Tag: News

अष्ट्रेलियाका पाँच शहरमा कुटुम्बको मौलिक कन्सर्ट,मेलबर्नमा एम फेष्टिबल

मेलबर्न । नेपालको चर्चित साङ्गीतिक समूह कुटुम्बले अष्ट्रेलियाको मेलबर्न सहित मूख्य पाँच मूख्य शहरहरुमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएको छ । २५ मार्चमा एडिलेडबाट शुरु हुने कुटुम्बको अष्ट्रेलिया टुर त्यसपछि मेलबर्न, ब्रिस्बेन,पर्थ हुँदै सिड्नीमा आएर समापन हुनेछ । यसैबीच २६ मार्चमा मेल्बर्नमा हुन गईरहेको एम फेस्टिबल कुटुम्ब समूहको बिशेष प्रस्तुति रहनेछ । सोलाङ्गचरको प्रस्तुतिमा हुने एम फेस्टिभलको मुख्य आकर्षण नै कुटुम्ब रहेको छ । नेपाली लोक संगीतको माध्यमबाट प्रेम र खुशी संप्रेषण गरौं भन्ने नारा सहित कुटुम्बको यो अष्ट्रेलियन टुर हुन लागेको हो । नेपालका मौलिक लोकभाकाहरुलाई बाद्यधुनका रुपमा प्रत्यक्ष प्रस्तुत गर्दै आएको कुटुम्ब समूह नेपाली संगीत क्षेत्रको सांगीतिक...

Read More

एक्सपर्ट न्याभ कप क्रिकेट टुर्नामेन्ट २०१७ को ग्राण्ड फाइनलको मिति सार्वजनिक

मेलबर्न । अष्टेलियाको नेपाली समुदायबीच प्रतिष्ठित एक्सपर्ट न्याभ कप क्रिकेट टुर्नामेन्ट २०१७ को ग्राण्ड फाइनलको मिति सार्वजनिक भएको छ । जनवरी २२ बाट मेलबर्नमा शुरु भएको टुर्नामेन्टको ग्राण्ड फाइनल आगामी मार्च १२ आइतवारका दिन हुने भएको छ । टिडब्लु ब्लेक पार्क,प्रिष्टनमा हुने ग्राण्ड फाइनलका दिन तेस्रो स्थानका साथै जुनियर,महिला र सिनियर क्रिकेट म्याच समेत हुने आयोजक नेप्लीज एशोसियसन अफ भिक्टोरिया न्याभले जनाएको छ । यसैबीच टुर्नामेन्ट अन्तर्गत आइतवारसम्ममा चौथो चरणका खेलहरु सकिएका छन् । चौथो चरणका खेलमा हिमालय हुरिकेन, सगरमाथा स्टार्स, सगरमाथा रेनेगेड्सले जीत हासिल गरेका छन् । हिमालय हुरिकेन्सका रोशन पौड्याल, सगरमाथा स्टार्सका भरत तिवारी, सगरमाथा रेनेगेड्सका राजकुमार...

Read More

अष्ट्रेलियामा विश्वविद्यालय छान्नुअघि ध्यान दिनुपर्ने कुराहरु

मेलबर्न । अष्ट्रेलियामा विश्वविद्यालयमा भर्ना हुनको लागि निवेदन दिनुपर्छ । यसका लागि अलि लामै समय लाग्ने गर्दछ । त्यसैले भर्ना हुने समयभन्दा १८ महिना अघिदेखि नै विश्वविद्यालय छनोटमा लाग्नुपर्छ । आफूले कुन विषय अध्ययन गर्ने हो त्यसको निश्चित निर्णय लिनुपर्छ । आफूले अध्ययन गर्न चाहेको विषय र शैक्षिक संस्थाको बारेमा विश्वविद्ययालयका वेबसाइटबाट थाहा पाउन सकिन्छ । शैक्षिक संस्था छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरु शैक्षिक गुणस्तर उक्त संस्थाको शैक्षिक गतिबिधि र विगतको नतिजाबारे बुझ्नुपर्छ । अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयको सुची अनलाइनहरुबाट हेर्न सकिन्छ तर उत्कृष्ट भनिने ठाउँमा सबै कुरा शतप्रतिशत राम्रो हुन्छ भन्ने मान्नु गलत हो । सबै ठाउँमा केहि कमजोरी...

Read More

यसकारण लाग्छ अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुको ओइरो

मेलबर्न । अष्ट्रेलिया राम्रो शिक्षा भएको देशमध्येमा पर्दछ ।  त्यसैले यहाँ वर्षेनि विभिन्न देशबाट लाखौँ युवाहरु अध्ययनको लागि आउँछन् । नेपाली विद्यार्थीहरुको संख्या पनि वर्षेनी बढ्दो क्रममा रहेको छ । अष्ट्रेलिया शैक्षिक गन्तव्य बन्नुको कारण यहाँका युनिभर्सिटी र कलेजहरुमा २२,००० कोर्सहरु पढाइन्छ । १,१०० शैक्षिक संस्थाहरु, विभिन्न अनुसन्धान संस्थाहरु रहेका छन् । विश्वका १०० उत्कृष्ट विश्वविद्यालयमध्ये ७ वटा अष्ट्रेलियाका विश्वविद्यालय छन् । यहाँको विश्वविध्यालय नीति विश्वमै आठौँ स्थानमा पर्दछ जुन यु.के, जर्मनी, जापान भन्दा अगाडि हो । संसारको सबै भन्दा खुशी देशहरुमा अष्ट्रेलिया चौथो स्थानमा पर्छ ।  यहाँको शैक्षिक संस्थाहरु विध्यार्थीहरुको लागि उपयुक्त हुने स्थानमा छन् । अष्ट्रेलियाको सरकारले...

Read More

यसरी हुँदैछ ‘रातो सूर्य’ को छायांकन,हिरो केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अब फिल्ममा देख्न पाइने भएको छ । उनको जीवनीमा केन्द्रित रहेर बन्दै गरेको चलचित्र ‘रातो सूर्य’का लागि अध्यक्ष ओलीले दुई वटा दृश्यको छायांकन समेत गरिसकेको निर्देशक दीपेन्द्र दाहालले जानकारी दिए । अहिलेसम्म फिल्मको करिव २० प्रतिशत छायांकन सकिएको निर्देशक दाहालले बताए । शहीद दिवसका दिन काठमाडौंको माइतीघर मण्डलामा फहराइएको नेपालको सबैभन्दा ठूलो भनिएको राष्ट्रिय झण्डा कुनै औपचारिक कार्यक्रमको नभएर ‘रातो सूर्य’ को छायांकन भएको पनि दाहालले बताए । यस चलचित्रमा ओलीका १५ दृश्य रहनेछन् । ४५ वर्षदेखि यताको उमेर कथामा ओली आफै देखिनेछन् भने त्यसअघिको उमेरको कथामा अनुपम खनालले ओलीको भूमिका...

Read More