Tag: News

अष्ट्रेलिया अध्ययनमा आउनु अघि प्रष्ट हुनुपर्ने कुराहरु

-विष्णु सापकोटा,सिइओ,विएमडब्लू एडुकेशन मेलबर्न । कुनै पनि कदम चाल्नुभन्दा पहिले त्यो कदम आफ्नो लागि सहि छ भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ । पढाईको लागि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाउँदै हुनुहुन्छ भने सबैभन्दा पहिले यी कुराहरु निर्धारण गर्नुहोस् । करियर र लक्ष्य –आफ्नो करियर र लक्ष्य निर्धारण गर्नुहोस् । –रोजेको कोर्सले दिने ज्ञान र सिकाई बारे प्रष्ट हुनुहोस् । –आफ्नो देशमा आफूले पढ्न लागेको विषयको करियर सम्भावना कस्तो छ, बुझ्नुहोस् । –यदि व्यवसाय गर्न चाहनुहुन्छ भने, कस्तो व्यवसाय गर्न चाहनुहुन्छ छलफल गर्नुहोस् । –कोर्स पूरा गरिसकेपछि कस्तो फलको आशा गर्नुभएको छ ? प्रष्ट हुनुहोस् । –कोर्स पूरा गरिसकेपछि के गर्ने...

Read More

अष्ट्रेलिया सहित १३ देशकालागि राजदूत विहीवार नियुक्त हुने,अष्ट्रेलियामा लक्की शेर्पाकै सम्भावना

सरकारले १३ मुलुकका दूतावासका लागि बिहीबार राजदूत नियुक्त गर्ने भएको छ। सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र राप्रपाको भागबन्डाका आधारमा राजदूत नियुक्ति हुन लागेको हो। माओवादी र राप्रपाले टुंगो लगाइसकेका छन् भने कांग्रेसबाट बिहीबारसम्म टुंगो लाग्ने भएको छ। बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सरकारको तयारी छ। गत १९ साउनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता भारतमा दीपकुमार उपाध्याय र चीनमा लीलामणि पौड्याल राजदूत नियुक्त भएका छन्। कांग्रेस ६, माओवादी ४, राप्रपा ३ राजनीतिक स्रोतका अनुसार कांग्रेस कोटाबाट ६, माओवादीबाट चार र राप्रपाबाट तीनजना राजदूत हुनेछन्। माओवादीले केपी ओली नेतृत्वको सरकारका पालामा सिफारिस गरेका चारजनालाई नै...

Read More

नयाँ वर्ष २०७४ मा अष्ट्रेलियाको मेलबर्नमा भव्य क्रुज पार्टी हुने

मेलबर्न । नयाँ वर्ष २०७४ आउन अझै केही महिना बाँकी छ । तर सात समुद्रपारिको देश अष्ट्रेलियामा रहेका नेपाली समुदायले भने अहिलेदेखि नै यो नयाँ वर्ष कसरी मनाउने भन्ने योजना बुन्न थालिसकेको छ । आफ्नो मुलुकको नयाँ वर्षलाई निकै हर्षोल्लासका साथ मनाउँदै आएका यहाँका नेपाली समुदायले २०७४ साललाई पनि भव्यताका साथ स्वागत गर्न विभिन्न कार्यक्रम सहितको योजनाहरु बनाउँदै छन् । त्यसैक्रममा अष्ट्रेलियाको मेलबर्नमा भने नयाँ वर्षको अवसरमा भव्य क्रुज पार्टीको आयोजना गर्ने सुरसारको थालनी गरिएको छ । सही हो इभेन्टले आगामी अप्रिल १४ शुक्रवार भव्य क्रुज पार्टीको आयोजना गर्ने भएको हो । डक नाइन,सेन्ट्रल पाइरमा हुने क्रुज पार्टीमा लाइभ...

Read More

अष्ट्रेलियामा सपिङ गर्नुअघि थाहा पाउनैपर्ने ५ कुराहरु

मेलबर्न । अष्ट्रेलियामा आएका नेपालीहरु यहाँको सामानहरुको मूल्य सूची, नियम, कानूनको बारेमा थाहा नहुँदा किनमेलमा ठगिने गरेका छन् । किनमेलमा ठगिनबाट बच्न यी उपायहरु अपनाउनुपर्छ : –आफूले किनेको सामानको बिल माग्नुपर्छ । बिल भविष्यमा काम लाग्न सक्ने हुनाले सुरक्षित साथ राख्नुपर्छ । अष्ट्रेलियामा ७५ डलर भन्दा माथिको सामान खरिद गर्दा व्यापारीले अनिवार्य रुपमा बिल दिनुपर्छ । –अष्ट्रेलियाको उपभोक्ता कानुनमा उपभोक्ताले सामानको मर्मत र ग्यारेन्टी दिइएको सामान बिग्रेमा बदल्ने वा पैसा फिर्ता पाउने हक पाउँछन् । –कुनै सुविधा वा सामान खरिद एक सम्झौता हो । त्यस सम्झौतालाई स्वीकार गर्नु पहिले त्यसलाई राम्रोसंग बुझ्नु जरुरी छ । –अष्ट्रेलियामा प्रत्येक सामान अथवा...

Read More

अष्ट्रेलियामा अनलाइन एयर टिकट बुकिङको नाममा यात्रु ठग्ने गिरोह सक्रिय

मेलबर्न । अष्ट्रेलियामा अनलाइन टिकट बुकिङ्ग गर्दै हुनुहुन्छ भने सजग रहनुपर्ने देखिएको छ । पछिल्ला दिनहरुमा हवाई टिकटको नाममा ठगी गर्ने गिरोह सक्रिय भएको जानकारी हिमालयन कङ्गारुलाई प्राप्त भएको छ । यस्तो नक्कली र ठगी कारोबारमा एउटा ठूलै गिरोह सक्रिय रहेको बताइएको छ । अनलाइन हवाई टिकट बुकिङ्गको नाममा सस्तो र विभिन्न सुविधाहरु देखाएर टिकट बेच्ने र त्यो टिकट लिएर हावाई यात्री एयरपोर्टमा जाँदा नक्कली टिकट भएको खुल्ने गरेको थाहा हुन आएको छ । यो गिरोहबाट नेपालीहरु सहित धेरै जना ठगिईसकेको केही पीडितहरुले बताए । उक्त गिरोहमा छिटो पैसा कमाउने उद्देश्यका साथ केही नेपालीहरु समेत सम्मिलित रहेको बुझिएको छ...

Read More

Cake To Nepal

फेसबुक