Category: परिकार

च्याउको सेकुवा

आवश्यक सामग्री : डल्ले च्याउ १२ वटा काजु १०० ग्राम दूध एक कप चिज ५० ग्राम अलैंचीको धूलो एक चम्चा ग्रीन चिल्ली पेष्ट एक चम्चा नुन स्वाद अनुसार बनाउने तरीका : च्याउको डाँठ निकाल्ने। निकालेको डाँठको किमा बनाएर चिज, नुन, अलैंचीको धूलो, हरियो खुर्सानीको पेष्टमा मिलाउने। त्यो मिक्स्चरलाई डाँठ झिकिएको च्याउभित्र राख्ने। केही समय दूधमा भिजाएको काजु पिसेर ह्वाइट सस बनाउने। डाँठ झिकिएका दुइटा च्याउ जोडेर ह्वाइट ससमा डुबाउने। अब च्याउको बीचबाट सिन्को उनेर १०–१५ मिनेट तन्दुरीमा राखेपछि सबनम कि मोती तयार हुन्छ। यसमा चाट मसला, चिज आदि राखेर...

Read More

यसरी तयार पारौं कुखुराको मासुका परिकार !

परिकार डेस्क । खाना भन्दा भोक मीठो भनिन्छ । तर कहिले काही खाना र परिकार यति मिठो भैदिन्छ कि पेट त भरिन्छ तर मन भरिदैन । हामीले सधै पकाउंदै आएको खानेकुरालाई पनि अलिकति मिहिनेत र आइडिया लगायौं भने हाम्रो घरमै होटल वा रेस्टुराँमा उपलब्ध हुने जस्तै परिकार पकाउन सकिन्छ । त्यसैले यसपटकको ‘परिकार’मा कुखुराको मासुका केहि परिकार पकाउने विधि प्रस्तुत छ । चिकन डन्डी : सामग्री : कुखुराको पखेटा १६ वटा, एक चियाचम्चा अजिनोमोटो, आधा चियाचम्चा मरिचको धूलो, दुईवटा अण्डा, १ सय ग्राम मैदा, ५० ग्राम कर्नफ्लोर, दुई ठूलो चम्चा सुकेकोरातो खुर्सानीको धूलो, तार्नका लागि आवश्यकताअनुसार तेल, नून स्वादअनुसार...

Read More

खुर्सानीबाट दीर्घजीवन पाइन्छ ।

काठमाडौं । तपाई पीरो खान रुचाउँनुहुन्छ ? त्यसो हो भने खुशी मान्नुहोस् । किनकि तपाई दीर्घायु जीवन जीउँदै हुनुहुन्छ । अर्थात पीरो खानेकुराले दीर्घायु हुने एक अध्ययनले देखाएको छ । चीनमा गरिएको एक शोध अध्ययनले खानामा खुर्सानीयुक्त मसला प्रयोग गर्नाले आयु बढ्ने गर्दछ । यसका लागि विशेषज्ञहरुले ३० देखि ७९ वर्ष उमेर समूहका करिब पाँच लाख चीनियाँ नागरिकहरुमाथि यस्तो अध्धयन गरिएको थियो । अध्ययनको निष्कर्षमा खुर्सानीको सेवनले शरीरमा बढेको अनावश्यक बोसो घटेको पाइएको थियो । यसले मोटोपन,मधुमेह र हृदयघातमा समेत कमी आएको पाइएको थियो । पित्त रोगबाट छुटकरा मिल्छ : आयुर्वेद विशेषज्ञहरुका अनुसार नियमित खुर्सानी सेवनले शरीरमा गर्मी बढाउँन...

Read More

अम्बाको अचार कसरी बनाउँने ?

अहिले बजारमा विस्तारै अम्बा देखिन थालेको छ । अर्थात अम्बाको सिजन शुरु भएको छ । हुन त अम्बा आफैंमा स्वादिलो र भिटानमिनयुक्त फलफूल हो । तर अम्बाबाट पनि जिब्रो फट्काउँने अचार बनाउँन सकिन्छ भन्ने चाहिं थोरैलाई मात्र थाहा होला । त्यसैले अम्बाको अचार बनाउँने विधि यहाँ प्रस्तुत गरिएको छ । सामग्री : अम्बा –१ कागती – १ नून – स्वादासानुर विरे नून– सानो डेढ चम्चा हरियो खुर्सानी–२ मरिच – ५ देखि ६ दाना जÞीरा – १ चम्चा पिधेंको हरियो धनिया – आधा सानो कचौरा अदुवा – १ इंच विधिः सबैभन्दा पहिले अम्बा ,हरियो खुरर्सानी,हरियो धनियाँ र अदुवालाई राम्ररी पखाल्ने...

Read More

यसरी पकाउनुहोस : कुखुराको झोलसँग च्याउ

सामग्री ३ टेबुल चम्चा तेल ३ टेबुल चम्चा अदुवा लसुन, खुर्सानी र बेसारको पेस्ट, २ वटा मसिनो गरी काटिएको प्याज ३ पिस कुखुराकाको छातीको मासु २ सय ५० ग्राम डल्ले च्याउ आधा कप  चिकेन स्टक २ सय ग्राम गोलभेंडा नरिवलको तेल २ चम्चा विधि तेल तताएर प्याज तथा करी पेस्ट हाली भुट्ने । त्यसमा गोलभेंडा हालेको ३ मिनेटपछि कुखुराको मासु हाली सुख्खा नभएसम्म अर्थात् खैरो हुन्जेल पकाउने  । बीचमा नुन र मरिचको धूलो हाल्ने । त्यसमा च्याउ पनि हाली २ मिनेट पकाउने । अन्त्यमा चिकेन स्टक र नरिवलको तेल हालेर २५ मिनेट पकाउने...

Read More