Category: समाचार

‘प्रदेश ३ को राजधानी हेटौंडामै’

काठमाडौं । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडामै कायम रहने बताउनु भएको छ । बुधबार आयोजित कार्यक्रममा उहाँले प्रदेशको नाम पुसभित्रै तोकिने जानकारी गराउनुभयो । ‘अहिले राजधानी तलमाथि गरियो भने एकवर्ष फेरि भौतिक संरचना तयार पार्दै बित्छ’, उहाँले भन्नुभयो, ‘त्यसकारण अहिले राजधानी सार्ने कुरो आउँदैन । प्रदेशको नाम पनि अब छिट्टै ताेकिन्छ । पुसभित्रै प्रदेशकाे नामाकरण हुन्छ ।’ मुख्यमन्त्री पौडेलले प्रदेशको विकासमा सरकार कटिवद्ध रहेको उल्लेख गर्दै केही कानुन नबन्दा काम गर्न असजिलो भएको बताउनुभयो । ‘प्रदेश संचालनकाे लागि अझै ६ वटा कानुन बन्न बाँकी छ’ उहाँ भन्नुभयो, ‘संघीय सरकारले प्रदेशकाे लागि आवश्यक कानुन छिटो बनाइदियोस् ।...

Read More

नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन मोदीलाई अस्वीकार्य

काठमाडौं। नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजीले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन । प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन दिएका छैनन् । १९५० को नेपाल–भारत मैत्री सन्धिबाट भारतभन्दा नेपाल लाभान्वित भएको र अहिले इपिजीको प्रतिवेदनले भारतलाई समस्या तथा नेपाललाई थप लाभ हुने डोभालको निष्कर्ष छ । इपिजीको भारत पक्षका संयोजक भगतसिंह कोस्यारीले मोदीसँग भेटघाटको समय मिलाउन कोसिस गरिरहेका छन् । तर, प्रतिवेदन नसच्याए प्रधानमन्त्री मोदीले नबुझ्ने डोभालको भनाइपछि इपिजी अनिर्णयको बन्दी भएको छ । नेपाली पक्ष भने मोदीको समय पर्खेर बसेको छ । इपिजीको...

Read More

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सुरक्षामा चारहजार सुरक्षाकर्मी

काठमाडौं । राम र सीताको विवाहउत्सवमा आज जनकपुर आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको सुरक्षाका लागि ४ हजार सुरक्षाकर्मी परिचालन हुने भएको छ । नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालका अनुसार, चार हजार भन्दा सुरक्षाकर्मी परिचालन गरिएको छ । १० लाख भक्तजनले सहभागिता बढाउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो । योगीको सुरक्षामा तीन हजार प्रहरी, एक हजार सशस्त्र प्रहरी, एक सय राष्ट्रिय अनुसन्धानका कर्मचारीसँगै रिजर्भमा केही सेना पनि खटाइएको छ । ड्रोन क्यामेराबाट निगरानी, तालिम प्राप्त कुकुर परिचालन गरिने छ । योगीको सुरक्षाका लागि भारतबा पनि ३० सुरक्षाकर्मी आउनेछन् ।...

Read More

राजपा र फोरमको सिद्धान्त फरक छ : राजेन्द्र महतो

मोरङ । राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताउनु भएको छ । राजपाले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक महतोले मधेसमा अगाडि वा पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताउनु भयो । ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी भने जनकपुर नै हुनुपर्ने प्रदेशबासीको चाहना रहेको आफूले बुझेको उहाँको भनाई छ । नेता महतोले सरकार असफल हुँदै गएको बताउनु भयो । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छिट्टै टुंगो लगाउने उहाँले बताउनुभयो । उहाँले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरणको कुरा चले दुई वटै पार्टीको...

Read More

सरकार धेरै बोल्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारको काम ‘बोल्ने’मा सीमित देखिएको बताउनु भएको छ । उहाँले प्रतिपक्षी बोल्नु पर्नेमा सरकार मात्रै बोलिएको सुनिने गरेको र प्रतिपक्षी शान्त देखिएको बताउनु भयो । अन्नपूर्ण पोष्ट दैनिकमा दिइएको अन्तरवार्तामा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी होइन, सरकार आफैँ सबै थोक होइन ।’ श्रेष्ठको कथन छ, ‘अपेक्षा पूरा गर्न सरकार नयाँ योजना बनाएर जानु पर्छ । स्थायी सरकार फरक देखिनु पर्छ ।’ उहाँले आफ्ना व्यक्ति छान्ने संस्कृतिले आवश्यकता चयनमा असफल भएको बताउनु भयो । सांगठानिक विषयमा टुंगो नलाग्दा स्थानीय सरकारलाई नेतृत्व दिन नसकिएको नेता श्रेष्ठको भनाइ...

Read More