Category: नेपाल खबर

प्रधानमन्त्रीको निर्देशन टेरेनन् ठेकदारले

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड विस्तारको काम दशैंअघि नै सक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिए पनि ठेकेदारले पालना नगरेपछि यात्रुले थप सास्ती पाउने भएका छन् । तीव्र गतिमा काम गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको एक महिना बितेको छ । तर, कामको गति भने तीब्र भएको छैन् । सड्क विस्तारको लागि अहिले राति ११ घन्टासम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । तर, काम भने निकै सुस्त गतिमा भएको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले अहिलेसम्म जम्मा ५४ प्रतिशत काम सम्मपन्न भएको बताए । उनले आगामी चैत मसान्तसम्म काम सम्पन्न हुने जनाए । Are you Planing to Study in Australia ?...

Read More

मरुभूमि बन्यो ‘अन्नभण्डार’

सप्तरी । मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघवा’ को अस्तित्व नाम मात्रैमा सितित छ । गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनहि’ को ससमानामा पुगेको छ । यसको कारण हो–बलान नदीले फेर्दै आएको धार ।  एकताका गिरहर (जमिनदार) को गाउँ भनेर चिनिन्थ्यो दिघवा । एक हजारभन्दा बढी घरपरिवार अटाएको गाउँमा किसानको बाक्लो बस्ती थियो । अन्न उत्पादनका हिसाबले यसक्षेत्रमै उम्दा रहेको दिघवा अहिले खाद्य संकटको मारमा छ । विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत भएका छन् । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

सम्पत्तिमा इच्छापत्रको व्यवस्था हट्ने

काठमाडौं । पैतृक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक अन्त्य गर्ने गरी प्रस्तावित इच्छापत्रको व्यवस्थाबाट अन्ततः सरकार पछाडि हटेको छ । संसद्को विधायन समितिले प्रतिवेदन तयार पारी संसद्मा प्रस्तुत गरिसकेको अवस्थामा उक्त व्यवस्था हटाएर विधेयक पारित गर्ने सहमति राजनीतिक स्तरमा भएको हो । इच्छापत्रको व्यवस्था देवानीसंहिता पारित गरेको १८ वर्षपछि लागू हुने गरी प्रस्तावित थियो । संहिताको प्रस्तावित व्यवस्थामा अधिकांश महिला सांसदले असहमति जनाउँदै आउनुभएको थियो । पैतृक सम्पत्तिमा भर्खरैमात्र स्थापित भएको महिला पुरुष बीचको समान अधिकारको इच्छापत्रले अन्त्य गर्ने उहाँहरूको धारणा थियो । तर, विधायन समितिमा दफावार छलफलमा भने संविधानले नै छोराछोरीको समान हकको व्यवस्था गरेको भन्दै इच्छापत्रमा जानु उपयुक्त हुने भन्दै...

Read More

नेसनल मडिकल कलेजलाई सम्बन्धन दिनबाट पछि हट्यो त्रिवि

काठमाडौं । प्रधानमन्त्रीलगायत उच्च सरकारी तहबाट दबाब आएपछि अन्ततः त्रिभुवन विश्वविश्द्यलाय, कार्यकारी परिषद् काठमाडौं नेसनल मडिकल कलेजलाई सम्बन्धन दिने आफ्नो पूर्व निर्णयबाट पछि हटेको छ । परिषद्को शनिबार बसेको आकस्मिक बैठकले घट्टेकुलोस्थित उक्त कलेजको सम्बन्धनबारे छानविन गर्न गठन गरेको समितिले प्रतिवेदन नबुझाएसम्मका लागि निर्णय स्थगित गरेको हो । डा.गोविन्द केसीले सम्बन्धन फिर्ताका लागि १० दिनको अल्मिेटम दिएपछि सरकारले सम्बन्धन खारेज गर्न परिषद्लाई दबाब दिँदै आएको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले सम्बन्धनबारे धेरैखाले टिप्पणी देखिएकाले तत्कालका लािग स्थागित गर्ने निर्णयगरेको बताए । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

वीरगञ्जमा कांग्रेसले उठायो ८८ वर्षीया उम्मेदवार

पर्सा । कांग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयर उम्मेदवारको पनि टुंगो लगाएको छ । उपमेयरमा महाधिवेशन प्रतिनिधि ८८ वर्षीया शान्ति कार्कीलाई उम्मेदवार बनाउने भएको छ । मेयरमा अजय द्विवेदीलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले वीरगन्जको उपमेयरमा नेतृ शान्ति कार्कीलाई उठाउने निर्णय गरेको जिल्ला सचिव श्याम पटेलले जानकारी दिए । केन्द्रीय सदस्य रमेश रिजाल र जिल्ला सभापति तथा मेयर उम्मेदवार अजय द्विवेदीबीच उपमेयर उम्मेदवार छनौटमा विवाद हुँदै आएको थियो । कार्कीले विभिन्न आन्दोलनका क्रममा जेलसमेत बसेको र पार्टीमा धेरै योगदान दिएको पर्सा कांग्रेसले जनाएको छ । उपमेयरमा केन्द्रीय सदस्य रिजालले पत्रकार...

Read More