Category: इभेन्ट्स

अष्ट्रेलियामा नेपाल आइडलबाट उदाएका लोकप्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती

मेलबर्न । अष्ट्रेलियामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । जनवरी महिनाभर यस्तै कार्यक्रमहरु चलिरहँदा जेन माइग्रेसन एण्ड एजुकेशन र तन्दुरी फ्युजनले पनि संयुक्त रुपमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेका छन् । केही समय अगाडी सम्पन्न नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धीहरु सुरज थापा, केन्जल मेहर र सागर आले मगरको प्रस्तुती रहने उक्त कार्यक्रम, ‘वेलकम २० अठार’ मा डिजे पार्टीको समेत मज्जा लिन सकिनेछ । डिजेमा मिस्टा च्याम्-ब्लिङ्ग रहनेछन्। आगामी २५ जनवरीमा ८ व्हाइटम्यान स्ट्रिट साउथब्याङ्क स्थित क्राउन इन्टरटेनमेन्ट कम्प्लेक्समा हुने कार्यक्रममा १८ वर्षभन्दा माथी उमेरकाले मात्र प्रवेश पाउनेछन् । बेलुका ७ बजेदेखि सुरु हुने कार्यक्रम अर्को...

Read More

अष्ट्रेलियामा आउँदो शनिबार गायक प्रमोद खरेल लगायत कलाकारहरुको सांगीतिक धमाका

मेलबर्न । मेलबर्नवासी नेपालीहरु प्रत्येक चाडबाड र उत्सवलाई मनाउन उत्साहित हुन्छन्। अंग्रेजी नयाँ वर्षको सुरुवातसंगै विभिन्न कार्यक्रमहरु भएका छन् भने केही हुने क्रममा छन्। यस्तैमा इन्टरटेनमेन्ट र ग्रेस इन्टर्नेशनलको सहकार्यमा आगामी शनिबार ‘धमाका २०१८’ हुनेभएको छ । आयोजकका अनुसार, लोकप्रिय कलाकारहरु प्रमोद खरेल, सम्झना लामिछाने मगर, प्रकाश सपुत, पूर्णिमा लामाको प्रस्तुती रहने कार्यक्रममा सांगीतिक धमाका हुनेछ। देवल भण्डारी र अविनाश न्यौपानेको उद्घोषण कलाले कार्यक्रमलाई व्यवस्थित र थप उल्लासमय बनाउनेछ । आगामी २०१८ जनवरी ६ , शनिबारका दिन हुने यस धमाकेदार कार्यक्रमको प्रवेश शुल्क २० डलर तोकिएको छ। कार्यक्रम,43 Melwille RD , Brunswick West Vic 3055 स्थित Estonian Houseमा बेलुका...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा न्याभ कप क्रिकेट टुर्नामेन्ट

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायको क्रिकेट टुर्नामेन्ट हुने भएको छ । नेपलिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले क्रिकेट टुर्नामेन्टको आयोजना गरेको हो । नेपाली समुदायलाई खेलकुद क्षेत्रमा अगाडी बढाउने उद्देश्यले विगत एक दशकदेखि न्याभले क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै आएको छ। यो वर्ष क्रिकेट टुर्नामेन्टको १३ औं सिजन हो । यस १३ औं न्याभ क्रिकेट टुर्नामेन्टमा हिमालयन क्लब ए, हिमालयन क्लब बि, नर्रे किंग्स क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब ए, सगरमाथा क्रिकेट क्लब बि, सगरमाथा क्रिकेट क्लब सी, गोर्खाली क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, इस्टर्न ब्लुज क्रिकेट क्लब गरि नौं क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । खेलहरु आगामी ७ जनवरी...

Read More

अष्ट्रेलियाको मेलबर्नमा भोली छाउनेभयो तमु ल्हो-छारको रौनक

मेलबर्न । तमु संस्कृति अनुसार, भोली देखि चरा वर्षको अन्त्य संगै कुकुर वर्षको आरम्भ हुनेछ । र, प्रत्येक नयाँ वर्षमा ल्हो-छार पर्व मनाउने गरिन्छ । अष्ट्रेलियाको मेलबर्नमा रहेको तमु समाजले विदेशमा रहेता पनि आफ्नो यो पर्वलाई वर्षेनी धुमधामसंग मनाउने गरेको छ । जसअनुसार यसपाली पनि तमु समाज भिक्टोरियाले बृहद कार्यक्रमको आयोजना गरेको छ । भोली अर्थात ३० डिसेम्बर २०१७ मा हुने यस कार्यक्रममा लामा गुरुबाट पूजा तथा आशिर्वाद, फोटोसुट, नेप्लाई तथा गुरुङ सांस्कृतिक प्रस्तुति, सांगीतिक कार्यक्रम, काठमाण्डु कटेजबाट खानाका परिकार, सम्मान कार्यक्रम आदि मूख्य आकर्षण रहनेछन् । कार्यक्रममा परिवार लिएर आउनेहरुलाई १५ डलर र एक्लै आउनेलाई १० डलर प्रवेश...

Read More

भिक्टोरियामा अष्ट्रेलियन भुटानिज नेशनल फुटबल च्याम्पियनशिप

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा फुटबल च्याम्पियनशिप प्रतियोगिता हुनेभएको छ । भुटानी समुदायले प्रतियोगिताको आयोजना गरेको हो । अष्ट्रेलियन भुटानिज नेशनल फुटबल च्याम्पियनशिप तथा दोस्रो न्यु एण्ड इमार्जिंग कम्युनिटीज कपको नामले प्रतियोगिता आयोजना गरिएको छ। अष्ट्रेलियन भुटानिज समुदायलाई एकताबद्ध गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक बताउँछन् । कार्यक्रम आगामी जनवरी १९ देखि २१ तारिखसम्म ABD Stadium , Bary Rd , Broadmeadows मा हुनेछ । हेल्प-हिमालयन युथ फाउन्डेसन, हाम्रो परम्परा फाउन्डेसन तथा भुटानिज कम्युनिटी इन अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्न लागेको यस कार्यक्रमको बारेमा थप जानकारी लिनको लागि सम्बन्धित व्यक्तिहरुसंग सम्पर्क गर्न सकिन्छ । दिवाकर – ०४२६ ८७० ०५६...

Read More