गायक कर्णदासका प्रशंसक भन्छन्– तिमीसँग नभेटिएकै जाति हुन्थ्यो !

–श्रीकृष्ण सिलवाल मनले नचाहँदा नचाहँदै पनि मन कठोर बनाएर तिमीलाई बिदाई गर्नुपरेको छ । एक दशकको लामो अन्तरालपछि तिम्रो हृदयस्पर्शी गीत र मखमली स्वरले बाँधेको मनलाई फुकाएर फेरि निराश हुनुपरेको छ । हो,कर्ण तिमीसँगको मिलन र तिम्रा गीतहरु सुनिसकेपछि मनमा तरंगिन थालेका खुशी,सन्तुष्टि र आत्मीयताका छालहरुलाई रोकेर फेरि भेट्ने आशा राख्नपरेको छ । यति आशा बोक्दै गर्दा अन्तरआत्मामा अर्को डर पनि उब्जेको छ,कतै दश वर्ष अगाडि जस्तै फेरि पनि तिमी हामीबाट टाढिएर तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न बाध्य बनाउने त होइनौ ? २४ अप्रिलको त्यो रात मेरो जीवनकालकै अविस्मरणीय रात बन्न पुग्यो । तिम्रा गीत सुनेर धेरै चोटि रसाएका...

Read More