मेलबर्नको नेपाली खेल प्रबद्र्धनमा ग्रेस इन्टरनेशनलको साथ

श्रीकृष्ण सिलवाल,मेलबर्न । नेपालबाट अष्ट्रेलिया अध्ययनका लागि आउँने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले अब यहाँका नेपाली समुदायमा खेलकुद प्रवद्र्धनमा समेत सहभागी हुने भएको छ । ग्रेसले कुबर्ग राइनो फुटबल क्लबलाई प्रायोजन गरेर खेलकुद प्रवद्र्धनमा लागेको हो । ग्रेसले प्रायोजन गर्ने भएपछि प्रसन्नता व्यक्त गर्दै राइनो क्लबका अध्यक्ष सरुज पौडेलले ग्रेसलाई सहयोगीका रुपमा पाउँदा खेलाडीहरुमा थप उत्साह र खुशी बढेको बताउँनुभयो । यस्तै ग्रेस इन्टरनेशनल मेलबर्नका निर्देशक दीपक आचार्य र ग्रेस इन्टरनेशनल ग्रुपका महानिर्देशक रामचन्द्र पौडेलले खेलाडीहरुको उत्साह देखेर आगामी दिनमा क्लबले अझ उपलब्धी हासिल गर्दै जानेमा आफू ढुक्क रहेको बताउँनुभयो । नेपाली समुदायको खेलकुदमा समर्पित क्लवलाई...

Read More