Category: इभेन्ट्स

अष्ट्रेलियाको मेलबर्नमा छठ पर्वकै दिन छठ पूजाको तयारी

मेलबर्न । नेपालका मधेसी समुदायको महान पर्व छठको अवसरमा विगतका वर्षमा झैं यसपटक पनि अष्ट्रेलियाको मेलबर्नमा छठ पूजा हुने भएको छ । आफ्नो परम्परालाई जहाँ भएपनि यथावत राख्ने उद्देश्यले मधेशी समाज भिक्टोरिया अष्ट्रेलियाले यहि आउदो नोभेम्वर ६ र ७ का दिन एडवर्ड्स लेक, रेजर्भोयर, भिक्टोरियामा सो पुजाको आयोजना गर्न लागेको हो । ६ नोभेम्वर बेलुकी ६ बजे देखि पूजा सुरु हुने छ भने ७ नोभेम्वर बिहान ५ बजे देखि सुरु भई उदाउदो सूर्यलाई अर्घ दिईएपछि प्रसाद वितरण पश्चात बिहान ८ः३० बजे पूजा सम्पन्न हुनेछ । Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in...

Read More

अष्ट्रेलियावासीलाई आइतवार ‘रमाइलो साँझ’मा सन्दिपले हँसाउँने,धमेन्द्र र श्रेयाले नचाउने

मेलबर्न । सिड्नीमा तिहारको अवसरमा आइतवार रमाइलो साँझ तिहारको माझ नामक कार्यक्रम हुने भएको छ । मुख्यतः युवाहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम सिड्नी सिटीस्थित होटल सार्कको स्पेश बारमा साँझ ६ बजेदेखि ११ बजेसम्म आयोजना गरिनेछ । यसपछि आफ्टर पार्टी कार्यक्रममा डिजे सुशीलको डिजेइङ रहने छ । कार्यक्रममा नेपालबाट आमन्त्रित हाँस्य कलाकार सन्दिप क्षेत्री, गायक धर्मेन्द्र सेवान, राजकुमार गोश्वामी र गायिका श्रेया सोताङले पनि प्रस्तुति दिनेछन् । असनेपाल ईभेन्टसको आयोजनामा रमाइलो साँझ तिहारको माझ कार्यक्रम हुन लागेको हो । Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here. कार्यक्रमबारे...

Read More

अष्ट्रेलियाको मेलबर्नमा हुने सेफ नेपाल भिजिट नेपालको तयारी पूरा

मेलबर्न । नेपालको पर्यटन प्रवद्र्धनका लागि अष्ट्रेलियाको मेलबर्नमा हुन लागेको सेफ नेपाल भिजिट नेपाल कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । प्रवासी नेपाली मञ्च भिक्टोरियाको आयोजनामा शनिवार अर्थात २२ अक्टुबरमा हुने लागेको यो कार्यक्रममा सहभागी हुन चर्चित कलाकारहरु जितु नेपाल,मिलन अमात्य,बद्री पंगेनी र प्रीति आलेको टोली मेलबर्न आइपुगिसकेको छ । वैशाख १२ को भूकम्पपछि पनि नेपाल पर्यटकीय गन्तव्यका रुपमा सुरक्षित रहेको सन्देश दिन र धेरै भन्दा धेरै अष्ट्रेलियन पर्यटकहरुलाई नेपाल भ्रमणमा जान अभिप्रेरित गर्ने उदेश्यले ओएनएफले अष्ट्रेलियाका विभिन्न शहरहरुमा पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको हो । यसअघि सिड्नी र ब्रिसबोन आयोजना भैसकेको सेफ नेपाल भिजिट नेपाल कार्यक्रम शनिवार मेलबर्नमा...

Read More

अष्ट्रेलियाको मेलबर्नमा फेरि हुने भो नेपाल काइट फेष्टिबल

मेलबर्न । खराब मौसमका कारण स्थगित गरिएको नेपाल काइट फेष्टिबल यही अक्टुबर २९ मा हुने भएको छ । दशैं र तिहारको अवसरमा अष्ट्रेलियाको मेलबर्नमा अक्टुबर १६ मा हुने तय भएको काइट फेष्टिबल खराब मौसमको चेतावनीपछि एक दिन अघि मात्र स्थगित गरिएको थियो । नर्थकोटस्थित अलनेशनस् पार्कमा हुने नेपाल काइट्स फेष्टिबलमा चङ्गा उडान प्रतियोगीता सबैभन्दा आकर्षक पक्ष रहने आयोजकले जनाएको छ । साथमा खानाका स्टलहरु,सांस्कृतिक कार्यक्रम,डिजे म्यूजिक र डान्सले महोत्सवको रौनकता बढाउँनेछ । महोत्सवमा बालबालिकाहरुलाई फन गेम्स र विभिन्न गतिविधिहरु समावेश गरिनेछन् । Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just...

Read More

अष्ट्रेलियाको मेलबर्नमा हुने नेपाल फेष्टिबललाई कलाकार चाहियो

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका नेपाली कलाकारहरुका लागि खुशी खबर छ । आफूसँग भएका कला र प्रतिभा प्रस्तुत गर्ने उपर्युक्त मञ्च र अवसर खोजिरहेका कलाकारहरुले अब भव्य र प्रतिष्ठित स्टेजमा प्रस्तुत हुने अवसर पाइने भएको छ । मेलबर्नमा हुन लागेको नेपाल फेष्टिबल २०१६ का लागि केही नृत्य कलाकार,लोकल व्याण्ड र गायक गायिकाहरुको आवश्यकता रहेको भन्दै आयोजकले सार्वजनिक आह्वान गरेको हो । अष्ट्रेलियाको मेलबर्न आसपास बस्ने प्रतिभा भएका डान्सर,लोकल व्याण्ड र गायक गायिकाहरुलाई यथाशीघ्र सम्पर्क राख्न समेत अनुरोध गरिएको छ । Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click...

Read More