Category: विशेष

दीपक मनाङेलाई पाँच वर्ष जेल सँजाय,प्रदेश सभा सदस्य पद खारेज

काठमाडौं । आदलतले राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पाँच वर्ष जेल सँजाय सुनाएको छ । कर्तब्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध मंगलवार यो सजाय सुनाएको हो । अदालतले मनाङेको प्रदेश सभा सदस्य पद समेत खारेज गर्ने फैसला सुनाएको छ । मनाङे गत मंसिरमा सम्पन्न निर्वाचनमा मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए । गुण्डा नाइकेका रुपमा कुख्यात मनाङेले पटक पटक जेल जीवन विताउँदै आएका छन्...

Read More

अष्ट्रेलियाको सिड्नीमा मजदुरहरुको आन्दोलनका कारण रेल नचल्ने

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा मजदुरहरुको आन्दोलनका कारण रेल नचल्ने भएका छन् । मजदुरहरुले यातायातमन्त्रीको व्यवहार गैर जिम्मेवार भएको भन्दै २४ घण्टा कुनै पनि काम नगर्ने घोषणा गरेका हुन् । मजदुरहरुले गरेको घोषणा अनुसार यही महिनाको २९ तारिखका दिन उनीहरुले २४ घण्टासम्म कुनै पनि काम गर्ने छैनन् , जसका कारण त्यो अवधिभर रेल चल्ने छैनन् । मजदुरहरुले आफ्नो तलबमा ६ प्रतिशत वृद्धिको माग समेत गरेका छन् । न्युसाउथवेल्स युनियनका सचिव एलेक्स क्यासेन्सले सामान्य हिसाबले माग राख्दा मन्त्रीले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताएका छन् । संचारमाध्यमहरुसंग कुरा गर्दै उनले आफूहरुको उद्देश्य सर्वसाधारणलाई दु:ख दिनु नरहेको समेत स्पष्ट पारेका...

Read More

भारतले मागेको मूल्य भन्दा सस्तोमा डिपिआर तयार पार्छौः नेपाली सेना

काठमाडौं । नेपाली सेनाले द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आफैँले बनाउने जनाएको छ । सेनाले पत्रकार सम्मेलन गरेर भारतीय डिपिआर नलिएर आफैँ बनाउने बताएको हो । भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआर अस्वीकार गर्दै सेना आफैँले द्रुतमार्गको डिपिआर बनाउने घोषणा गरेको हो । आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले डिटेल इन्जिनियरिङ गर्न आव्हान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डिपिआर तयार गरिने जानकारी दिए । लामो विवादका कारण पुष्पकमल दाहाल नेतृत्वको सरकारले २१ वैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । भारतीय कम्पनीले बारम्बार आफ्नो डिपिआर किन्नु पर्ने शर्त राखेकाले शेरबहादुर देउवा सरकारले भारतीय कम्पनीले...

Read More

नयाँ राष्ट्रपति बन्न दौडधुप शुरु,विद्यादेवीदेखि ओन्सरी घर्तीसम्म आकांक्षी

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु भएको छ । नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएको हो । अब बन्ने नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखमा पुन वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र निवर्तमान सभामुखमा ओनसरी घर्तीले लबिङ थालेका छन् । संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने प्रावधान भएपछि भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति बन्नका लागि आफैं लबिङमा जुटेकी छन् । एमाले अध्यक्ष केपी ओलीले पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउनुपर्ने अडान लिँदै आएका छन् । तर एमालेभित्र वरिष्ठ नेता झलनाथ खनालले पनि चासो देखाएका...

Read More

मापसे चेकजाँच कडाइ गरेपनि सवारी दुर्घट्नामा वृद्दि,यी हुन् उपत्यकाका ब्ल्याक स्पट

काठमाडौं ।  उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नुभन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको छ । मापसे चेकजाँचपछि ७७१ को मृत्यु महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यकाभित्र २५...

Read More