Category: नेपाल खबर

शनिबार राति गए भूकम्पका दुईवटा धक्का

काठमाडौँ । शनिबार राति गोरखा, धादिङ र दैलेखमा दुईवटा भूकम्पको धक्का महसुुस भएको छ । दैलेखमा शनिबार राति १० बजेर २० मिनेटमा ४ म्याग्निच्यूडको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दैलेखको भवानी गाउँलाई केन्द्रबिन्दु बनाएर गएको यो भूकम्पको धक्का दैलेखका ग्रामीण इलाका, सुर्खेत र नजिकका अन्य जिल्लामा पनि महसुस भएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । शनिबारै राति गोरखा र धादिङको सिमानालाई केन्द्रविन्दु बनाएर परकम्प गएको छ ।शनिवार राति ९ बजरे ३२ मिनेटमा गोरखा र धादिङको सिमानालाई केन्द्रविन्दु बनाएर ३ दशमलव ८ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

Read More

आज राजधानीका विभिन्न ठाउँमा लोडसेडिङ हुने

काठमाडौं । सडक विस्तार र मोलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले आइतबार राजधानीका विभिन्न क्षेत्रमा विद्युत् कटौती हुने भएको छ । नेपाल समाचारपत्रमा समाचार छ । नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका अनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युतभार कटौती गर्न लागिएको हो । केन्द्रका अनुसार नयाँ चाबाहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडर अन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घण्टा विद्युत् कटौती हुनेछ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

सहिदको सालिक अनावरणमा आमा नै नजाने !

वीरगन्ज । मधेस आन्दोलनका क्रममा संविधान जारी भएका दिन वीरगन्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका पर्साको पकाहा मैनपुरका सहिद सत्रुधन पटेलको शनिबार हुने सालिक अनावरण कार्यक्रममा सहिद पटेलकै आमा सहभागी नहुने हुनु भएको छ । पकाहा मैनपुरमा निर्माण गरिएको सहिद पटेलको सालिकको राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले शनिबार अनावरण गर्ने कार्यक्रम छ । तर, पटेलकै आमा कुस्मी देवीले भने सालिक अनावरण कार्यक्रममा आफू सरिक नहुने बताउनु भएको छ । सहिद पटेलकी आमा कुस्मी देवीले कुनै एउटा दलले आफूसंग सल्लाह नै नगरी आफनो राजीखुशीले सालिक बनाएको र कार्यक्रममा सबै मधेसी दलका नेता नआउने भएकाले आफू उक्त कार्यक्रममा नजाने...

Read More

प्लाष्टिकको चामल नभेटिएको पुष्टि !

काठमाडौं । काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा प्लाष्टिकको चामल नभएको पुष्टि भएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको हो । काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको थियो । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको लङ ग्रेन चामल पाँच सय बोरा थिए । प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा खानका लागि भन्दै शेरचनको गोदामबाट चामल ल्याइएको थियो । तर पकाएर...

Read More

यी साहसी छोरीहरू !

काठमाडौं । लीलाको घर दाङ जिल्ला हो । आमा दुई वर्षको हुँदा नै बितेपछि उहाँलाई बुबाले मामाघरमा लगेर छाडिदिनुभयो । तर, लीलालाई त्यहाँ बस्न मन लागेन । सामान्य अक्षर मात्र चिन्न सक्ने लीला रोजगारी खोज्दै मीठो सपना बोकेर काठमाडौं छिर्नुभयो । काठमाडौंको एउटा दोहोरीसाँझमा बाजा बजाउने काममा लाग्नुभयो । तर, छोरी नामक संस्थाको सम्पर्कमा आएपछि उहाँको जीवनशैली नै फेरियो । उहाँ गायिकाका रूपमा काम गर्दै हुनुहुन्छ अहिले । पहिला केही आवाज उठाउन नसक्ने हिंसा र शोषण भएको खण्डमा चुपचाप बस्ने भए पनि यतिबेला कार्यालयमा हुने हिंसा र शोषणको प्रतिकार गर्न सक्ने हुनुभएको छ । लीलाको जस्तै कथा छ लमजुङको अमृताको...

Read More