Category: इभेन्ट्स

अष्ट्रेलियाको मेलबर्नमा सत्य–स्वरुप साँझ

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली संगीतप्रेमीहरुले प्रत्यक्ष समुधुर संगीतको मज्जा लिन पाउने भएका छन् । आउँदो अप्रिल महिनाको २९ तारिखको दिन मेलबर्नमा सत्य–स्वरुप साँझ हुन लागेको हो । कार्यक्रममा नेपाली सुगम संगीत क्षेत्रमा सुमुधुर स्वरका धनीका रुपमा परिचित सत्यराज आचार्य र स्वरूपराज आचार्यको प्रस्तुति रहनेछ । आचार्य दाजुभाइ नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक हुन् । विशेष गरि आधुनिक शैलीका गीत गाउने सत्य–स्वरुप नेपाली संगीतका भजन शिरोमणि भक्तराज आचार्यका सुपुत्र हुन् । सेभेन इपिक इन्टरटेनमेन्ट र कँडेल कन्सल्टेन्सीको सहकार्यमा मेलबर्नमा सत्य स्वरुप साँझ हुन लागेको हो । सेभेन इपिक इन्टरटेनमेन्टले गत वर्ष अर्का चर्चित गायक कर्णदासको एकल साँझ कार्यक्रमको...

Read More

नेपालका भूकम्पपीडितको सहयोगार्थ अष्ट्रेलियाको सिड्नीमा शारीरिक व्यायाम

मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा राम्बो बूट क्याम्पको आयोजना गरिएको छ । क्याम्पमा अष्ट्रेलियाको लाइसेन्स प्राप्त प्रशिक्षक राम्बो अधिकारीद्वारा शारीरिक व्यायाम सिकाइनेछ । क्याम्प २५ फेब्रुअरी र २६ फेब्रुअरी २०१७ गरि दुई दिन संचालन हुनेछ । अश्फिल्ड पार्कमा हुने क्याम्पमा सहभागी हुन चाहनेका लागि दर्ता शुल्क ३० डलर निर्धारण गरिएको छ । क्याम्पबाट संकलित रकम नेपालको गोरखा जिल्लाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा संचालनको लागि प्रदान गरिने आयोजकले बताएका छन् । कार्यक्रमको प्रायोजक सिड्नीस्थित एक्टिभ मोर्गेज तथा फाइनान्स कम्पनी रहेको छ । क्याम्पमा सहभागी भई आफ्नो स्वास्थ्यको ख्याल राख्दै शारीरिक व्यायाम सिक्न तथा बिकट गाउँका जनतालाई एम्बुलेन्स मार्फत स्वास्थ्य सेवाको पहुँचमा...

Read More

आगामी अगस्टमा विपुल क्षेत्रीको अष्ट्रेलिया टुर

मेलबर्न । नेपाली युवा पुस्ता माझ लोकप्रिय गायक विपुल क्षेत्री फेरि अष्ट्रेलिया टुरका लागि आउने भएका छन् । माया इभेन्ट्सको आयोजनामा आउँदो अगस्ट महिनामा हुन लागेको अष्ट्रेलिया टुर २०१७ मा बिपुल क्षेत्री एण्ड द ट्राभलिङ ब्याण्डको प्रस्तुति रहने भएको हो । विपुल क्षेत्री यतिखेर नयाँ पुस्ताका लोकप्रिय गायकको रुपमा नेपाली सांगीतिक क्षेत्रमा उदाएका छन् । गायक क्षेत्रीको ’सिन्डिकेट’ गीत नेपाली युवा पुस्ताबीच निकै लोकप्रिय छ । त्यस्तै उनका ’जुनकिरी’, ’राम साइली’, ’नौलाख तारा’ आदि गीतहरुले पनि संगीतप्रेमीहरुको मन जितिरहेका छन् । ’अष्ट्रेलिया टुर २०१७’ अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, एडेलेड र पर्थमा हुनेछ...

Read More

अष्ट्रेलियाको एडेलेडमा नेपाली मोडलहरुलाई अवसर

मेलबर्न । अष्ट्रेलियाको एडेलेडमा ’ब्राइड्स अफ एसिया’ फेसन शो हुँदैछ । स्टमफोर्ड ग्राण्ड होटल, ग्लेनेल्गमा हुने शोमा ३ महिला र २ पुरुष मोडलहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने तथा ’र्याम्प वक’ गर्ने अवसर रहेको आयोजकले जनाएको छ । उक्त शो ५ मार्च २०१७ का दिन हुनेछ । शोमा २०० भन्दा बढी सहभागीहरुले दुलाहा दुलहीको भेषमा आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा अन्य विभिन्न कलाकारहरुको प्रस्तुती समेत रहनेछ । सहभागी मोडलहरुलाई निशुल्क प्रवेश तथा खानाको व्यवस्था गरिएको छ । कार्यक्रम हेर्न चाहने दर्शकहरुको लागि भने ३५ डलर प्रवेश शुल्क राखिएको छ । कार्यक्रममा सहभागी हुने मोडलका परिवार सदस्य र साथीलाई २५ डलर...

Read More

अष्ट्रेलियाको सिड्नीमा ‘नेपाली फूड फेस्टिभल’

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा ‘नेपाली फूड फेस्टिभल’ हुँदैछ । ‘टेस्टिङ्ग नेपाल-नेपाली फूड फेस्टिभल’ नामको सो कार्यक्रम सिड्नीको बेल्मोर पार्कमा हुन लागेको हो । कार्यक्रम ८ अप्रिल २०१७ दिन बिहान ११:३० बजेदेखि बेलुका ७ बजेसम्म हुनेछ । नेपाली खानाको परिकार त्यस भित्र पनि विभिन्न सामुदायिक परिकारका स्वाद यस कार्यक्रममा चाख्न पाईनेछ । विभिन्न परिकार र समुदायको चिनारी सहित नेपाली खाना तथा संस्कृतिको सम्बर्धनको लागि यो फूड फेस्टिभलको आयोजना गरिएको आयोजकले बताएका छन् । ‘टु टेबल्स’ कार्यक्रमको मूख्य आयोजक हो । यो कार्यक्रमले आपसी सम्बन्ध बढाउन र खानपिन संस्कृती सम्बन्धी जानकारी लिनमा सहभागीहरुलाई मद्दत पुग्ने आयोजकले बताएका छन् । यस फूड फेस्टिभलमा...

Read More

Cake To Nepal

फेसबुक