Category: इभेन्ट्स

अष्ट्रेलियामा यसै हप्ता तीज धमाका !

मेलबर्न । अष्ट्रेलियामा यसपालीको तीज धमाकेदार हुने भएको छ । अस्सी फाइनान्स एण्ड होम लोन्सले ‘तीज धमाका २०१७’ नेपालीहरु माझ ल्याएर तीजलाई धमाकेदार बनाउने तयारी गरेको हो। न्यु साउथ व्ह्लेस स्थित रकडेल टाउन हलमा हुने उक्त तीज विशेष कार्यक्रममा गायिका सिन्धु मल्ल र चन्दा अर्याल, नृत्यांगना सपना खत्रीको प्रस्तुति तथा श्रीया राईको उद्घोषण रहने छ । आगामी २९ जुलाईमा हुने तीज धमाका बेलुका ६ बजे पछि सुरु हुनेछ । त्यस्तै यसको लागि प्रवेश शुल्क २० डलर राखिएको छ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

अष्ट्रेलियाको मेलबर्नमा तीज मेलाको तयारी

मेलबर्न । तीजको अवसरमा अष्ट्रेलियाको मेलबर्नमा भव्य तीज मेलाको आयोजना हुने भएको छ । ग्रेस ईन्टरनेशनलको प्रस्तुतिमा नेप्को ईन्टरटेन्मेन्टले आगामी अगष्ट ५ तारिखका दिन तीज मेला २०७४ आयोजना गर्न लागेको हो । तीज मेलामा नेपालकी प्रसिद्ध लोकगायिका देवी घर्ती, रमिला न्यौपाने, खुमन अधिकारी, उमा गिरी तीज मेलामा सहभागी हुनेछन् । यसैगरी उनीहरुलाई नायिका वर्षा राउतले साथ दिनेछिन् । कार्यक्रम स्थानीय ईस्टोनियन हाउसमा आयोजना हुनेछ । नेपाली मौलिक लोकदोहोरीको भाकामा तीजलाई विशेष बनाउन मेला आयोजना गरिएके आयोजक नेप्को ईन्टरटेन्मेन्टले जनाएको छ...

Read More

एनआरएन अष्ट्रेलियाको अधिवेशनमा महावीर पुन आउने, नि:शुल्क प्रवेशको व्यवस्था

मेलबर्न । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको सातौँ राष्ट्रिय अधिवेशन हुने भएको छ । आगामी जुलाई २२, शनिबारका दिन क्विन्सल्याण्ड राज्यको ब्रिसबेन सहरमा अधिवेशन हुन लागेको हो । अधिवेशनमा मोटिभेस्नल स्पिकरको रुपमा म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई निम्त्याइएको छ । बिहान १० देखि १२ र दिउँसो १ देखि ४ बजेसम्म गरि दुई सेसनमा हुने कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । बेलुका ५ बजेदेखि ९ बजेसम्म हुने राखिएको गाला डिनरमा भने ५१ डलर शुल्क राखिएको छ । यस संगै पुरस्कार वितरणको कार्यक्रम पनि रहेको आयोजकले बताएका छन् । Are you Planing to Study in Australia ? If...

Read More

अष्ट्रेलियाको मेलबर्नमा केही दिनमै सगरमाथाको गहिराइ नापिने !

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा केही दिनमै सगरमाथाको गहिराइ नापिने भएको छ । आगामी अगस्ट ५ का दिन सगरमाथाको गहिराइ, हेब्बी बड्डे, खोया, लोकसेवा लगायतका कविताहरुबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट हुन लागेको हो । विशुद्ध साहित्यिक जमघटका रुपमा रहने कविता कन्सर्टमा कवि पराजुलीले आफ्नो काव्य यात्रा, समकालिन नेपाली कविताको ढाँचा र साथै आफ्ना चर्चिता कविताहरु प्रत्यक्ष वाचन गर्नेछन् । कवि पराजुलीका कविता सामाजिक सन्जालमा निकै लोकप्रिय मानिन्छन् । हालै मात्र उनका कविताहरुको संग्रह सगरमाथाको गहिराइ प्रकाशित भएको छ जसमा ३६ कविता संग्रहित छन् । कवि पराजुली व्यवसायिक रुपमा कविता वाचकका रुपमा समेत...

Read More

अष्ट्रेलियाको न्यु साउथ व्हेल्समा तामाङ समुदायको पिकनिक !

मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुको संख्या बढेसंगै थरि-थरि जातजातिले नेपाली समुदाय यहाँ पनि सिङ्गारिएको छ । उनीहरुले आफ्नो मौलिक पहिचान र नेपालको विविध संस्कृतिलाई बचाईराख्न संगठनात्मक रुपमा एक भई विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्छन् । यसै क्रममा न्यु साउथ व्हेल्सको तामाङ समाजले पिकनिकको आयोजना गरेको छ। आगामी शनिबार अर्थात १५ जुलाईमा हुने कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, खानपिन, खेल आदिको मजा लिन सकिने आयोजकले बताएका छन् । पिकनिक बिहान ८ बजे ओलम्पिक पार्कमा हुनेछ...

Read More