Category: मोडल

पुरस्कार जित्न सफल दश वेडिंग फोटो (फोटो फिचर)

काठमाडौँ । पितृसत्तात्मक नेपाली समाजमा अहिले पनि छोरीलार्इ बाबु अन्माएर जुवाइँको घरमा पठाउने चलन यथावत छ । दुःख कष्ट गरेर हुर्काएकी छोरी जुवाइँलाई जिम्मा लगाएर पठाउँदा या अर्काकी छोरीलाई बुहारी बनाएर भित्र्याउँदा बाबुआमाको मन कस्तो होला ? तर, परम्परादेखि चल्दै अाएको चलनलार्इ समाजले सहर्ष स्वीकार्दै अाएको छ । परम्परागत बिहेको संस्कार फेरिँदै अहिले बिहे गर्ने तौरतरिका पनि विस्तार फेरिँदै गएको छ । बाबुआमाले कुनै बेला घरको आँगनबाट छोरी अन्माउँथे भने बुहारी पनि त्यहीँबाट भित्र्याउँथे । तर अहिले आँगनमा मात्रै बिहे सीमित छैन । समय अनुसार छोराछोरीको बिहे कार्यक्रम विस्तारै होटेल, पार्टी प्यालेसमा पुग्दैछ । त्यसक्रममा अनिवार्य पाटो भएको छ...

Read More

एसियाका प्रख्यात १० अभिनेत्रीहरु

काठमाडौं । विश्वमा एसियाका अभिनेत्रीहरुले आफ्नो सुन्दरता र क्षमताका आधारमा राम्रो प्रभाव देखाउन सफल भएका छन् । यहाँ त्यस्ता सबैभन्दा प्रख्यात १० एसियाली अभिनेत्रीहरुको चर्चा गरिएको छ । स्रोत  १. ऐश्वर्या राय सन् १९९४ मा विश्व सुन्दरी बनिसकेकी भारतीय अभिनेत्री ऐश्वर्या राय सुन्दर संगै क्षमतावान पनि छिन् । धेरैथरि भाषाको राम्रो ज्ञान भएको कारणले उनले धेरै भाषाका चलचित्रहरुमा अभिनय गर्ने अवसर पाएकी छिन् । उनको अभिनयलाई दर्शकहरुले मन पराइरहेका छन् । २. क्लड़िया लिंक्स पर्सियाकी देवी भनेर समेत चिनिने’ क्लड़िया लिंक्स गायिका, नायिका तथा मोडल हुन् । उनको सुन्दरता, कला र सामजिक कार्यले गर्दा उनि सबैको आकर्षण बनेकी छिन् । ३....

Read More

८७ वर्षीय मोडल भन्छिन् ‘आत्मविश्वास नै सुन्दरता हो’

एजेन्सी । डाफे सेल्फी विश्वकै सबैभन्दा धेरै उमेरकी व्यवसायिक मोडल हुन् । बेलायतकी डाफेको उमेर अहिले ८७ वर्ष पुगिसकेको छ । २१ वर्षको उमेर पुगेपछि मोडलिंग थालेकी उनले आफ्नो विवाह पछि पनि कामलाई निरन्तरता दिईन् । पछि श्रीमान बिरामी पर्न थालेपछि उनले आफ्नो काम छोडेर बासिन् । तर, श्रीमानको मृत्यु भैसकेपछि ७० वर्षको उमेरमा उनि मोडलिंगको दुनियाँमा फ़र्कीइन् र आफ्नो कामलाई निरन्तरता दिईन् । उनि अहिले विभिन्न फेशन तथा मोडलिंग कार्यक्रमहरुमा व्यस्त छिन्। ताजा तरकारी तथा खाद्यवस्तु आफैले घरमै पकाएर खानु नै उनले आफू स्वस्थ रहिरहनुको कारण मान्छिन् । उनको विचारमा मानिसको आत्मविश्वास नै सुन्दरता हो ।   उनि...

Read More

‘हिरो बन्न अष्ट्रेलियाको भिसा त्यागें’

काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समयमा चर्चा कमाएको सफल चलचित्र प्रेमगीतका नायक हुन् , प्रदिप खड्का । चलचित्रको पर्दाबाट प्रेमको रुपमा चिनिएका उनले धेरै दर्शकहरुबाट माया कमाएर सफल नवनायकको छवि बनाएका छन् । तर प्रदिपका अनुसार यहाँसम्म आइपुग्न उनले धेरै संघर्ष गरेका छन् । प्रदिप खड्का सानै देखि टि.भीमा देखिएर चर्चित हुन चाहन्थे । सबैले चिनुन् भन्ने सोंचले नै उनले टि.भीमा समाचारवाचक बन्ने उद्देश्य लिएर विभिन्न उद्घोषण  तालिम तथा टेलिभिजन सेट हुँदै नेपाल टेलिभिजन सम्म पुगे । तर त्यहाँ उनि कार्यक्रम व्यवस्थापक बने जसले उनको ईच्छा पूरा गर्न सकेन । टि.भीमा काम गर्दा प्रदिपलाई नाम कमाउनको लागि मोडल वा...

Read More

मोडल निकिता चन्दक बनिन् मिस नेपाल २०१७

काठमाडौं । मोडल निकिता चन्दक मिस नेपाल २०१७ को ताज जित्न सफल भएकी छिन् । शुक्रवार साँझ आयोजित मिस नेपाल प्रतियोगितामा सबै प्रतिस्पर्धीलाई उछिन्दै निकिताले नयाँ मिस नेपालको ताज जितेकी हुन् । उनलाई मिस नेपाल २०१६ अश्मी श्रेष्ठले ताज पहिर्याइदिएकी थिइन् । मिस अर्थको ताज रोजिना श्रेष्ठले जितिन् भने मिस नेपाल इन्टरनेशनलको ताज मोडल निती शाहले जित्न सफल भइन् । यस्तै सहारा बस्नेतले मिस नेपाल एसिया प्यासिफिक इन्टरनेशनलको ताज जितेकी छिन्...

Read More