Category: INSIDE AUS

अष्ट्रेलियाले विद्यार्थी भिसाको शुल्क बढायो,के पूराना विद्यार्थीले पनि तिर्न पर्छ ?

मेलबर्न । अष्ट्रेलिया सरकारले केही समय अघि विद्यार्थी भिसाको लागि नयाँ नियम ल्याएको छ । नयाँ नियम लागू भएसँगै विद्यार्थी भिसा शुल्कमा समेत वृद्धि गरेको छ । तर यो नियम कसलाई लागू हुने भन्नेबारेमा भने अझै धेरै विद्यार्थीहरुमा अन्यौल रहेको पाइन्छ । अर्थात बढेको शुल्क अब नयाँ विद्यार्थीहरुका लागि लागू हुने हो कि अहिले विद्यार्थी भिसा लिइरहेका सबै विद्यार्थीले बढेको शुल्क तिर्नुपर्ने हो भन्ने थाहा पाउन नसक्दा धेरै विद्यार्थीहरु अलमलमा परेका हुन् । झन् त्यसमाथि इमिग्रेशनको कार्यालयबाट बोलेको भन्दै फोन गरि बढेको शुल्क तिर्नुपर्ने जानकारी आउन थालेपछि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरु अन्यौलमा परेका छन् । त्यसरी फोन गर्नेहरुले ७००...

Read More

अष्ट्रेलियामा फिल्म स्टडीज र करियरको अवसर

मेलबर्न । फिल्म स्टडी विश्वका अधिकांश मुलुकका विश्वविद्यालयहरुले पढाउँने प्रमुख विषय हो । विश्वमा मनोरञ्जन बजारको बढ्दो विस्तारसँगै फिल्म स्टडी गरेर यसैमा करियर खोज्न चाहने युवाहरुको जमात बढेको छ । नेपालकै कुरा गर्ने हो भने पनि पछिल्लो समय फिल्म क्षेत्रमा युवा सहभागीता र उत्साह लोभलाग्दो गरिकाले बढेको छ । फिल्म अध्ययन गरेर यो क्षेत्रमा आएका युवा निर्देशक,लेखक र कलाकारहरुको संलग्नताले नेपाली फिल्मको धार मात्र फेरिएको छैन,कुनै समय निम्न वर्गले मात्र हलमा गएर फिल्म हेर्छन् भन्ने मान्यता भंग गर्न सफल भएको छ । सम्पन्न परिवारका दर्शकहरुले पनि हलमा गएर फिल्म हेर्न थालेका छन् । करोडौं लगानीका अत्याधुनिक प्रविधि जडित सुविधा...

Read More

अष्ट्रेलियाले आत्मविश्वास बढाइदिन्छ :आशिष आचार्य,विद्यार्थी (सिड्नी)

मेलबर्न । अष्ट्रेलिया अहिले धेरै नेपालीहरुको स्वप्नभूमि बनिसकेको छ । अष्ट्रेलियामा आउनेहरुमा नेपाली विद्यार्थीको संख्या उल्लेख्य रहेको छ । विश्वका नाम चलेका थुप्रै विश्वविद्यालय,सयौं कलेज,छानी छानी पढ्न पाइने विषयले नेपालीहरुलाई अष्ट्रेलियाप्रति आकर्षित गर्दै आएको छ । अनि पढाइ सकेपछि यहाँ पाइने अवसर र पिआरले पनि धेरै नेपालीहरुलाई लोभ्याउन छोडेको छैन । तर नेपाली विद्यार्थीहरुको अष्ट्रेलियन जीवनशैली कस्तो चल्दैछ त ? उनीहरुको भोगाइ र बुझाइ कस्ता छन् ? यिनै कुराहरुमा केन्द्रीत रहेर हिमालयन कङ्गारुले स्टुडेन्ट टल्क मार्फत विद्यार्थीहरुसँग छोटोमीठो कुराकानी प्रकाशन गर्दै आएका छौं । त्यसक्रममा यसपटक हामीले गैडाकोट–४,नवलपरासीका आशिष आचार्यसँग कुरा गर्दैछौं । हाल उहाँ सिड्नीमा अध्ययनरत हुनुहुन्छ ।...

Read More

अष्ट्रेलियाको डिपेन्टेन्ड भिसाबारे सोधिरहने प्रश्न र त्यसको जवाफ

मेलबर्न । अष्ट्रेलियाले दिने भिसाहरुमध्ये डिपेन्टेन्ड भिसा पनि एउटा हो । डिपेन्टेन्ट भिसामा अष्ट्रेलिया आउनेहरुले यहाँको कानूनी दायराभित्र रहेर काम गर्न र अन्य वैधानिक जुनसुकै काम गर्न सक्छन् । तर अझै पनि धेरैजना नेपालीमा डिपेन्टेन्ड भिसाबारे केही प्रश्नहरु रहेको पाउँछौं । त्यसैले हिमालयन कङ्गारुले यसपटक डिपेन्टेन्ड भिसाको सम्बन्धमा सामान्य लाग्ने तर बुझ्नैपर्ने केही प्रश्नहरुका जवाफ प्रस्तुत गर्दैछौं । प्रश्न : अष्ट्रेलियाको डिपेन्टेन्ड भिसामा आवेदन दिइसकेपछि सामान्यतय प्रोसेसिङ गर्न कति समय लाग्छ ? उत्तर : यति नै समय लाग्छ भन्ने छैन । किनभने तपाईको साथी वा आफन्तको कुन भिसा हो,त्यसमा भर पर्दछ । यस्तै तपाईले आफ्नो डकुमेन्टस् कसरी तयार पार्नुभएको...

Read More

अभ अष्ट्रेलियाले बन्द गरायो यि ५ भिसाहरु

मेलबर्न । अष्ट्रेलिया सरकारले नोभेम्वर १९ देखि नयाँ भिसा नीति लागू गरेको छ । न्यू टेम्पोररी भिसा फ्रेमवर्क अन्तर्गत नयाँ भिसा नीति लागू भएपछि विशेष गरि निम्न पाँच शीर्षकका भिसा बन्द भएका छन् । तर आत्तिनुपर्ने अवस्था भने छैन । किनभने यसको वैकल्पिक व्यवस्था पनि गरिएको छ । बन्द भएका पाँच शीर्षकका भिसाहरु यस प्रकार छन् : सबक्लास ४०१ टेम्पोररी (लङ स्टे एक्टिभिटी) भिसा : सरकारले कुनै धार्मिक समारोहमा सहभागी हुन आउने,कुनै खेलकूद प्रतियोगितामा भाग लिन आउने खेलाडि वा टोली,घरेलु कामदार लगायतलाई दिइदै आएको यो भिसा नयाँ व्यवस्था अनुसार दिन बन्द गरिएको छ । अस्थायी भए पनि यस्तो भिसामा...

Read More

Cake To Nepal

फेसबुक