Category: फेसन

बिन्दास राष्ट्रपति ट्रम्पको एउटा अनौपचारिक तस्विर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा तस्विर अहिले निकै भाइरल र मजाकको विषय बनेको छ । नुहाइसकेपछि लगाउने कपडा (स्नानवस्त्र) लगाएर खिचेको तस्विर यतिबेला हाँसो र मजाकको विषय बनेको छ । ट्रम्पको यो तस्विरलाई कतिपयले फोटोशपको सहायताले फरक–फरक स्वरुप दिएका छन् । विभिन्न स्वरुप दिइएको राष्ट्रपति डोनाल्ड ट्रम्पको स्नानवस्त्रवाला तस्विरमा बेडमाथि पल्टिएर टेलिभिजन हेर्न लागेकोदेखि रुसी राष्ट्रपति भ्यादिमीर पुटिनको कम्युटर र चस्मामा समेत त्यस तस्विरलाई देख्न सकिन्छ । यस तस्विरलाई लिएर ह्वाइट हाउसका प्रेस सेक्रेटरी शान स्पीयरले असन्तुष्ट व्यक्त गरेका छन् । उनले असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, ‘यो तस्विर केवल एक कल्पना हो । राष्ट्रपतिले कहिल्यै पनि...

Read More

नेपालकी जुनिता मोक्तानले जितिन् अष्ट्रेलियाको व्यूटी पिजेन्ट

मेलबर्न । नेपालकी जुनिता मोक्तानले अष्ट्रेलियाको प्रतिष्ठित पिजेन्ट अफ द वल्र्ड २०१६ को ताज जितेकी छिन् । अष्ट्रेलियाको सिड्नीमा शुक्रवार सम्पन्न प्रतियोगीतामा अन्य मुलुकका प्रतिस्पर्धीहरुलाई पछि पार्दै मोक्तानले ताज जितेकी हुन् । अष्ट्रेलियामा बसोबास गर्दै आएका विभिन्न मुलुकका युवतीहरुले प्रतियोगीतामा भाग लिएका थिए । त्यसक्रममा चीन,पोल्याण्ड,बेल्जियम,अर्मेनिया,रुस,स्लोभाकिय,मेक्सिको,फिलिपिन्स,फ्रान्स,लेबनान,इन्डोनेसिया,मलेसिया,साउथ सुडान,जिम्बावे,लक्जमवर्ग,पाकिस्तान,निदरल्याण्ड लगायतका देशका सुन्दरीहरुलाई पछि पार्दै नेपालकी मोक्तानले ताज जितेकी हुन् । काठमाडौंकी स्थायी बासिन्दा जुनिता ग्यालेक्सी पब्लिक स्कूलबाट अध्ययन गरी उच्च शिक्षा अध्ययनका लागि झण्डै एक दशकदेखि अष्ट्रेलियामा छिन् । यहाँ उनी नर्सिङ क्षेत्रमा कार्यरत रहेकी छिन् । नयाँ नयाँ ठाउँहरु घुम्न र नाच्न मन पराउँने जुनिता यसले आफूलाई खुशी प्राप्त हुने...

Read More

हिमालयन प्रतिभा : फेसन डिजाइनमा भविष्य खोज्दै किशोरी प्रियंका अधिकारी

काठमाडौं । हुने विरुवाको चिल्लो पात भने जस्तै चितवन रत्ननगरकी किशोरी प्रियंका अधिकारीले पनि आफ्नो सिर्जनात्मक भविष्यको छनक देखाएकी छिन् । सिर्जनशील प्रतिभाकी धनी उनी फेसन डिजाइनिङमा रुची राख्दछिन् । उमेरले भर्खरै १७ वर्षमा लाग्दै गरेकी भए पनि उनको फेसन डिजाइनिङमा भने परिपक्वता पाइन्छ । त्यसैले उनी फेसन डिजाइनिङमा भविष्य खोज्ने योजनामा रहेकी छिन् । उनै प्रियंकाले तयार पारेकी केही फेसनका नयाँ डिजाइनहरु यहाँ प्रस्तुत गरेका छौं...

Read More

फेशनमाण्डू २०१६ को लागि १४ मोडलहरु अन्तिम छनौटमा

मेलबर्न । अष्ट्रेलियामा हुने फेशनमाण्डू २०१६ को लागि १४ जना मोडलहरु फाइनल चरणका लागि छनौट भएका छन् । १ सय ३५ जनाले आवेदन दिएकोमा सिड्नीको रकडेलस्थित एभरेष्ट फंक्सन सेन्टरमा भएको अडिसनका लागि ४० जनालाई छनोट गरिएको थियो । अडिसनका लागि बोलाइएका मध्येबाट १४ जनालाई फाईनल चरणका लागि छनोट गरिएको हो । फेशनमाण्डूको आयोजना केगरिरा डटकमले गर्न लागेको हो । अर्को चरणको अडिसन पनि छिट्टै आयोजना गर्ने आयोजकले जनाएको छ । अडिसनमा टप मोडल वल्र्डवाईड २०१५ की फस्र्ट रनर अप सराह जेहान, किरण नेवा र अर्चना थापाको टोलीले सहभागीहरुको विभिन्न दक्षताको परीक्षण गरेको थियो । विशेष गरि उनीहरु बहुसांस्कृतिक कार्यक्रमका...

Read More

नेटबलकी राष्ट्रिय खेलाडी अस्मी श्रेष्ठ कसरी मिस नेपाल बनिन् ? (फोटो फिचर)

काठमाडौं । महिला आरक्षण सम्बन्धी सोधिएको प्रश्नको सटिक जवाफले हिजोसम्म सर्वसाधारणका रुपमा रहेकी काठमाडौंकी अस्मी श्रेष्ठलाई रातारात मुलुकको सेलिब्रेटी बनाइदियो । सेलिब्रेटी पनि त्यस्तो जुन् आम युवतीको सपनाको रुपमा रहने गर्दछ । अर्थात २२ वर्षीया अस्मी श्रेष्ठ यसवर्षको मिस नेपाल घोषित भएकी छिन् । राजधानीको अन्नपूर्ण होटलमा शुक्रवार राति आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन् । मिस नेपाल जित्न भन्दा व्यक्तित्व विकासको प्रशिक्षण लिन मिस नेपाल आएकी उनी उपाधि जित्दा स्तब्ध भएकी थिइन् । मिस नेपालको क्राउन लगाइहँदा उनको आँखाबाट आँसुको धारा रोकिएको थिएन । मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो । खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको...

Read More