Category: जीवनशैली/स्वास्थ्य

कक्षा १२ को परिक्षाफल प्रकाशित, ३९.०४ उत्तिर्ण ( नतिजा हेर्नुहोस् )

कक्षा १२ को व्यवस्थापन विषयको परीक्षामा यसवर्ष ३९ दशमलब ०४ प्रतिशत उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले आज प्रकासित गरेको यस वर्ष व्यवस्थापन विषयमा ३९ दशमलव ०४ प्रतिशत उत्तीर्ण भएका छन् । १ लाख ९१ हजार ४ सय ९६ परीक्षार्थीमध्ये ७४ हजार ७ सय ६४ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २२ परीक्षार्थीको नतिजा स्थगित भएको छ भने ९९ जनाको रद्द भएको छ । Grade XII Management, Humanities and Education Result 2071 Symbol...

Read More

यस्तो छ मुलुककै उत्कृष्ट विद्यालय

बुटवलको सुकुम्बासी बस्तीका बालबालिकाको पठनपाठनका निम्ति २०३३ सालमा खोलिएको  नविन औद्योगिक केदारबहादुर रिता उच्च माध्यामिक बिद्यालय मुलुककै उत्कृष्ट ठहरिएको छ |  यो सामुदायिक बिद्यालय हो | रास्ट्रिय स्तरबाट नै १३ पटक सम्म उत्कृष्ट स्थान हासिल गरेको यो बिद्यालयको शैक्षिक क्रियाकलाप , ब्यबस्थापन र गुणस्तरीय शिक्षाको नमुनाको रुपमा लिइएको छ |  २०६४ सालदेखि एसएलसी परीक्षामा सहभागी भएको यस विद्यालयले निरन्तर शतप्रतिशत नतिजा ल्याएको छ। हाल १ हजार तीन सय २७ विद्यार्थी अध्ययनरत  मध्ये ७० प्रतिशत बालबालिका सुकुम्बासी परिवारका छन् | अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने यस विद्यालयमा १३ वटा छिमेकी जिल्लाका बालबालिका पढ्न आएका छन् | तस्विर:  २०७०...

Read More

पढ्ने मान्छे खोज्दै हिड्ने पुस्तकालय काठमाण्डौ आइपुग्यो

नेपालका लागि अमेरिकी राजदुतावासले संचालनमा ल्याएको पुस्तकालय बस नेपालको बिभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पढ्ने बिद्यार्थीहरु भएकै ठाउँमा पुगेर राजधानी काठमाडौँ फर्किएको छ | राष्ट्रिय बाल दिवसको दिन आज राजधानी स्थिति नयाँ सडक  वरपरका सामुदयिक बिद्यालयमा अध्ययनरत  बिद्यार्थीहरुलाई लक्षित गरि पुस्तकालय बस बसन्तपुर दरवारक्षेत्रमा अडिएको छ | बालबालिकाका लागि उपयोगी हुने पुस्तक संगै सुबिधा सम्पन्न अध्ययन सामग्री जडित पुस्तकालय बसमा इन्टरनेट सविध सहितको कम्प्युटर, ल्यापटप र ट्याब्लेटस् पनि उपलब्ध छ | पुस्तकालयमा इतिहास, बिज्ञान र प्रविधि र बाल साहित्यका पुस्तकहरु छन् | किताबै किताबले सजिएको आकर्षक बसले यस अघि उपत्यका बिभिन्न  बिद्यालयहरु पुगि उपत्यका बाहिरका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालय...

Read More

एसएलसी पूरक परिक्षाको परिक्षाफल प्रकाशीत ( नतिजा हेर्नुहोस् )

परिक्षा नियन्त्रण कार्यालय सानोठिमिले एसएलसी  पूरक परिक्षाको  नतिजा आज प्रकाशन गरेको छ | परिक्षा नियन्त्रण कार्यालयले गत  साउन २० गते देखि  २७  गते सम्म  एसएलसी परिक्षामा दुइ विषयमा अनुतिर्ण भएका बिद्यार्थीहरुको पुरक परिक्षा लिएको थियो । परीक्षामा ६५ दशमलव २२ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ७८ हजार ४५३ परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षामा १ लाख २९ हजार ३१७ परीक्षार्थी सहभागी थिए । नतिजा परिक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट मा हेर्न सकिन्छ | नतिजा पिडिएफमा...

Read More

नौ महिना पछि शिक्षक लाइसेन्सको नतिजा प्रकाशन

गत मंसिर २८ र २९ गते देशभरिका शिक्षा कार्यालय मार्फत लिईएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परिक्षाको नतिजा आज साँझ प्रकाशन गरिएको छ । शिक्षक सेवा आयोगले लिएको उक्त परीक्षामा सामेल निम्न माध्यमिक र माध्यमिक तह गरी १ लाख १३ हजार ९ सयमध्ये ४० प्रतिशत उत्तीर्ण छन् ।

Read More