Category: परिकार

यसरी तयार हुन्छ पाइनापल लेमनेड जुस

मेलबर्न । अष्ट्रेलियामा विस्तारै गर्मी याम शुरु हुँदैछ । गर्मीमा चीसो जुस पिउनुको मज्जा बेग्लै हुन्छ । त्यसमाथि आफैंले घरमा तयार पारेको जुस स्वास्थ्य र स्वाद दुवै दृष्टिकोणले उपर्युक्त हुन्छ । त्यसैले यसपटक परिकारमा पाइनापल लेमनेड जुस तयार पार्ने विधिबारे जानकारी प्रस्तुत गरेका छौं । आवश्यक सामग्री : पाइनापल जुस ४० मिलिलिटर अरेन्ज जुस ४० मिलिलिटर सुगर सिरप १० मिलिलिटर सोडावाटर आधा लिटर आइसक्युब ६ टुक्रा । तयार पार्ने विधि : एउटा ठूलो गिलासमा जुस तथा सुगर सिरप राखेर माथिबाट सोडावाटर हाल्ने । आइसक्युबलाई ब्लेन्ड गर्ने...

Read More

दशैंमा यस्तो खानाबाट रहौं टाढा !

काठमाडौं । दशैंमा नचाहँदा नचाँहदै जो कोहीले पनि खानपिनमा हेलचेक्र्याइँ गर्न सक्छ । दशैंमा सम्भवत सबैको भन्सामा मासुका परिकारहरु मुख्य हुनेगर्छ । विजया दशमी ‘मिठो खाने, राम्रो लाउने’ पर्वको रुपमा पनि लिने गरिएको छ । दशैंमा माछा, मासु, मिठाइ, चिल्लो, पिरो, अमिलो खाने गरिन्छ । यस्ता खानाले स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्नेमा हामीले सचेतता अपनाउनु पर्ने हुन्छ । चिल्लो र बोसोदार खानेकुराबाट बच्न चिकित्सकको पनि सुझाव छ । चाडपर्वमा खानालाई बढी महत्वको रुपमा लिने गरिन्छ । पहिले–पहिले मीठोमसिनो खानका लागि दशैं पर्खिएर बस्नु पथ्र्यो । आजभोलि हुने खानेहरुले हरेक दिनजस्तो मासु लगायत मीठोमसिनो खाइरहेका हुन्छन् । खासगरी खसीको मासु स्वास्थ्यका...

Read More

घरमै बनाऔं फापरको ढिडो

जीवनशैली डेस्क । नेपाली जिब्रो न हो विश्वका जुनसुकै कुनामा पुगेपनि नेपाली स्वादको तिर्सना भइरहन्छ । अझ विदेशमा हुनेले त सबैभन्दा बढी मिस गर्ने भनेकै नेपाली परिकार हुन् । त्यसैमध्येमा पर्छ फापरको ढिडो । पछिल्लो समय नेपाली परिकार मध्ये फापरको ढिडो खाने ठूलो जमात थकाली भोजनालयहरुमा भेटिन्छन् । विदेशमा सञ्चालनमा रहेका नेपाली रेष्टुराँहरुमा पनि फापरको ढिडोको खूब माग हुने गर्दछ । विभिन्न रोगका लागि पनि फाईदाजनक ढिडो सामान्य तरिकाले आफ्नै घरमा पकाउँन सकिन्छ । सामग्री पानी १ लिटर २०० ग्राम फापरको पिठो २० मिलिलिटर शुद्ध घिउ पकाउने विधि – गहिरो भाडामा पानी राखी आगोमा तताउने (कसौडी भए बेस) –...

Read More

खसीका मासुका थरिथरिका परिकार बनाउने विधि

साँधेको कलेजो सामग्री : खसीको सिंगो कलेजो, १ सय ग्राम लसुन र अदुवाको पेस्ट, दुई चियाचम्चा धनियाँको धूलो, आधा कप धनियाँको पात, केही हरियो खुर्सानी -मसिनो गरी काटिएको), रातो खुर्सानीको धूलो स्वादअनुसार, तोरीको तेल झान्नका लागि, नुन स्वादअनुसार । विधि : सबै भन्दा पहिले पानी उमाल्ने । त्यसमा सिंगो कलेजो डुबाएर आधा घण्टासम्म छोपेर राख्ने । त्यसपछि बाहिर पाकेको र भित्र काँचो कलेजो पर्ने गरी टुक्रा पार्ने । अब त्यसमा तेलबाहेक सबै मसला हालेर मोल्ने । आधा घण्टापछि तेलमा मेथी फुराएर झान्ने । धनियाँको पातले सजाएर सर्व गर्ने । यो परिकारलाई डि्रंक्ससँग स्न्याक्सका रूपमा सर्व गर्न सकिन्छ । साँधेको टाउको सामग्री...

Read More

यसरि बनाउनुहोस् च्याउको सेकुवा

आवश्यक सामग्री : डल्ले च्याउ १२ वटा काजु १०० ग्राम दूध एक कप चिज ५० ग्राम अलैंचीको धूलो एक चम्चा ग्रीन चिल्ली पेष्ट एक चम्चा नुन स्वाद अनुसार बनाउने तरीका : च्याउको डाँठ निकाल्ने। निकालेको डाँठको किमा बनाएर चिज, नुन, अलैंचीको धूलो, हरियो खुर्सानीको पेष्टमा मिलाउने। त्यो मिक्स्चरलाई डाँठ झिकिएको च्याउभित्र राख्ने। केही समय दूधमा भिजाएको काजु पिसेर ह्वाइट सस बनाउने। डाँठ झिकिएका दुइटा च्याउ जोडेर ह्वाइट ससमा डुबाउने। अब च्याउको बीचबाट सिन्को उनेर १०–१५ मिनेट तन्दुरीमा राखेपछि सबनम कि मोती तयार हुन्छ। यसमा चाट मसला, चिज आदि राखेर...

Read More