Category: फेसन

हिमालयन प्रतिभा : फेसन डिजाइनमा भविष्य खोज्दै किशोरी प्रियंका अधिकारी

काठमाडौं । हुने विरुवाको चिल्लो पात भने जस्तै चितवन रत्ननगरकी किशोरी प्रियंका अधिकारीले पनि आफ्नो सिर्जनात्मक भविष्यको छनक देखाएकी छिन् । सिर्जनशील प्रतिभाकी धनी उनी फेसन डिजाइनिङमा रुची राख्दछिन् । उमेरले भर्खरै १७ वर्षमा लाग्दै गरेकी भए पनि उनको फेसन डिजाइनिङमा भने परिपक्वता पाइन्छ । त्यसैले उनी फेसन डिजाइनिङमा भविष्य खोज्ने योजनामा रहेकी छिन् । उनै प्रियंकाले तयार पारेकी केही फेसनका नयाँ डिजाइनहरु यहाँ प्रस्तुत गरेका छौं...

Read More

फेशनमाण्डू २०१६ को लागि १४ मोडलहरु अन्तिम छनौटमा

मेलबर्न । अष्ट्रेलियामा हुने फेशनमाण्डू २०१६ को लागि १४ जना मोडलहरु फाइनल चरणका लागि छनौट भएका छन् । १ सय ३५ जनाले आवेदन दिएकोमा सिड्नीको रकडेलस्थित एभरेष्ट फंक्सन सेन्टरमा भएको अडिसनका लागि ४० जनालाई छनोट गरिएको थियो । अडिसनका लागि बोलाइएका मध्येबाट १४ जनालाई फाईनल चरणका लागि छनोट गरिएको हो । फेशनमाण्डूको आयोजना केगरिरा डटकमले गर्न लागेको हो । अर्को चरणको अडिसन पनि छिट्टै आयोजना गर्ने आयोजकले जनाएको छ । अडिसनमा टप मोडल वल्र्डवाईड २०१५ की फस्र्ट रनर अप सराह जेहान, किरण नेवा र अर्चना थापाको टोलीले सहभागीहरुको विभिन्न दक्षताको परीक्षण गरेको थियो । विशेष गरि उनीहरु बहुसांस्कृतिक कार्यक्रमका...

Read More

नेटबलकी राष्ट्रिय खेलाडी अस्मी श्रेष्ठ कसरी मिस नेपाल बनिन् ? (फोटो फिचर)

काठमाडौं । महिला आरक्षण सम्बन्धी सोधिएको प्रश्नको सटिक जवाफले हिजोसम्म सर्वसाधारणका रुपमा रहेकी काठमाडौंकी अस्मी श्रेष्ठलाई रातारात मुलुकको सेलिब्रेटी बनाइदियो । सेलिब्रेटी पनि त्यस्तो जुन् आम युवतीको सपनाको रुपमा रहने गर्दछ । अर्थात २२ वर्षीया अस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छिन् । राजधानीको अन्नपूर्ण होटलमा शुक्रवार राति आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन् । मिस नेपाल जित्न भन्दा व्यक्तित्व विकासको प्रशिक्षण लिन मिस नेपाल आएकी उनी उपाधि जित्दा स्तब्ध भएकी थिइन् । मिस नेपालको क्राउन लगाइहँदा उनको आँखाबाट आँसुको धारा रोकिएको थिएन । मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो । खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको...

Read More

पपस्टार बनिन् स्मृति पोखरेल

काठमाडौं । अष्ट्रेलियामा रहँदै आएकी गायिका स्मृति पोखरेल अब पपस्टार बनेकी छिन् । पप जेनरका गीतहरु गाउँन रुचाउँने स्मृतिले आफ्नो दोस्रो एल्बम पपस्टार यसै साता सार्वजनिक गरेकी हुन् । एल्बम लोकार्पणका लागि हाल काठमाडौंमा रहेकी स्मृतिले एक विशेष समारोहका बीच आफ्नो नयाँ एल्बम पपस्टारको पोष्टर सार्वजनिक गर्दै एल्बमको लोकर्पण गरेकी हुन् । यसै एल्बममा समावेश गायक राजेशपायल राईसँगको युगल गायन रहेको गीतको म्यूजिक भिडियो उनले केही दिन अघि भ्यालेन्टाइन डेको अवसरमा यूट्युव मार्फत सार्वजनिक गरेकी थिइन् । उक्त गीत अहिले यूट्युव च्यानलमा पपुलर बन्दै गएको छ । म्यूजिक भिडियोमा आफैंले अभिनय गरेकी स्मृतिको स्वरसँगै सौन्दर्यको पनि तारिफ गर्नेहरु उत्तिकै...

Read More

ऋचाको बोल्ड एण्ड सेक्सी अन्दाज

काठमाडौं । टुल्केकी फूली अर्थात अभिनेत्री ऋचा शर्मा वास्तविक जीवनमा भने निकै हट एण्ड सेक्सी छिन् । मोडल समेत रहेकी पूर्व भिजे शर्मा फेसनप्रति निकै सचेत अभिनेत्री समेत मानिन्छिन् । तर निकै आशालाग्दा चलचित्रमा भनेजस्तो भूमिका पाए पनि उनले सफलता भने निकै थोरै मात्र पाएकी छिन् । उमा,भिसागर्ल,फष्ट लभ,टलकजंग भर्सेस टुल्के उनका चर्चामा रहेका चलचित्रहरु हुन् । हालै मात्र ऋचाले पुरुषप्रधान पत्रिका द नेपाली म्यानको आगामी अंकको लागि फोटो शुट गराएकी छिन् । यसपटकको फोटो शुटमा उनी अझ बढी बोल्ड एण्ड ब्यूटीफूल अन्दाजमा प्रस्तुत भएकी छिन्...

Read More