Category: पैसा

नेपाली ग्यास बुलेटमा सञ्चालनमा भारतीय अवरोध : व्यवसायीको अर्बौँ लगानी जोखिममा

काठमाडौं । खाना पकाउने ग्यास ढुवानी गर्ने बुलेट सञ्चालनमा भारतले एक वर्षअघि खडा गरेको अवरोध अझै हटाएको छैन । भारतीय बुलेटको सट्टा नेपाली नम्बर प्लेटका बुलेटबाट ढुवानी गर्न ग्यास उद्योगीले नयाँ बुलेट खरिद गरे पनि सञ्चालनमा भारतले व्यवधान खडा गर्दा ती उपयोगविहीन भएका छन् । व्यवसायीको अर्बौं लगानी पनि जोखिममा परेको छ। बुलेट सञ्चालनका लागि भारतले ‘एक्स्प्लोसिभ सेफ्टी सर्टिफिकेट’ नदिँदा व्यवसायीले नेपाली बुलेट तयार भए पनि तिनबाट ढुवानी गर्न नपाएका हुन् । नेपालको सबै कानुनी प्रक्रिया पुर्‍याएर भारतीय दूतावाससमेतको सिफारिसमा अनुमति मागे पनि भारत सरकारले गत वर्ष माघदेखि सर्टिफिकेट नदिएर अड्काएर राखेको छ। प्रधानमन्त्री केपी ओली भएपछि यो समस्या...

Read More

उत्तरगंगा उछिट्याउने खेल

काठमाडौं । देशको चरम ऊर्जा संकट सम्बोधन गर्ने बूढीगण्डकीभन्दा पनि रणनीतिक महत्वको उत्तरगंगा पूर्ण जलाशययुक्त जलविद्युत् आयोजना (८२८ मेगावाट) को लाइसेन्स रद्द गराउन स्वयं विद्युत् प्राधिकरण नै अध्ययन प्रक्रिया रोकेर बसेको पाइएको छ। आगामी असार मसान्तसम्म मात्र सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) को म्याद रहेको उत्तरगंगाको विगत चार महिनादेखि भौगर्भिक अध्ययन (ड्रिलिङ) कार्य प्राधिकरण आफैले रोकेको हो। भौगर्भिक अध्ययन कार्य पूरा नभईकन आयोजनाको सम्भाव्यता अध्ययन पूर्ण नहुने र यो नभईकन ऊर्जा मन्त्रालयले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) दिन मिल्दैन। प्राधिकरणले उसकै निकाय इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गतको माटो ढुंगा प्रयोगशाला र उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाबीच असोज २३ गते आयोजनाको बाँध र विद्युत्गृह क्षेत्रमा ‘जियोटेक्निकल...

Read More

पुँजी नपुर्‍याउने बैंङ्कलाई कारबाही : राष्ट्र बैंङ्क

काठमाडौं । चुक्ता पुँजी आठ अर्ब नपुर्‍याउने बैंक कारबाहीमा पर्ने भएका छन्। राष्ट्र बैंकले निर्धारण गरेको समयसीमाभित्र पनि चुक्ता पुँजी पुर्‍याउन नसक्ने बैंकलाई कारबाहीको दायरामा ल्याउने भएको हो। समयसीमाभित्र चुक्ता पुँजी नपुर्‍याउने बैंक तथा वित्तीय संस्थालाई ऐनमा व्यवस्था गरेअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी पुर्‍याउने समयसीमा गत आवमै सकिएको थियो। राष्ट्र बैंकले लचिलो हुँदै गत आवको लेखा परीक्षणलाई गणना गर्न पाउने सहुलियतपूर्ण व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)ले गत आव सकिएको ६ महिनाभित्र बैंक तथा वित्तीय संस्थाले साधारणसभा गरिसक्नु पर्ने व्यवस्था छ। ‘तर, कतिपय बैंकको...

Read More

ओलीको शपथसँगै उकालो लाग्यो शेयर

काठमाडौं । नया सरकार गठनसँगै शेयरमा सुधार आएको छ । प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष के.पी ओलीले शपथ दिएकै दिन शेयरमा उकाली लागेको छ । लामो समयदेखि घटिरहेको शेयर विहीबार अप्रत्याशित रुपमा उच्च अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुमा रहेको शेयर विहीबार एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७।७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १६५ कम्पनीको १५ लाख छ हजार ६३४ कित्ता शेयर रु ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद बिक्री भएको हो । अधिकांश परिसूचक उकालो...

Read More

तत्काल खर्चको लागि प्रदेशमा पुग्यो १ अर्ब १९ करोड

काठमाडौं । सरकारले प्रदेशमा तत्कालको खर्च सञ्चालन गर्न १ अर्ब १९ करोड रुपैयाँ पठाएको छ । सात प्रदेशमा १७ करोड रुपैयाँका दरले रकम पठाईएको हो । प्रदेशमा प्रदेशप्रखुम, मुख्यमन्त्री, प्रदेश सभामुखसहित अन्य पदाधिकारी तथा कर्मचारीको तलबभत्ता र अन्य भईपरी आउने खर्चका लागि रकम पठाईएको अर्थ मन्त्रालयले जनाएको छ । प्रदेशप्रमुखको कार्यलयमा २ करोडका दरले १४ करोड, प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा ५ करोडका दरले ३५ करोड र प्रदेशसभामा १० करोडका दरले ७० करोड रुपैयाँ पठाएको हो...

Read More