Category: INSIDE AUS

अष्ट्रेलियामा एनिमेसन कोर्सको पढाइ

मेलबर्न । भिक्टोरियन कलेज अफ द आर्ट्समा एनिमेसन कोर्सको पढाइ हुन्छ । यो कोर्स अन्तर्गत रहेर सैद्दान्तिक र प्रयोगात्मक दुवै तरिकाले पढाइन्छ । प्रत्येक विद्यार्थीले आफ्नै छुट्टाछुट्टै कम्प्युटरमा कलेजको स्टुडियोमा पढ्न पाउँछन् । यो कोर्स १३ हप्ताको रहेको छ । कक्षा हप्ताको सोमबार र बिहिबार बेलुका ६ बजे देखि ९ बजे सम्म संचालन हुन्छ । कोर्स अवधिभर ४ वटा शनिबारमा वर्कशप हुन्छ । दुई वटा वर्कशपमा गेस्ट स्पिकर हुन्छन् भने दुईवटा वर्कशपमा प्रयोगात्मक सेसन हुन्छ । यो कोर्स सुरुवाती चरणका विद्यार्थीहरु र सिप बढाउन चाहने दुवैको लागि उपयुक्त हुन्छ । राम्रोसंग योजनाबद्ध तरिकाले कोर्स अघि बढाइने हुँदा विद्यार्थीहरुले आधारभूत...

Read More

अष्ट्रेलियामा विद्यार्थीले लिन सक्छन् विशेष छुटको फाईदा

मेलबर्न । अष्ट्रेलियामा अध्ययन गर्ने विद्यार्थीहरुले पढाइ संगै खर्च धान्नको लागि कामको खोजीमा हुन्छन्। त्यस्तै काम पाइसकेपछि पनि खर्च पुर्याउनुपर्ने अवस्था हुन्छ । यस्तोबेलामा उनीहरुले आफ्नो चाहना र आवश्यकतालाई खुम्चाएर राखिरहेका हुन्छन् । उनीहरुको ती चाहनालाई केही हदसम्म अष्ट्रेलियामा पाइने विद्यार्थी छुटले केही सहयोग गर्न सक्छन् । – फास्ट फुड चेनहरुमा विभिन्न कार्यक्रम तथा विशेष दिनको अवसरमा विद्यार्थीहरुको लागि छुटको व्यवस्था हुन्छ । यसको साथै सामान्य दिनमा विभिन्न स्किमहरु राखिएको हुन्छ । उनीहरुको वेबसाइटबाट यी विभिन्न किसिमको छुट बारे बुझ्न सकिन्छ। – अष्ट्रेलियाका बार तथा क्लबहरुमा विभिन्न समयलाई लक्षित गरेर र अष्ट्रेलियामा बिदा नहुने दिनमा विशेषगरि छुटको व्यवस्था हुन्छ...

Read More

अष्ट्रेलियामा हस्पिटालिटी क्षेत्रमा लाग्न आवश्यक सीप र योग्यता

मेलबर्न । विश्वभर अहिले होटल म्यानेजमेन्ट पढाइ र हस्पिटालिटी क्षेत्रप्रति विद्यार्थीको आकर्षण बढेको छ । अष्ट्रेलियामा पनि हस्पिटालिटी क्षेत्रमा कामदारको माग बढेसँगै यस क्षेत्रमा लाग्न चाहने धेरै छन् । जुनसुकै क्षेत्रमा लागेर सफलता पाउन केही गुण र योग्यता आवश्यक पर्छ । अष्ट्रेलियामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहने विद्यार्थीहरुले आफूमा यी गुणहरुको विकास गर्नुपर्ने हुन्छ –हस्पिटालिटी क्षेत्रलाई आवश्यक पढाइ पूरा गर्नुको साथै होटलहरुबाट आवश्यक तालिम लिनुपर्छ । यसले आवश्यक प्रयोगात्मक ज्ञान प्राप्त हुन्छ । –हस्पिटालिटी क्षेत्र अन्तर्गतको अष्ट्रेलियाको कानूनको अध्ययनले आफूलाई थप बलियो र दक्ष बनाउन सक्छ । त्यसैले विद्यमान कानुनी व्यवस्थाबारे जानकारी राख्नु उत्तम हुन्छ ।...

Read More

अष्ट्रेलियामा स्नातक तहमा ‘फिजिक्स’ पढाइ र अवसर

मेलबर्न । स्नातक तहमा विज्ञान संकाय पढ्ने विद्यार्थीहरुको लागि भौतिकशास्त्र (फिजिक्स) विषय रोजाईमा पर्न थालेको छ । अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुमा समेत यो विषय पढ्नेहरूको संख्या बढिरहेको छ । ग्रान्ड च्यालेन्ज ईन साइन्स, एक्स्पेरीमेन्टल साइन्स, क्वांटीटेटिभ मेथड्स इन साइन्स, फिजिक्स अफ द भेरी लार्ज, फिजिक्स अफ द भेरी स्मल जस्ता विषय यस कोर्स अन्तर्गत पढाइन्छन् । यो कोर्स पार्ट टाइम र फुल टाइम पढ्न सकिन्छ । फुल टाइमको लागि तीन वर्ष लाग्छ भने पार्ट टाइम पढ्दा ६ वर्ष लाग्छ । आगामी शैक्षिक सत्रको लागि २०१८ जनवरीदेखि भर्ना प्रक्रिया सुरु हुनेछ । आवश्यक योग्यता : फिजिक्स विषयमा भर्ना हुनको लागि...

Read More

अष्ट्रेलियामा यसरि बन्न सकिन्छ सफल उद्धमी

मेलबर्न। अष्ट्रेलियामा आफ्नो खुट्टामा उभिएर यहाँको वातावरणसंग भिजिसकेपछी बिजनेस गर्न चाहने नेपालीहरुको जमात पनि बढ्दै गइरहेको छ । अष्ट्रेलियामा आफ्नो पैसा लगानी गरिसकेपछि सफल बिजनेस गर्नको लागी केही कुराहरुमा विशेष ध्यान पुर्याउनु जरुरि हुन्छ । – आफूले एउटा सिस्टम बसाल्नुहोस्। त्यो सिस्टममा आफू पनि हिड्नुहोस् र सम्पूर्ण बिजनेसलाई पनि हिडाउनुहोस् । तपाईंका ग्राहक तथा तपाईंले डिल गर्नुपर्ने अरु बिजनेस कम्पनीहरुले समेत तपाईंको सिस्टमको मूल्यांकन गर्छन्। – सबै काम आफूले गर्छु भनेर नलाग्नुहोस् । बिजनेसलाई सुहाउँदो व्यक्तिलाई नियुक्त गर्नुहोस् र आफ्नो बिजनेसको सानो-तिनो कामको झन्झटबाट मुक्त भएर हल्का दिमागले व्यवस्थापनमा लाग्नुहोस् । – असफलताको डर मनमा लिएर नबस्नुहोस् । समस्या...

Read More