Category: जीवनशैली

विवाह के हो ? कुन उमेरमा विवाह गर्नु ठिक ?

विवाह भनेको के हो ? बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौन सम्बन्धमा संलग्न हुनु तथा यौन इच्छाको परिपूर्ति र यौन सन्तुष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो । विवाहको परिणामस्वरुप महिला पुरुषमा धेरै दायित्वबो सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा...

Read More

आकर्षक विज्ञापन गर्दै,सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्दै

काठमाडौं । औषधि व्यवस्था विभागले प्रतिबन्ध गरेका तथा विभागमा दर्ता नभएका कयौं औषधि बजारमा छ्याप छ्याप्ती बिक्री बितरण भइरहेको पाइएको छ । औषधि व्यवस्था विभागमा दर्ता हुन नसकेका भन्सार तिरेर नेपाल भित्रिएका यस्ता औषधिहरु बजारमा खृुलेआम बिक्रि भइरहेका छन् । तर औषधि ब्यबस्था बिभागले भने औषधि भनेर दर्ता नभएको कारण कारबाहीको दायरामा ल्याउन नसकिएको बताएको छ । छोराछोरी, आफन्तलाई कुलतबाट छुट्कारा दिलाउन चाहने धेरै छन् । ‘थाहै नदिई छुट्ने’ भनेर आकर्षक विज्ञापन आएपछि सर्वसाधारणले विश्वास नगर्ने कुरै भएन । साइडइफेक्ट भएका औषधीय तत्व मिसाइएका तर हर्बल भनिने त्यस्तो औषधिले ज्यानै लिनसक्ने चिकित्सकहरु बताउँछन् । अहिले बजारमा थाहै नदिई जाँड...

Read More

ठूला प्रतियोगीता अघि खेलाडीहरुलाई किन सेक्स गर्न दिइदैन ?

एपी । लामो समयदेखि खेलकुदको महत्वपूर्ण प्रतियोगिताअघि खेलाडीलाई श्रीमती वा गर्लफ्रेण्डसँग यात्रा गर्ने विषयमा बहस हुने गरेको छ । कतिपय प्रतियोगिताअघि खेलाडीलाई सेक्सदेखि टाढै राख्नुपर्ने कुरामा विश्वास गर्छन् । ब्राजिलमा फुटबल विश्वकपअघि एकपटक यो विषयमा नयाँ शिराबाट बहस सुरु भएको छ। यो बहसको आगोमा म्याक्सिकोका प्रशिक्षक मिगुल हरेराले घ्यु थपेका छन् । गत महिना रिफोर्मा नामक पत्रिकासँग कुरा गर्दै उनले आफ्ना खेलाडी ब्राजिलमा रहँदा सेक्सबाट टाढै रहने आशा व्यक्त गरे । यो टिप्पणीमाथि अहिले बहस सुरु भएको छ । यो बहसमाथि हरेरासमेत स्पष्टिकरण दिन बाध्य भएका छन् । उनले भनेका छन्–प्रतिबन्धको कुरा गरिएको होइन, बरु खेलाडीहरुलाई बुद्धिमानीका साथ व्यवहार...

Read More

श्रीमान श्रीमती भएको पुष्टि भए मात्र होटलको एउटै कोठामा बस्न पाइने

चितवन । चितवनका होटल वा लजमा एकै कोठामा बस्न चाहने जोडीले श्रीमान श्रीमती भएको पुष्टि गर्नुपर्ने भएको छ । अर्थात श्रीमान श्रीमती भएको प्रमाणित गरेर मात्र एउटै कोठामा बस्न दिने चितवनका होटल तथा लज व्यवसायीले निर्णय गरेका छन् । हत्यासम्मका घटना बढ्न थालेपछि चितवनका होटल तथा लज व्यवसायीले सुरक्षाका कडा उपाय अपनाउन लागेका हुन् । चितवन होटल व्यवसायी संघले बिनापरिचयपत्र आउनेलाई लजमा नराख्ने निर्णय समेत गरेका छन् । लजको भर्याङ र रिसेप्सनमा सिसी क्यामेरा समेत राखिने भएका छन् । असार २७ गते नारायणगढको कलश लजमा मृत भेटिएकी युवतीको हत्या आरोपित व्यक्ति लजको सिसी क्यामेरामा कैद भएको पहिचानको आधारमा भोलिपल्टै...

Read More

साउन महिनामा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ?

काठमाडौं । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरि परम्पराको रुपमा चलिआएको छ । प्राकृतिक रुपमा पनि हरियो महिना हो, साउन । वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिले बाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ । हिन्दू धर्मग्रन्थका अनुसार ‘ साउनमा माता पार्वतीले पति महादेवलाई...

Read More