Category: इभेन्ट्स

अष्ट्रेलियाको मेलबर्नमा ‘सहि हो’ को सांगीतिक कार्यक्रम ‘साइलेन्ट डिस्को’

मेलबर्न । दैनिक जीवनको थकानलाई बिर्सेर आफूलाई रिफ्रेश गर्न चाहनेहरुको लागि ‘साइलेन्ट डिस्को’ आउने भएको छ । ‘सहि हो’ इभेन्ट्सले अष्ट्रेलियाको मेलबर्नमा साइलेन्ट डिस्को को आयोजना गर्ने भएको हो । १८ वर्ष भन्दा माथिकाको लागि मात्र प्रवेश अनुमति हुने कार्यक्रममा जाँदा उमेर खुलाउने परिचय पत्र लिएर जानुपर्नेछ । अगाडी बुकिङ्ग गर्नेहरुको लागि २० डलर र कार्यक्रमकै समयमा टिकट लिनेहरुको लागि २५ डलर प्रवेश शुल्क तोकिएको छ । आगामी जुलाई २९ तारिख शनिबारका दिन बेलुका ८ बजेदेखि hush bar, melbourne central मा कार्यक्रम सुरु हुने आयोजकले बताएका छन् । आयोजक सहि हो इभेन्ट्सले यसअघि नेपाली नयाँ वर्षको अवसरमा क्रुज पार्टीको...

Read More

अष्ट्रेलियामा बुद्ध धर्मको प्रवचन !

मेलबर्न। अष्ट्रेलियामा बुद्ध ध्वनी तथा उपदेशहरु गुन्जिने भएका छन् । अष्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टर ( एएनएमसी) ले यस्तो अवसरको सिर्जना गरेको हो। ‘बुद्ध जयन्ती सेलिब्रेसन एण्ड प्रवचन’ नाम दिईएको कार्यक्रममा नेपालबाट पाल्नुभएका आचार्य कमल मोक्तानले बुद्ध धर्म तथा उपदेश र जीवन जिउने कलाको बारेमा प्रवचन दिनुहुनेछ। कार्यक्रममा बुद्ध पूजा तथा दीप प्रज्वलन समेत गरिने आयोजकले बताएका छन्। कार्यक्रम भिक्टोरिया स्थित Chu Phat Quang, 176 Rupert Street, West Footscray,मा आगामी जुन १८, आईतबारका दिन बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म हुनेछ। कार्यक्रममा सहभागिताको लागि यहाँ क्लिक गरेर नाम दर्ता गर्न सकिनेछ । Are you Planing to Study in Australia ?...

Read More

अष्ट्रेलियाको मेलबर्नमा आज मन्त्र ब्याण्ड र तृष्णा गुरुङको सांगीतिक कन्सर्ट

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा आज सांगीतिक कन्सर्ट हुँदैछ । मन्त्र ब्याण्ड र तृष्णा गुरुङको विशेष प्रस्तुति रहने कन्सर्ट ‘संगीत हाम्रो साथी’लाई नेप्ले इभेन्ट्स तथा यस स्टडी अष्ट्रेलियाले मेलबर्नवासीमाझ ल्याउने भएका हुन् । तृष्णा गुरुङ ‘खानि हो यहमु’ , ‘गाइने दाजै’ जस्ता चर्चित गीतकी गायिका हुन् ।   कन्सर्टमा द मिस्टिक अन्डरलाइनको समेत प्रस्तुति रहनेछ । १८ वर्ष भन्दा माथिका व्यक्तिले मात्र प्रवेश पाउने कन्सर्टको टिकट मूल्य कन्सर्टमै गएर लिंदा ३५ डलर पर्नेछ । उमेर निश्चित गर्नको लागि परिचयपत्रलाई आधार मानिने हुँदा दर्शकले आफ्नो परिचयपत्रका साथ आउनुपर्ने आयोजकले बताएका छन् । कन्सर्ट आज अर्थात १२ जुनको बेलुका ८ बजेदेखि क्राउन...

Read More

अष्ट्रेलियामा तीज महोत्सव, आफ्नो प्रतिभा देखाउने अवसर

मेलबर्न। अष्ट्रेलियामा यसपालिको तीज भव्य हुनेभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले ‘तीज महोत्सव’ को आयोजना गरेर तीजलाई भव्य बनाउने जमर्को गरेको हो । उक्त ‘तीज महोत्सव’ मा चर्चित गायिका सुनिता दुलालको लाइभ प्रस्तुती रहनेछ। साथै कार्यक्रममा आफ्नो प्रस्तुति दिन चाहने नेपालीहरुले आयोजक संस्थामा सम्पर्क गरेर वा संस्थाको नारिनिकुन्ज विभागका सदस्यहरुमार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तीज संस्कृतिको सम्बर्द्धन साथै नेपालमा रहेका पिछडिएका महिलाहरुको सहयोगार्थ रकम संकलनको उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले बताएको छ । परिवार सहित जान सकिने दिउँसोको कार्यक्रमको टिकट मूल्य ५ डलर रहेको छ भने महिलाहरुको लागि रहेको रातिको कार्यक्रमको टिकट मूल्य...

Read More

अष्ट्रेलियामा नेपाली चलचित्र महोत्सवको तयारी,दर्ताकालागि आह्वान

मेलबर्न । नेपाली चलचित्रको राम्रो बजारको रुपमा स्थापित हुँदै गएको अष्ट्रेलियामा पहिलो पटक नेपाली चलचित्र महोत्सव हुने भएको छ । अष्ट्रेलियामा नेपाली चलचित्रको बजार अझ फराकिलो बनाउन महोत्सवको आयोजना गर्न लागिएको आयोजकले बताए । डेढ दशक अगाडि चलचित्र ‘बलिदान’ बाट शुरू भएको अष्ट्रेलियामा हाल हरेक हप्ताजसो नेपाली चलचित्र प्रदर्शन हुँदै आएको छ । आगामी नोभेम्वरमा सिड्नीमा हुने महोत्सवको संयोजन चलचित्र निर्देशक मनोज अधिकारीले गर्दैछन् । टु टेबल्स नामक संस्थाले आयोजना गर्न लागेको यो महोत्सबव ३ नोभेम्वरदेखि ५ नोभेम्वर गरि तीन दिनसम्म आयोजना हुनेछ । नेपाली चलचित्रका बिभिन्न बिधाहरूलाई समेटेर आयोजना गर्न लागिएको महोत्सवमा कथानक, लघु र बृत्तचित्रहरूलाई सहभागिताका लागि...

Read More