्दै गएको छ । यसैबीच ट्रम्पले राष्ट्रपति बनेपछि विभिन्न देशका राष्ट्राध्यक्षसँग टेलिफोनमार्फत कुराकानी गरिरहेका छन् । यही दौरानमा उनले अष्ट्रेलियाका प्रधानमन्त्री मैल्कम टर्नबुलसँग पनि कुराकानी गरेका छन् । अष्ट्रेलियन प्रधानमन्त्रीसँगको कुराकानीले ट्रम्पलाई फेरी चर्चामा ल्याएको छ । अमेरिकी समाचार एजेन्सीका अनुसार अष्ट्रेलियन प्रधानमन्त्रीसँग कुराकानी गर्ने क्रममा ट्रम्पले रिसाएर फोन काटिदिएका छन् । दुई देशका राष्ट्राध्यक्षबीच कुराकानीका लागि एक घण्टाको समय तय गरिए पनि ट्रम्पले रिसाएर २५ मिनेटमै फोन राखिदिएको बताइएको छ । अस्ट्रेलियाको एक डिन्टेशन सेन्टरमा रहेका १ हजार २ सय ५० शरणार्थीलाई अमेरिकामा जान...

Read More

धुर्मुस सुन्तली फाउन्डेसनलाई अष्ट्रेलियाबाट ७६ हजार डलर संकलन

मेलबर्न । महोत्तरीको मुसहर बस्तीमा एकिकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई अष्ट्रेलियाबाट झण्डै ७६ हजार डलर सहयोग संकलन भएको छ । एकिकृत बस्ती निर्माणका लागि रकम संकलन गर्न अष्ट्रेलिया आएका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई मेलबर्न र एडिलेडबाट मात्र ३७ हजार ६ सय ६८ डलर करिब ३२ लाख रुपैयाँ सहयोग जुटेको छ । यसअघि सिड्नीबाट २५ हजार डलर संकलन भएको थियो । सांगीतिक कार्यक्रमका साथ रकम संकलन गर्दै आएका उनीहरुलाई साउथ अष्ट्रेलियामा रहेका नेपालीहरुले १४ हजार ५ सय ६५ डलर सहयोग गरेका छन ।  यस्तै मेलबर्नमा रहेका नेपालीहरुले २३ हजार १ सय ३२ डलर संकलन गरेका...

Read More

धुर्मुस सुन्तली फाउन्डेसनलाई अष्ट्रेलियाको मेलबर्नमा २३ हजार डलर सहयोग संकलन

मेलबर्न । हाँस्यकलाकार जोडी धुर्मुस सुन्तली फाउन्डेसनले शुरु गरेको न मुसहर नमूना बस्ती निर्माणका लागि अष्ट्रेलियाको मेलबर्नमा २३ हजार डलर सहयोग जुटेको छ । धुर्मुस सुन्तली साँझका लागि कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे हाल अष्ट्रेलियामै रहेका छन् । आइतबार साँझ धुर्मुस सुन्तली साँझ मेलबर्नमा आयोजना गरिएको थियो । धुर्मुस सुन्तलीसँग कलाकार दिपक आचार्य र गायक भरत सिटौला समेत संलग्न छन् । मेलबर्नमा मंगलबार साँझसम्म २३ हजार १ सय १० डलर सहयोग जुटेको हो । दाताहरुको नाम फाउन्डेसनले आफ्नो वेवसाईटमा राख्ने र घर हस्तान्तरण गरिसकेपछि मुसहर बस्तीमा बनाइने सामूदायिक भवनमा पनि उनीहरुको नाम राखिने बताइएको छ । स्थानीय...

Read More

अष्ट्रेलियामा अध्ययनका लागि जान कति खर्च लाग्छ ?

मेलबर्न । अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि निकै लोकप्रिय गन्तव्य मानिन्छ । त्यसैले हरेक वर्ष औसतमा झण्डै १२ हजारभन्दा बढी नेपाली विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनमा जाने गर्दछन् । अष्ट्रेलिया जान विद्यार्थीले सर्वप्रथम आइइएलटिएस गर्नुपर्ने हुन्छ । यसका लागि कम्तीमा ५ हजार तिर्नुपर्छ । त्यसपछि भाषा परीक्षाका लागि १६ हजार ९ सय ५० बुझाउनुपर्छ । भिसाका लागि अष्ट्रेलियन दूतावासमा ५ सय ५० अष्ट्रेलियन डलर बुझाउनुपर्ने हुन्छ । प्रोसेसिङ शुल्क भनेर भिएफएसमा ३ हजार २ सय ६० दस्तुर तिर्नुपर्ने हुन्छ । त्यसपछि कलेज शुल्क पढाइको स्तरअनुसार डिप्लोमा हो भने वार्षिक ७ हजार देखि १२ हजार डलरसम्म, ब्याचलर हो भने १६ देखि ३० हजार...

Read More

Cake To Nepal

फेसबुक