Category: जीवनशैली

साउदी अरबका महिलाले पहिलोपटक लिए रंगशालामा मज्जा

एजेन्सी । साउदीका महिलाले पहिलो पटक रंगशालामा नै उपस्थित भएर फुटबल खेलको मज्जा लिएका छन् । महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेलको दर्शकदीर्घामा महिलालाई बस्न दिएपछि उनीहरु परिवारसहित रंगशाला पुगेका थिए । जेद्धाह शहरस्थित रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित आएका हुन् । उनीहरुलाई रंगशालामा परिवारका सदस्यसँगै राखिएको थियो । स्थानीय क्लबबीचको खेल हेर्न आएका महिलालाई रंगशालमा खटिएका महिला कर्मचारीले नै भित्र छिराएका थिए । साउदी अरेबियामा दशकौंदखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो । तर युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ । यो...

Read More

बच्चाले सिक्का, ब्याट्री, गुच्छा वा एसिड निलेमा के गर्ने ?

एजेन्सी । साना बालबालिकाले उत्सुकताले वा अन्जानमा गुच्छा, सिक्का, ब्याट्री, एसिड आदि निल्न सक्छन् । यसबाट बचाउने सबैभन्दा उत्तम उपाय त ती सामानहरु बच्चाले नभेट्ने ठाउँमा राख्नु हो । तर, बच्चाले भेटेर मुखमा हालीहाल्यो भने के गर्ने त ? – बच्चाले गुच्छा निल्यो भने धेरै आत्तिनु पर्दैन । त्यो गोलो आकारको हुने हुँदा दिशाबाट बाहिर आउँछ। – सिक्का चेप्टो हुने हुँदा भित्र अड्किन सक्छ। सिक्का पेटमा अड्किएको छ र कुनै पनि असर देखिएको छैन भने, चार हप्तासम्म कुर्न सकिन्छ। सिक्का आन्द्रामा पुगेको भए जोखिम कम हुँदै जान्छ। तर बच्चाले ठूलो सिक्का वा धारिलो बिट भएको सिक्का खाएको छ भने...

Read More

चटपटे र पानीपुरीमा यस्तो हानिकारक तेल

काठमाडौं । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो। ‘ कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो’ शाखा अधिकृत पोखरेलले भने ‘ लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई...

Read More

मोबाइलबाट फोन गर्नेको लोकेशन यसरी पत्ता लगाउन सकिन्छ

काठमाडौं । जो कोहीलाई कुनै समय नचिनेको नम्बरबाट कल वा मिसकल आउने गरेको हुन्छ वा कसैले काठमाडौंमा बसेर पोखरा अथवा भैरहवा भनेर तपाईलाई भन्यो भने त्यो कहाँ छ, तपाई सजिलै पत्ता लगाउन सक्नु हुन्छ । नचिनेका नम्बरबाट आउने म्यासेजलगायतले मानिसहरुलाई मानसिक समस्या उत्पन्न गराउन सक्छ । यदि तपाई पनि यस्तै कुनै स्थितीमा फस्नु भएको छ भने नचिनेको नम्बर बारे जान्ने केही उपायहरु छन् । यस्ता कयौ कयौँ वेभसाइटहरु छन् जसले तपाईलाई नम्बरको लोकेसन पत्ता लगाउन सहयोग गर्छ । यसका लागी तल दिइएको कुनै पनि साइटमा गएर नम्बर राखेर त्यसको लोकेसन पत्ता लगाउन सक्नुहुने छ । http://www,bestmobilenumbertracker.com/http://www.mobilenumbertracker.com/http://www.findndtrace.com/trace-mobile-number-locationhttps://bestcaller.com/ यसरी गर्नुस् खोजी...

Read More

टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रेले अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी दिने

एजेन्सी । हलिउड टेलिभिजन सेलिब्रेटी ओफ्रा विन्फ्रेले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनाव लड्ने भएकी छन् । सोमबार बिहान गोल्डेन ग्लोब्स अवार्डमा सशक्त भाषण दिएपछि पुनः चर्चामा आएकी एक्ट्रेस एवं टेलिभिजन पर्सनालिटी ह्वाइट हाउसका लागि चुनाव लड्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । उनी निकट स्रोतले विन्फ्रेले चुनाव लड्ने मनस्थिती बनाएको र अहिल्यैदेखि डेमोक्राट दलको उम्मेदवारमा लबिङ थालेको जनाइएको छ । केही हलिउड मिडियाले उनको गोल्डेन ग्लोब्स भाषण राजनीतिमा सक्रिय हुने संकेत रहेको र ट्रम्पका लागि चुनौति बनेको बताएका छन् । उनले उक्त भाषणमा अमेरिकी मिडिया र हलिउडमा महिलामाथि हुने यौन शोषणको चर्को विरोध गरेकी थिइन् । उनको भाषणलाई हलिउड...

Read More