Tag: News

विविसीले भन्यो–नेपालको राष्ट्रिय गान विश्वकै उत्कृष्ट !

काठमाडौं । विविसीले नेपालको राष्ट्रिय गानलाई विश्वका उत्कृष्ट र फरकशैलीका राष्ट्रियगानको सुचीमा सूचीकृत गरेको छ । रियो ओलम्पिकमा सहभागी देशहरुको राष्ट्रिय गानलाई आधार बनाएर विविसीले उत्कृष्ट १० राष्ट्रियगानको सूची तयार पारेको हो । उक्त सूचीमा नेपालको राष्ट्रियगान सयौं थुङ्गा हामी तेस्रो स्थानमा छ । राष्ट्रियगानहरुको शब्द,भाव र संगीतको आधारमा यो सूची तयार पारिएको विविसीले उल्लेख गरेको छ । विविसीले लेखेको छ–नेपालको राष्ट्रियगान सामान्य राष्ट्रियगानभन्दा फरक छ । यो कुनै सेनाको मार्चधुन वा चर्चहरुमा सुनिने क्वायरभन्दा भिन्न छ । किनभने यो काठमाडौंका ट्याक्सीहरुमा बज्ने कुनै लोकप्रिय नेपाली गीत जस्तै सुनिन्छ । यो सामान्यतया क्यासियो किबोर्डमा मात्र बजाउँन सकिने एकमात्र राष्ट्रियगान...

Read More

अष्ट्रेलियाको नागरिकता लिइसकेपछि पुनः नेपाली नागरिकता लिन सकिन्छ ?

मेलबर्न । अष्ट्रेलियाको नागरिकता लिएर पनि पुनः त्याग्ने योजनामा रहेका नेपालीहरुको संख्या अहिले बढ्दैछ । नेपालमै पनि प्रसस्तै सम्भावना र अवसरको वातावरण बन्दै गएपछि नेपालमै फर्केर केही गर्ने सोंच बोकेका नेपालीहरु पनि बढ्दैछन् । तर नागरिकता जस्तो कुरा केटाकेटीको खेल होइन,मन लाग्दा लिने र आवश्यक नपर्दा त्याग्ने । त्यसैले लिइसकेको अष्ट्रेलियाको नागरिकता कसरी त्याग्न सकिन्छ ? भन्नेबारे यहाँ संक्षेपमा चर्चा गर्दैछौं । यस्तो सन्दर्भमा अष्ट्रेलिया र नेपाल दुवै देशको कानुन विचार गर्नुपर्ने विज्ञहरु बताउँछन् । १८ वर्षभन्दा बढी उमेरका अष्ट्रेलियाली नागरिकले अष्ट्रेलियाको नागरिकता त्याग्न चाहेमा त्यसो गर्न पाउने प्रावधान छ । तर अष्ट्रेलियाले ‘राज्यविहीनता न्यूनीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी’मा...

Read More

धुर्मुस र सुन्तलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं । काभ्रे र सिन्धुपाल्चोकका भूकम्प पीडितहरुको पुनर्वास निर्माण कार्यमा संलग्न भएपछि अझ चर्चामा आएका लोकप्रिय कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सरकारले सम्मानित गर्ने भएको छ । कट्टेल दम्पत्तिको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसनलाई सरकारले यसवर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्न लागेको हो । सरकारले विभिन्न क्षेत्रमा क्रियाशील युवालाई हरेक वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आउको छ । युवा तथा खेलकुद मन्त्रालयले सम्मानका लागि छनोटमा परेका युवा प्रतिभा तथा संघसंस्थाको नामावली सोमबार सार्वजनिक गरेको हो । मन्त्रालयका उपसचिव महेन्द्र पौड्यालले साउन २८ गते सम्मान कार्यक्रम रहेको जानकारी दिएका छन् । सम्मान पाउँनेमा युवा गायक...

Read More

किन हुन्छन् नेपालमा यति धेरै हवाई दुर्घटना ? अहिलेसम्म कतिपटक दुर्घट्ना भए ? (पूर्ण विवरण सहित)

काठमाडौं । नेपाली आकाश असुरक्षित भएको चर्चा चलिरहेकै बेला ः पछिल्ला दिनहरुमा हवाई दुर्घटनाको श्रृङ्खला झन् बढ्दो छ । एकपछि अर्को हवाई दुर्घटनाको श्रृङ्खलामा सोमबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटना थपिएको छ । केहीदिनअघि मात्रै हुम्लामा मकालु एयरको एउटा विमानलाई आकास्मिक अवतरण गराइयो । अवतरणका क्रममा विमानका पाइलट र कोपाइलट घाइते भए । दुर्घटनाग्रस्त विमानलाई कर्नाली नदीले वगायो । यसअघि फागुनमा काष्टमण्डप एयरको विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने नौ जना यात्रु घाइते भएका थिए । काष्टमण्डम एयरको विमान दुर्घटना भएको केही दिनअघि म्याग्दीको घोप्टेभीरमा भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो । त्यस्तै दोलखामा...

Read More

अष्ट्रेलिया पढ्न आउनुहोस्, तर यी ४ कुरा प्रष्ट भएर !

अष्ट्रेलिया आउन चाहने विद्यार्थीले के कुरामा ध्यान दिनुपर्छ ? मुख्य कुरा निर्णय कसरी लिने भन्ने हो । बजारमा सयथरिका कुरा आउँछ । तर, निर्णय सही लिन सक्नुपर्छ । हाम्रो सिस्टम र उताको सिस्टम नमिल्न सक्छ । बेलाबेलामा परिवर्तन भइरहेको हुन्छ । त्यसको सही जानकारी लिनुपर्छ । अष्ट्रेलियामा रहेका विद्यार्थीको जीवन कस्तो हुन्छ ? विद्यार्थी जीवन जहाँको पनि संघर्षपूर्ण नै हुन्छ, अष्ट्रेलियामा पनि त्यही हो । तर, संघर्षभित्र पनि इन्जोय गर्न सक्नुपर्छ । अष्ट्रेलिया बस्नका लागि र पढ्नका लागि राम्रो गन्तव्य हो । बस्नको लागि नर्वेपछि दोस्रो उपयुक्त देशको रुपमा लिइन्छ । मुख्यकुरा समयको व्यवस्थापन हो । पढ्ने, काम गर्ने,...

Read More