Category: नेपाल खबर

कांग्रेस नेता निधि अस्वस्थ, ओम अस्पतालमा भर्ना

काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधि बिरामी भएका कारण अस्पताल भर्ना गरिएको छ। उनलाई ज्वरोसहित छातिको संक्रमणको आशंकामा सोमबार साँझ ओम अस्पतालमा भर्ना गरिएको हो । निधिलाई ६–७ दिनदेखि ज्वरो आएपछि एन्टिबायोटिकले स्थिति नियन्त्रणमा नआएपछि छातिमा संक्रमण भए नभएको निक्र्यौंल गर्न अस्पतालमा भर्ना गरिएको हो। चुनावी धपेडीमा रहेका निधिलाइ सास फेर्न असजिलो भएपछि थप परीक्षणको लागि भर्ना गरिएको उपचारमा संलग्न डा.राहुल पाठकले बताए । हाल निधिको सम्पूर्ण परीक्षण गर्नुको साथै छाति रोग विशेषज्ञहरु पनि उपचार प्रकृयामा संलग्न छन । डा.पाठकले विभिन्न परीक्षण प्रतिवेदनलाई अध्ययन गरेपछि थप उपचार निश्चित गरिने बताए । निधि केही महिनाअघि समेत अस्वस्थ भएर अस्पताल भर्ना...

Read More

चुनावको बेला चार-चार दिन विद्यालय बन्द हुने

काठमाडौं। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका  विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा मंसिर १८ देखि २१ सम्म बिदा हुनेछ। विद्यालयमै मतदान केन्द्र हुने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो। निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभउकाले विद्यालय र शिक्षकलाई प्रयोग  गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले...

Read More

दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा चिल ठोक्कियो

काठमाडौं । राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । चिल ठोक्किएपछि जहाजको नाक ९अगाडिको भाग०मा ठूलो क्षति पुगेको छ । भारतको नयाँदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो । जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९ एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए । यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको थियो...

Read More

देवयानी राणा बुवाका लागि मत माग्न नेपालमा

सिन्धुपाल्चोक । देवयानी राणा मत माग्न नेपाल आइपुगेकी छिन् । पशुपति शमशेर राणा पुत्री देवयानी बुवाको चुनावी प्रचारमा भारतबाट सिन्धुपाल्चोक आइपुगेकी हुन् । आइतबार पहिलोपटक उनले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ स्थित इन्द्रावती गाउँपालिकाको खुदुमे डाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूले महिलाको हकमा काम गर्ने प्रतिबद्धता जनाउँदै बुवालाई जिताउन अनुरोध गरिन्। त्यसैगरी उनले भूकम्पको समयमा बुवाकै सक्रियतामा सिन्धुपाल्चोकमा प्रशस्त राहत आएको दाबी गरिन्। भनिन्, ‘भूकम्पको समयमा बुवा र म सँगै थियौ । भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग भेट्यौँ। उहाँकी बहिनी राजस्थानको चिफ मिनिस्टर हुनुहुन्थ्यो। उहाँसँग कुरा गरी सत्तरी टनभन्दा बढी राहत पठायौं, नेपालमा भारतीय राजदूतावासलाई भनेर सिन्धुपाल्चोकमा पहिलो पठाउन लगायौं।’ कांग्रेस जिल्ला...

Read More

पुत्र प्रकाशको निधनपछि प्रचण्ड पत्नी सीता दाहालको पनि स्वास्थ्य अवस्था नाजुक

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधन भए लगत्तै उनकी आमा सीता दाहालको पनि स्वास्थ्य अवस्था नाजुक बनेको छ । आमा सीता दाहालको पनि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको एक टोलीले लाजिम्पाटस्थित दाहाल निवासमा पुगेर उपचार गराइरहेको स्रोतले जनाएको छ । पुत्रवियोगको आघातका कारण उनको स्वास्थ्य अवस्था नाजुक बनेको स्रोतले जनायो । गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका प्रकाश दाहालको आइतवार विहान निधन भएको हो । आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार प्रकाश दाहाललाई पौने ६ बजे अस्पताल ल्याइपुर्याए पनि...

Read More