Category: जीवनशैली/स्वास्थ्य

आज वर्षभरिकै सबैभन्दा छोटो दिन र लामो रात

काठमाडौं । आज वर्षभरिकै सबैभन्दा छोटो दिन । बिहान ६ः५१ मा सूर्योदय भएर साँझ ५ : १४ मा सूर्यास्त हुँदैछ । आजको पूरा दिनमान १० घण्टा १९ मिनेट वा २५ घडी ५० पल रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पञ्चाङ्गहरुमा उल्लेख छ । ग्रेगोरी वा अंग्रेजी पात्रो अनुसार हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षभरिकै छोटो दिन मानिन्छ । तर नेपाली पात्रोमा भने यो दिन एउटै गतेमा नपरी ज्योतिषीय गणनाअनुसार तलमाथि पर्ने गर्दछ । यस दिनपछि पृथ्वीको उत्तरी गोलाद्र्धमा दिनमान बढ्न थाल्छ र रात छोटा हुन थाल्छन् । दक्षिणी गोलाद्र्धमा भने यसको विपरीत दिन छोटा र रात लामा हुन थाल्छन्...

Read More

एनआरएनमा पनि जातीय वर्ग व्यवस्था लागु भइसक्यो !

वर्ग भनेको हुनेहरु र नहुनेहरुको हो । आफ्नोे भाषामा जीवन चलाउन पाउने र चलाउन नपाउनेहरुबीचको समस्या हो । राम्रोसँग खान पाउनु या नपाउनुको फरकमात्रै वर्ग होइन रहेछ । सम्मानपूर्वक पुरुषजसरी बाँच्न पाउनु पर्‍यो । यसरी हेर्दा आजका मानिसको सुखदुखलाई हेर्ने हो भने वर्गको कथा कहाँबाट सुरु भयो त्यहीं पुग्नुपर्ने रहेछ । वर्गविन्यासको इतिहासको कुरा गरौं भन्दा अहिलेको कुरा गरौं इतिहासको कुरा किन गर्नु ? भन्ने मान्छे पनि भेटाएको छु । त्यो बेला इतिहासको कुरा नगरौं भन्ने मान्छेहरुलाई फेरि भन्न मन लागिहाल्छ आफ्नो उमेरको कुरा नगरेर कसरी वर्तमानको कुरा गर्ने ? इतिहास कसरी बन्यो भन्नेबारे कुरा नगर्ने हो भने केही पनि...

Read More

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाण्डौ – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको हो । अकस्मात बिरामी भएपछि उहाँलाई ओम अस्पताल लगिएको थियो । तर अस्पताल ल्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ । उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गर्नुभएको थियो । उहाँले धेरैै चलचित्रमा अभिनय समेत गर्नुभएको थियो...

Read More

शुक्रवार र शनिवार भारी हिमपात,हुरी बतास चल्नसक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार मुलुकभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गरी मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेको र त्यही कारण शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा भारी हिमपात हुने जनाएको छ। महाशाखाले शुक्रबार मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेसमेत जनाएको छ। ‘मुलुकको पश्चिमी भूभागका केही स्थानमा शुक्रबार हावाहुरी आउनेसमेत सम्भावना छ,’ बुलेटिनमा छ। महाशाखाले बुलेटिनमा पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात...

Read More

२८ औं अन्तर्राष्ट्रिय अपा‌ंगता दिवस आज

मंसिर १७, २०७६ काठमाडौं : अपांगता भएका ब्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ। अपांगता भएकाहरुको मानव अधिकारका विषयमा वकालत गर्दै यो दिवस मनाउने गरिन्छ। ‘ दिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्य’ भन्ने नाराका साथ दिवस मनाईदैछ।  संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन सुरू गरिएको हो। नेपालमा सन् १९९३ देखि दिवस मनाउन थालिएको हो। २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ। दिवसका अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका...

Read More