Category: परिकार

फापरको ढिडो यसरी पकाउनुहोस

नेपाली ढिडोको छुट्टै महत्व र शान छ,नेपाली रेष्टुराहरुमा । नेपाल भित्र मात्र होइन नेपाल बाहिर पनि कुनै समय गरीव नेपालीको खानाको रूपमा अपहेलित नेपाली ढिडोले शानको खानाको रूपमा इज्जत पाउन थालेको छ । यसैक्रममा अष्ट्रेलियामा पनि नेपाली ढिडो लोकप्रिय खाना बन्दैछ । एक त नेपालको ज्यादैं मौलिक खाना, दोस्रो स्वास्थ्यबर्धक, त्यसकारण अहिले अस्ट्रेलियामा रहेका नेपाली रेस्टुरेन्टहरुले पनि ज्यादैं महत्वका साथ यो परिकार आफ्नो मेनुमा राख्न थालेका छन् । अष्ट्रेलियामाको सिड्नीको प्रमुख केन्द्र सिड्नी सिटीमा थकाली परिकार भित्रयाउने ‘मुग्लान नेपाली रेस्टुरेन्ट’का मुख्य सेफ एवं सञ्चालक आशिष थकाली भन्छन्, ‘हामी यहि ढिडो खाएर हुर्कियौं । साथै यो हाम्रो आफ्नो थकाली परिकारको...

Read More

माघेसंक्रान्ति विशेष परिकार चाकुको ऐतिहासिक कथा

काठमाडौं । काठमाडौं उपत्यकाको प्राचीन शहर मध्येको एक टोखाको आफ्नै शालिन इतिहास छ । अझै पनि आफ्नो इतिहासलाई जीवन्त राख्न सफल टोखाले पुरानो परिचय गुम्न नदिन भरथेग मेहनत पनि गरिरहेकै छ । धार्मिक तथा सांस्कृतिकरुपमा धनी टोखाको अर्को परिचय हो चाकु । यो गुलियो चाकु भित्र टोखाको विशिष्ठताको पनि झल्को पाइन्छ । माघे संक्रान्ति नजिकिदै गर्दा काठमाण्डौ टोखाका उद्योगहरुलाई चाकुु बनाउन भ्याइनभ्याई छ । काठमाण्डौको उत्तरी क्षेत्रमा अवस्थित टोखा चाकु उत्पादनका लागि प्रख्यात छ । मंसिर लागेसँगै वजारमा चाकुको माग वढने भएकाले टोखाका चाकु उद्योगहरुको व्यस्तता पनि बढ्दै आएको छ । माघे संक्रान्तिलाई लक्षित गरि वनाइने चाकुको लागि कच्चा...

Read More

यसरी बनाउन सकिन्छ स्वादिलो ‘पोलेको माछा’

हामीले दैनिक खाँदै आएको खानेकुरा पनि अलिकति मिहिनेत गरी आइडिया लगाएर पकायौं भने त्यसबाट फरक परिकार तयार पार्न सक्छौं । त्यस्ता परिकार स्वादिलो मात्र होइन स्वास्थ्यका लागि पौष्टिक पनि हुन्छन् । यसपटक परिकारमा हामीले पोलेको माछा कसरी तयार पार्ने भन्नेबारेमा जानकारी दिदैछौं । सामग्री : माछा : १ केजी सोया सस : १५ मिलिलिटर अदुवा र लसुनको पेस्ट : ३ चम्चा कागतीको रस : १ चम्चा नुन : स्वादअनुसार तोरीको तेल : ४ मिलिलिटर जिराको धूलो : १ चम्चा बिरेनुन : आधा चम्चा । विधि : सिङ्गो माछालाई सोया सस, अदुवा र लसुनको पेस्ट तथा नुन र तोरीको तेल...

Read More

यसरी तयार पार्नुहोस् चिकेन साँधेको

काठमाडौं । चिकेन विश्वमा धेरैले रुचाउँने र सबै ठाउँमा पाइने मासु हो । रातो मासुको तुलनामा चिकेन स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको पोषणविद्दहरु बताउँछन् । आ आफ्नो स्वाद र शिल्पी अनुसार चिकेनका विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । अधिकांश नेपालीहरुलाई चिल्लो र पिरो मनपर्छ । त्यसैले अचार वा साँधेको खानेकुरा खूबै मीठो लाग्छ । खाजा र ड्रिङक्स गर्नेका लागि अझ उपर्युक्त मानिन्छ साँधेका खानेकुराहरु । त्यसैले यसपटक हामी चिकेन साँधेको परिकार तयार पार्ने विधिबारे उल्लेख गर्दैछौं । तपाई अष्ट्रेलिया,जापान वा अमेरिका जहाँ बसे पनि आफैंले थौरै मिहिनेत गरेर टिपिकल नेपाली स्वादको जिब्रोमै ट्वाक्क लाग्ने पीरो चिकेन साँधेको बनाएर आफैं खान...

Read More

कसरि बनाइन्छ योमरी ? (भिडियो सहित )

काठमाडौँ । यसै त नेवारी परिकारहरु निकै लोकप्रिय छन् झन् त्यसमाथि चाडपर्व विशेषका नेवारी परिकारका विशेषता अझै छन् । त्यसैले आज योमरी पूर्णिमाका दिन विशेष परिकार योमरी कसरी घरमै तयार पार्न सकिन्छ ? भन्नेबारे जानकारी प्रस्तुत गर्दैछौं । योमरी बनाउने विधि : योमरी बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेवार भाषा/नेपाल भाषामा पो/प्व भनिन्छ । चामलको पिठो पोचुं। चुं भन्नु चूर्ण अनुकण । चामल लस्सादार हुनुपर्छ । पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचुन चामलले लिएको छ। अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछिन्छ पोचुं । मस्केर...

Read More