Category: खेल

फ्रासका प्रशिक्षकले भने–हामीले सकेनौं

एजेन्सी । फ्रासका प्रशिक्षक डिडिएर डेसच्याम्पसले आफूहरुले युरोकप फुटबलको उपाधि जित्ने ठूलो मौका पाएर पनि गुमाएको बताएका छन् । सोमवार विहान भएको फाइनलमा २५ औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डो खेल्न नसके पनि पोर्चुगलले फ्रान्सलाई हराएर उपाधि उचाल्यो । युरोकपको फाइनलमा पोर्चुगलले फ्रान्सलाई अतिरिक्त समयमा १–० ले पराजित गरेको हो । हारपछि फ्रान्सका प्रशिक्षक डेसच्याम्पसले आफ्नो टिम हार्नुमा थकान मूख्य कारण रहेको बताए । ‘हामी केही थाकेका थियौं, तर यो हारको आलोचनाबाट जोगिने कारण भने होइन, हामीले राम्रो अवसर गुमायौं’ उनले भने । सानो कमजोरीका कारण ठूलो असफलता हात लागेको उनको भनाई छ । सन् १९८४ र २००० को विजेता...

Read More

पोर्चुगलको जीतमा नायक बनेका इडर को हुन् ?

काठमाडौं । फ्रान्सलाई स्तब्ध पार्दै पहिलोपटक पोर्चुगललाई यूरोपियन च्याम्पियनका रुपमा उदाउँन ऐतिहासिक गोल गरेको इडरको जन्म २२ डिसेम्वर सन् १९८७ मा भएको थियो । सन् २००८ देखि व्यवसायिक फुटबल खेल्न शुरु गरेका उनी फ्रान्सका घरेलु क्लब लिले ओएससीका लागि फरवार्डमा रहेर खेल्थे । एकेडेमिका क्लबबाट करियर शुरु गरेका उनले त्यसपछि ब्रागाका लागि चार वर्ष खेले । प्रिमियर लिगमा अहिलेसम्म १४३ खेल खेलिसकेका इडरले यसअघि कुल ३८ गोल गरिसकेका छन् । सन् २०१२ मा पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्न थालेका उनले युरोकप २०१६ भन्दा अघि सन् २०१४ मा भएको विश्वकपमा पनि पोर्चुगलबाट खेलेका थिए । सोमवार भएको युरोकप फाइनलमा उनी अतिरिक्त...

Read More

फ्रान्सलाई स्तब्ध पार्दै पोर्चुगल बन्यो नयाँ युरो च्याम्पियन

काठमाडौं । युरोकप २०१६ को उपाधि पोर्चुगलले जितेको छ । सोमबार विहान भएको फाइनलमा एइडरको गोलको मदतमा फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि जितेको छ । पोर्चुगलले घरेलु टालीलाई १–० गोल अन्तरले ले पराजित गर्दै युरोपियन महादेश च्याम्पियन बनेको हो । पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो । तर, एइडरको गोलको मदतमा घरेलु टालीलाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन बनेको हो । उसका जितमा १०९ औं मिनेटमा एइडरले निकै लोभलाग्दो गोल गरेका थिए । २००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो...

Read More

युरोकपमा पोर्चुगल र फ्रान्स भिडदै:भाग्य र इतिहासको भीडन्त

–प्रियालक्ष्मी कार्की । काठमाडौं । हरेक नायकहरुको कुनै न कुनै सपना पूरा हुँदैनन । यस्तै वास्तविकताको अगाडि उभिएका छन् क्रिष्टियानो रोनाल्डो अहिले । युरो कपको उपाधि दिलाए उनले पोर्चुगलको सर्वकालीन महान खेलाडीको रुपमा पाएको उपमामा अझ बढी सुगन्ध थप्ने निश्चित छ । तर अगाडि फ्रान्स छ , उसंग उस्को गृहमैदानको गौरवमय इतिहास र सुसज्जित टोली छ । जुन रोनाल्डोका लागि कष्टको पहाड बन्न सक्छ । कुरो उही युरो कप फाइनलको । पोर्चुगलको यसपटकको आरम्भ सुखद रहेन जस्को दोष रोनाल्डोले पनि भोग्नु प¥यो । तर अद्धितीय कलाले भरिएका यी महानायक चम्कदा खेलले कस्तो रुप लिन्छ त्यो सबै फुटबलप्रेमीलाई प्रष्ट थाहा...

Read More

१० वर्षपछि खुल्यो जिदानले माटेराजीलाई टाउकोले हान्नुको कारण

काठमाडौं । सन् २००६ मा भएको विश्वकप फुटबलको फाइनल खेलको दौरान फ्रान्सका स्टाइकर जिनेदान जिदानले इटालीका मार्को माटेराजीलाई छातिमा टाउकोले किन हाने ? भन्ने अझै रहस्यमै रहेको छ । धेरैले माटेराजीले जिदानलाई कुनै नराम्रो शब्द प्रयोग गरेर उत्तेजित बनाएको हुनसक्ने अड्कलबाजी गरिए पनि यथार्थ कुरो भने अझै आएको थिएन । यसबारेमा जिदान र माटेराजी पनि अहिलेसम्म चुपचाप नै थिए । तर मार्को माटेराजीले सन् २००६ मा भएको त्यो विश्वकप फाइनलको घटनाबारे बल्ल मुख खोलेका छन् । इटालीले फाइनल खेल ५–३ गोलले जितेको थियो भने जिदान टाउकोले हानेपछि रातो कार्ड खाँदै बाहिरिएका थिए । रियल मड्रिडको प्रशिक्षक रहेका जिदानले किन...

Read More

Cake To Nepal

फेसबुक