Category: टप स्टोरी

नेपालमा २४ घण्टामा २ हजार मानिसमा कोरोना संक्रमण पुष्टि

नेपालमा बितेको २४ घण्टामा २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार चार सय ५८ जनामा गरिएको परीक्षणमा शुक्रबार दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ ।   Please follow and like...

Read More

अष्ट्रेलियाको भिक्टोरिया सरकारद्वारा कोरोना भाइरस प्रभावित नेपाली समुदायलाई १ लाख डलर सहयोग

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले कोरोना भाइरस प्रभावित नेपाली समुदायलाई १ लाख डलर सहयोग गर्ने भएको छ। बहुसांस्कृतिक मन्त्रीस्तरीय निर्णयले नेपाली समुदायका लागि १ लाख डलर अनुदान सहयोग स्वीकृत गरेको हो। सरकारले भिक्टोरियन नेपाली कोभिड १९ टास्क फोर्सलाई ५० हजार डलर अनुदान सहयोग दिने भएको छ। नेपालबाट भिक्टोरिया आएका विद्यार्थी तथा काम गुमाएकाहरुका लागि एनआरएनए अष्ट्रेलिया, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, भिक्टोरिया स्थित महावाणिज्यदुतको कार्यालय, अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन लगायत नेपाली सामाजिक संस्थाहरुको समूह ‘भिक्टोरियन नेपाली कोभिड १९ टास्क फोर्स’ ले खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाको लागि सहयोग गर्दै आएको छ । त्यस्तै, राज्य सरकारले भिक्टोरियामा कोरोना...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा फेरी बढ्यो नयाँ संक्रमितको संख्या

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा शुक्रबार बिहान सम्म पछिल्लो २४ घण्टामा ४५ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या सेप्टेम्बर १० देखि यताको सबैभन्दा बढी हो। त्यस्तै, भिक्टोरियामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। Please follow and like...

Read More

शुक्रबारका लागि अष्ट्रेलियन डलरको दर भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार ( सेप्टेम्बर १८) का लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८६ रुपैयाँ २१ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ८५ रुपैयाँ ७७ पैसा तोकिएको छ । अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । Please follow and like...

Read More

नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल आज आउँदै

काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने जानकारी दिए । उनले जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको छ भने । महाप्रबन्धक भट्टराईले रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक...

Read More

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930