Category: परिकार

गरिबले सित्तैमा खान पाउने रेष्टुरेण्ट

एजेन्सी । गरिव होस् वा धनी खानाका लागी सबैले पैसा तिर्नै पर्छ । तर क्यानडामा एउटा यस्तो रेष्टुरेण्ट छ जहाँ गरिबले सित्तैमा खान पाउँछन् । क्यानडामा रहेको यो रेष्टुरेण्ट भारतीय ब्यापारीले संचालन गरेका हुन् । इण्डियन फ्युजन नाम गरेको यो रेष्टुरेण्टमा गरिबहरुलाई सामान्य खाना नभई स्पेशल खाना खुवाइन्छ । समाचार स्रोतहरुका अनुसार यो रेष्टुरामा गरिबहरुको रोजाइ अनुसारकै खाना खुवाइन्छ । भारतीय मूलका प्रकाश छिब्बरले चलाउँदै आएको यो रेष्टुरामा गरिब र मजदुरलाई सित्तैमा खुवाउन पाएको अवसरलाई उनले आँफुले असहायलाई सहयोग गर्न पाउनु अहोभाग्य भएको बताउँछन् । उनले गरिबहरुलाई खाना मात्रै नदिएर उनीहरुलाई भेज वा ननभेज जे माग्छन् त्यो अनुसारको सुविधा...

Read More

यसरी बनाऔं घरमै ‘ब्रेड र बटर पुडिङ ‘

विहान के ब्रेकफास्ट खाने भन्ने सोंचमा हुनुहुन्छ ? कहिलेकाहीं अलि विशेष स्वादको केही खान पाए त्यही पनि आफैले घरमा बनाएर कति मज्जा हुन्थ्यो होला भन्ने पनि लाग्दो हो । त्यसो भए आउँनुहोस् यसपटक घरमै ब्रेड र बटर पुडिङ बनाएर खाऔं । आवश्यक सामग्री : ८ पिस पाउरोटी १ लिटर दूध २ सय ग्राम चिनी २ चम्चा बटर ६ वटा अण्डा २ थोपा भेनिला एसेन्स इच्छाअनुसार ड्राइफ्रुटहरू बनाउँने विधि : चाहिए जति ब्रेड लिएर पातलो गरी काट्ने र भाँडोमा राखेर बेस बनाउने । त्यसपछि दूधमा चिनी, अण्डा र भेनिला एसेन्स हालेर फिट्ने । सबै चीज मिसाइएको दूधलाई भाँडामा राखिएको ब्रेडमाथि...

Read More

पोर्कको अचार बनाउँने विधि

आवश्यक सामाग्री पोर्क : आधा केजी कागती : एउटा धनियाँ : एक मुठा नुन : स्वादअनुसार लसुन : आधा पाउ खुर्सानी : ४–५ वटा टमाटर : ३ वटा विधि पोर्कलाई कम पानीमा नुन हालेर उसिन्ने । आफ्नो साइजअनुसार तावामा रातो हुने गरी फ्राई गर्ने । त्यसपछि पेस्टका लागि तेलमा लसुन फुराउने, टमाटर–खुर्सानी हालेर पकाउने । पानी सुकेपछि निकाल्ने र सेलाएपछि पेस्ट बनाउने । फ्राई गरिएको पोर्कलाई पेस्टमा हाल्ने र मिक्स गर्ने । त्यसपछि कागती निचोरी धनियाँ हालेर सर्भ गर्ने...

Read More

नेपाली खानाका सौखिनका लागि गोर्खाको अनलिमिटेड प्याकेज

मेलबर्न । तातो दाल, तातै भात अनि सिजन अनुसारका तरकारी । त्यसमाथि गुन्द्रुक,भटमास साँधेको अचार । अनि राजाइ अनुसारको मासुको झोलयुक्त परिकार । अझ बास्नादार देशी घ्यू । यही हो नेपाली खानाको परिकार,जुन सम्झिदै भोक लागेको अनुभव हुन थाल्छ । हुन पनि ग्वाम ग्वाम हातैले नेपाली खाना खानुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले विदेश आउँने नेपालीहरुले सबैभन्दा बढी मिस गर्ने कुरा नै नेपाली खाना हुने गरेको छ । तर अब अष्ट्रेलियाको सिड्नीमा तपाई हुनुहुन्छ भने तपाईले नेपाली खानालाई मिस गर्नुपर्दैन । अलिकति फुर्सद निकालेर गोर्खा ब्रुन्सवीक रेष्टुराँमा जानु भए तातो नेपाली खानाका परिकार तपाईको टेबुलमा आइपुग्छ । अनि...

Read More

चाकु जस्तै मीठो टोखाको ऐतिहासिक चाकुको कथा

विशेष संवाददाता । काठमाडौं उपत्यकाको प्राचीन शहर मध्येको एक टोखाको आफ्नै शालिन इतिहास छ । अझै पनि आफ्नो इतिहासलाई जीवन्त राख्न सफल टोखाले पुरानो परिचय गुम्न नदिन भरथेग मेहनत पनि गरिरहेकै छ । धार्मिक तथा सांस्कृतिकरुपमा धनी टोखाको अर्को परिचय हो चाकु । यो गुलियो चाकु भित्र टोखाको विशिष्ठताको पनि झल्को पाइन्छ । माघे संक्रान्ति नजिकिदै गर्दा काठमाण्डौ टोखाका उद्योगहरुलाई चाकुु बनाउन भ्याइनभ्याई छ । काठमाण्डौको उत्तरी क्षेत्रमा अवस्थित टोखा चाकु उत्पादनका लागि प्रख्यात छ । मंसिर लागेसँगै वजारमा चाकुको माग वढने भएकाले टोखाका चाकु उद्योगहरुको व्यस्तता पनि बढ्दै आएको छ । माघे संक्रान्तिलाई लक्षित गरि वनाइने चाकुको लागि...

Read More