Category: परिकार

घरमै यसरि बनाउन सकिन्छ सोनपापडी ( भिडियो )

काठमाडौं । सोनपापडी मैदा र बेसनको मिश्रणले बन्छ । सोनपापडी बनाउनको लागि जति बेसन लिइन्छ, त्यसको आधा मैदा लिनुपर्छ । सोनपापडी बनाउनको लागि घ्युको आवश्यकता पर्छ । यसमा तेलको प्रयोग गर्नु हुँदैन । सोनपापडी बनाउन सुरु गर्दा एउटा भाँडोमा घ्यु तताउनुपर्छ । घ्यु राख्दा बेसन र मैदाको राम्रो मिश्रण हुनेजति धेरै घ्यु राख्नुपर्छ ।  त्यसपछि त्यसमा बेसन र मैदा राख्नुपर्छ ।  अब बेसन र मैदालाई राम्रोसंग चलाउँदै पकाउनुपर्छ । बेसनको रंग परिवर्तन नहुन्जेल पकाउनुपर्छ । बेसनको रंग परिवर्तन भएर उक्त मिश्रणबाट वासना आउन थालेपछि पाकेको मानिन्छ । सोनपापडी बनाउनको लागि चास्नी अर्थात चिनी पानी बनाउनुपर्छ । चिनी पानी केही छिन उमालेपछि...

Read More

यसरि बनाउनुहोस् चटपटे मसला भिंडी (भिडियो )

काठमाडौं । तरकारी मध्येमा भिंडी धेरै जसोले मन पराउने तरकारी हो । भिंडीलाई अचारको रुपमा र तरकारीको रुपमा पनि फरक फरक तरिकाले पकाउन सकिन्छ । यदि भिंडीलाई अमिलो, पिरो, ग्रेभी अर्थात चटपटेको स्वादमा खान चाहनुहुन्छ भने यसलाई सजिलो तरिकाले घरमा बनाउन सक्नुहुन्छ । आवश्यक सामग्री : भिंडी, दही, तेल, जिरा, नुन, बेसार, हिङ्ग अदुवा, खुर्सानी, धनियाँ, लसुन, प्याज, टमाटर, कागती विधी : एउटा भाँडोमा तेल तताउनुहोस् र त्यसमा प्याज फ्राई गर्नुहोस् । प्याज फ्राई भएपछि भिंडी राखेर चलाउनुहोस् । अब भिंडीलाई एउटा कचौरामा निकाल्नुहोस् । भिंडी फ्राई गरेको भाँडोमा फेरी तेल तताएर राख्नुहोस् । त्यसमा जिरा, हिङ्ग र अदुवा,...

Read More

घरमै यति सजिलो तरिकाले बनाउन सकिन्छ जेरी

काठमाडौं । नेपाली तथा भारतीय परिकारमा मिठाइहरुलाई महत्व दिइन्छ । मिठाइहरु मध्ये जेरी ( जलेबी ) धेरैले मन पराउने परिकार हो । जेरी खाँदा जति मिठो छ, बनाउनको लागि त्यति नै सजिलो छ । आवश्यक सामग्री : चिनी, मैदा, बेकिंग पाउडर बेसार वा फुड कलर, तेल, दही   विधी : एउटा भाँडोमा पानी राख्नुहोस् र त्यसमा चिनी राखेर उमाल्नुहोस् । चिनी पानी बाक्लो हुनेगरि उमाल्नुहोस् । अब एउटा भाँडोमा मैदा, बेकिंग पाउडर, दही राख्नुहोस र त्यसमा पानी राखेर मुछ्नुहोस् । जेरीमा रंग आओस भन्नका लागि फुड कलर वा थोरै मात्र बेसर राख्नुहोस् । कराईमा तेल वा घ्यु बसाल्नुहोस् ।...

Read More

घरमै यसरि बनाउनुहोस् नेवारी खाजा

काठमाडौं । नेवारी खाजा नेवार जातीमा मात्र नभएर अहिले सबै जातीमा प्रिय बनेको छ। रेष्टुरेन्टको मेनुमा समेत नेवारी खाजा पाउन सकिन्छ । नेवारी खाजा ‘समयबजी’ विशेष गरि इन्द्रजात्राको दिनमा बनाइने विशेष परिकार हो  । तर, यसलाई हरेक जसो भोजमा बनाउने र सबैलाई बाँड्ने चलन बढिरहेको छ । यस परिकारलाई विभिन्न अर्थ राखेर तयार गरिएको हुन्छ , जस्तै : राम्रो भाग्यको लागि, स्वास्थ्यको लागि, लामो आयूको लागि र प्रगतीको लागि । यस परिकारमा विभिन्न परिकारहरु एक ठाउँमा तयार गरिन्छ, जस्तै : अचार, मासु, गेडागुडी, चिउरा आदि । सुरुमा गाँजर, आलु र केराउ मिलाएर अचार तयार गर्नुपर्छ । अचार बनाइसकेपछि उसिनेको...

Read More

यसरि बनाउन सकिन्छ खाँदेको स्वादिष्ट मुलाको अचार ( भिडियो )

काठमाडौं । नेपाली भान्सामा अचार महत्वपूर्ण परिकार मानिन्छ । दैनिक जीवनको खानपान लगायत भोज भतेरमा समेत अचारको छुट्टै महत्व हुन्छ । अचारले संगै खाइरहेको परिकारमा नयाँ स्वाद थपिदिन्छ । मासु, तरकारी तथा फलफूलबाट पनि अचार बनाउन सकिन्छ । अचार एउटा ताजा हुन्छ भने अर्को बोतलमा केही समय आगाडी बनाएर राखिएको हुन्छ, जसलाई खाँदेको अचार भनिन्छ । खाँदेको मुलाको अचार बनाउनको लागि आवश्यक सामग्री बोक्रा नखुर्किएको मुला तेल, बेसार, रातो खुर्सानीको धुलो, नुन लसुन, हरियो खुर्सानी, जिरा, तोरी   विधि मुलालाई लाम्चो आकारमा काट्नुपर्छ । मुला काटेपछि त्यसलाई घाममा सुकाउने । मुला माथि खुर्सानी राख्ने र त्यसमा लसुन पनि राखेर...

Read More