Category: नेपाल खबर

वडाध्यक्षलाई दोहोरो जिम्मेवारी हुने

काठमाडौं । नव निर्वाचित गाउँपालिका र नगरपालिका वडाध्यक्षलाई दोहोरो जिम्मेवारी हुने भएको छ । वडाध्यक्षले आफ्नै वडामा बसेर नियमित कार्य सम्पादन गर्नुपर्ने र नगर र गाउँकार्यापालिकामा पनि विभागको जिम्मेवारी हुने भएकाले वडाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको हो ।  वडाध्यक्षको नियमित काम अन्तर्गत सिफारिको काम (नाता प्रमामित, नागरिकता, जग्गा) पञ्जिकरण (जन्म, मृत्यु, बिवाह, बसाईसराई र सम्बन्ध विच्छेद) त्यस्तै विकास सम्बन्धि योजना निर्माण र कार्यान्वयन गर्ने काम वडाबाट गर्नुपर्ने हुन्छ । त्यस्तै वडाध्यक्ष नगरकार्यापालिकाको सदस्य रहने र उक्त नगरकार्यापालिकाको विभाग हुने र उक्त विभागको प्रमुख वडाध्यक्ष रहने भएकाले वडाध्यक्षलाई दोहोरो जिम्मेवारी पर्ने भएको हो । संघीय मामिला तथा स्थानीय विकास...

Read More

दुलहीको अनुहार मन नपरेपछि बिहेको भोलिपल्ट सम्बन्धविच्छेद

वीरगन्ज  । बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् । मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक (मुस्लिम परम्पराअनुसार सम्बन्ध–विच्छेद) गरेका थिए । मुस्लिम समुदायमा तीनपटक तलाक भनेपछि सम्बन्ध–विच्छेद हुने धार्मिक कानुन छ । भारतमा सो कानुनलाई लिएर अहिले चर्को बहस भइरहेको छ । दुलाहासहित जन्ती गाउँलेको कब्जामा विवाह गरिसकेपछि दुलही नलैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन् ।...

Read More

महानगरको मतपरिणाम भोली आउने

काठमाडौं । पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणम आउने क्रम अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरमा बिहीबार रातिसम्म ३२ बडा मध्ये तीन वटा वडाको मात्रै मत गणना बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार १३ वटा वडामा एमालेले विजयी हासिल गरेको छ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

अमेरिकाको ग्रिनकार्ड छाडेर गाउँपालिका प्रमुख

सिन्धुलीपाल्चोक। सिन्धुलीपाल्चोकको स्थानीय तह निर्वाचनपछि ईन्द्रवती गाउँपालिकाको सर्वत्र चर्चा छ । एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाललाई हराएका बंशवाल तामाङ् दसबर्षे अमेरिकी बसाईपछि गाउँ फर्किएका हुन् । चुनावमअघि ग्रिनकार्ड त्याग्दै एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि उनी चर्चामा आएका हुन् । ५३६५ भोट ल्याका तामाङ दुई सय मतान्तरले जिवयी भएका हुन् । नेपालले ५१६५ मत ल्याएका थिए । उनी दुईबर्ष अघि २०७२ फागुनमा सम्पन्न कांग्रेस १३ औँ महाधिवेशनको बेला स्वदेश फकिएका थिए । जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिधिमा विजयी भएर उनी फेरि अमेरिकातिरै लागेका थिए । २०३६ सालमा राजनीतिक थालेका उनी २०४२ को सत्याग्रह आन्दोलनमा...

Read More

सुनकोसीमा बगेर बालक बेपत्ता

सिन्धुली  । सुनकोसी खोलामा बगेर बुधबार एक बालक बेपत्ता भएका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका  ३,  गुस बजार निवासी कुमार गिरीको ११ बर्षका छोरा राज कुमार गिरी सुनकोसी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । बिहान स्कुल गएका बालक साथीहरुसगँ पौडी खेल्न समयमा नदिमा डुबेको प्रहरीले जनाएको छ ।  बेपत्ता बालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More